छिमेकी मुलुक भारतबाट कालापानी क्षेत्र अतिक्रमण भएकोबारे कूटनीतिक पहल गरी भूमि फिर्ता गर्ने पहल गर्न सत्तापक्षका सांसद्बाट संकल्प प्रस्ताव दर्ता भएको छ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा १९ विधेयक छलफलका लागि पठाइएका छन्। संसद् अधिवेशन ४ गतेदेखि सुरु हुँदै गर्दा समितिमा रहेका विधेयकलाई संसदीय समितिले पारित गर्नेगरी छलफल अघि बढाएको छैन।
नयाँ सभामुखको निर्वाचनका लागि संसद् सचिवालयले आवश्यक तयारी पूरा गरेको छ। तर सभामुखको उमेदवार बनाउने विषयमा टुंगो नलागेपछि सभामुखको निर्वाचन पर सर्ने संकेत देखिएको छ।
संसद् अधिवेशन सुरु भएसँगै संसद्मा नयाँ सभामुख चयन प्रक्रियाको चहलपहल बढेको छ। पहिलो बैठकबाटै नयाँ सभामुख निर्वाचन गर्ने मिति तय गर्नेगरी अनौपचारिक छलफल सुरु हुन थालेका छन्।
संसद्मा ल्याएको विशेष प्रहरीसम्बन्धी विधेयकमा गुप्तचरी गर्ने कर्मचारीमाथि प्रधानमन्त्री कार्यालयका सहसचिवको अध्यक्षतामा रहेको समितिले निगरानी गर्ने भएको छ।