रसुवाको मैलुङस्थित आर्मी शेरगण चेकपोस्टको कमाण्ड सम्हाल्न पुगेका नेपाली सेनाका सहसेनानी कृष्ण (रामराजा) रिमाल भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका छन् ।
बुधबार बिहान तिब्बती क्षेत्रको भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरे बजारमा कुनै पनि संरचना बाँकी छैन। रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्र ढुंगानाले यस्तो जानकारी गराएका हुन्।