कोभिड संक्रमितको संख्या निरन्तर बढिरहेपछि भक्तपुरमा मंगलबारदेखि बुस्टर डोज दिन सुरु गरिएको छ। भक्तपुर नगरपालिकामा कोभिडविरुद्धको बुस्टर डोज दिन सुरु गरेको छ।
स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सत्ता गठबन्धनका नेताहरु सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार बालुवाटारमा भेट भएलगत्तै सरकार सञ्चालनका लागि सहयोग गर्न गठन गरिएको संयन्त्रको बैठक बोलाइएक...