प्रहरीले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई पक्राउ गरेको छ। कास्की प्रहरीले गएराती एक पत्रकारसहित विप्लवका ५ जनालाई पक्राउ गरेको हो।
पोखरामा एक सय वर्ष पुरानो धारा पुर्ननिर्माण गरिने भएको छ। पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीस्थित गिरिजाचोकमा रहेको बालधारा स्थानीय भिन्तुना युवा क्लवको सकृयतामा पुनर्निर्माण गरिन लागेको हो।
पोखरामा फूलको उत्पादन घटेको छ । पोखरामा गत वर्षको भन्दा झण्डै दुई तिहाईले फूलको उत्पादन घटेको हो । पोखरामा यस वर्ष गत वर्षको भन्दा करीब ३३ प्रतिशत क्षेत्रमा मात्रै फूल खेती लगाएको फ्लोरिकल्चर एशोसियसन...
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ। गण्डकी प्रदेशमा शुक्रबार साँझसम्ममा कोरोना संक्रमितको संख्या १० हजार ७५ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।