मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले दिएको अन्तिम मत परिणाम अनुसार जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू भारी मतान्तरले विजयी भएका छन्।
आज साँझ करिब ६ बजेसम्मको मतगणना अनुरूप कुल ३३ हजार ६६७ मत गणना गर्दा रास्वपाका सुलभ खरेल २२ हजार ५६४ मतसहितको फराकिलो अग्रता कायम राखेका छन्। नेकपा एमालेका विष्णु पौडेल ४ हजार ८९७ मतसहित दोस्रो स्थानम...