क्रकुछन्दका जन्मेको प्रमाण स्वरुप सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भ पानीमा डुबेको छ । कपिलवस्तु नगरपालिका–५ गोटीहवा गाउँमा रहेको स्तम्भको आधा जति भाग पानीमा डुबेको हो ।
सडक पूर्वाधार विकास तथा कोभिड-१९ लाई प्राथमिकता दिँदै कपिलवस्तु नगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब १० करोड ३५ लाख ७ हजारको बजेट पेश गरिएको छ ।
आईतवार साँझ कपिलवस्तुका बिभिन्न पालिकामा देखिएका करौडौ संख्याको झुन्डका सलहले जिल्लाका बिभिन्न पालिका रहेका धान बाली, तरकारी, मकै लगायतका बालीनाली सखाप पारेका छन् ।
कपिलवस्तुको वाणगंगा नगरपालिका ३ सिउटीमा कुलेमा डुबेर २ वर्षिया बालिकाको मृत्यु भएको छ । राजेन्द्र थारुकी २ वर्षीया छोरी अंकिता थारुको घर नजिकै रहेको कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दाउरा संकलन नदीमा गएका दम्पतीलाई कपिलवस्तुको बाणगंगा नदीबाट सुरक्षाकर्मीले ज्यानको बाजी थापरे उद्वार गरेका छन् । बाणगंगा नदीको पुल नजिकै रहेका नदीमा दाउरा संकलन गर्न गएका बाणगंगा नगरपालिका ८ बोर्डगाँब...