यसमा पुराना दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले) वा नेपाली कम्युनिष्ट पार्टीमात्र होईन, नयाँ भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी (उनेपा)सम्म तँछाडमछाड गरिरहेका छन् ।
यो प्रकरणमा रवि लामिछाने, गितेन्द्रबहादुर राई (जिवी), पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाललगायतविरुद्ध मुद्दा दर्ता भइसकेको छ। आरोपहरू अदालतमा विचाराधीन छन्।
सभापति थापाले देशले भ्रष्टाचारबाट मुक्ति चाहेको बताएका छन्। त्यसबाट मुक्ति दिलाउने कांग्रेसले संकल्प गरेको उनको भनाइ छ। बदलिएर आएको नयाँ कांग्रेस हो यो, उनले भनेका छन्, ‘भ्रष्टाचारबाट मुक्ति दिलाउने क...