अभियान अन्तरगत सदरमुकाम बेनी बजारमा बेवारिसे अवस्थामा भेटिएका दुई बालक, एक महिला सहित ८ जनालाई उद्धार गरेर बागलुङ स्थित मानव सेवा आश्रममा लगेको बेनी नगरपालिकाको कार्यालयमा नगर प्रमुख सुरत केसीले बताए।
फ्रान्सेली नागरिक माथिएस हर्जाेग अन्नपूर्ण प्रथमको पदयात्राका लागि नारच्याङ आइपुगेका छन्। पहिलोपटक उनका बुबा मौरिस हर्जोगले आरोहण गरेको अन्नपूर्ण प्रथमको पदयात्राका लागि उनी नारच्याङ पुगेका हुन्।
७ महाद्वीपका ७ सर्वोच्च पर्वतहरू मध्ये कार्टेन्स्ज् पिरामिड सातौं शिखर हो । कार्टेन्स्ज् पिरामिड अष्ट्रेलिया र ओसिनियाको सबैभन्दा अग्लो हिमाल समेत हो ।
अमेरिकी नागरिक अलोन्डो लोन्सले यो पदमार्गको यात्रा गरी नक्सा तयार पारेका थिए। २०७३ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले रुकुम पूर्वको चुनुवाङमा गुरिल्ला ट्रेकको औपचारिक शुभारम्भ गरेका थिए।
घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले नेपाली पर्यटकले विहीबारदेखिनै लागु हुने गरी कुल बिलमा १० प्रतिशतका दरले छुट सुविधा पाउन थालेको जानकारी दिइन् ।