काठेखोला गाउँपालिका–६ को सुल्डाँडाबाट वडा नं-८ लेखानी जाने सडक चक्ल्याउने क्रममा लगाइएको पर्खाल पहिरोले बगाउँदा वरपरका परिवार विस्थापित भएका हुन्। उक्त स्थानमा नौ घर पहिरोको जोखिममा परेका छन्।
वर्षाका कारण मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने बागलुङ खण्डको विभिन्न स्थानमा क्षति पुगेको छ। कालोपत्र सम्पन्न भइसकेको गलकोट र बडिगाड खण्डमा पहिरो खसेको छ।