महासंघले गत वैशाख २६ देखि थालेको यो अभियान अन्तर्गत हाल २ वटा आइसोलेसन तथा उपचार केन्द्र, महासंघ कोभिड १९ सहायता केन्द्र र हेल्लो डाक्टर स्वास्थ्य परामर्श सेवा सञ्चालनमा आएका छन्। अन्य थप कार्यक्रम सञ...
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा संक्रमित र मृत्यु हुनेको संख्या बढिरहँदा अग्रभागमा खटिने सुरक्षाकर्मीलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको हो।
‘अध्ययनहरुले अझै पनि जनस्वास्थ्यका मापदण्डहरुको राम्ररी पालना नभइरहेको र निषेधाज्ञाको समयमा पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्रै कमी भइरहेको पाइएको छ।’ मन्त्रालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका भोलि मंगलबार ४ गतेबाट भेरोसेल दोस्रो खोप लगाउन सुरु हुँंदैछ । त्यस्तै बुधबार ५ गतेबाट चाँगुनारायण नगरपालिकामा र भक्तपुर नगरपालिकामा ६ गते बिहीबारदेखि लगाइँंदैछ ।
आज सम्पन्न भर्चुअल बैठकमा मुख्य सचिव बैरागीले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन कार्यान्वयन गर्न र गराउनका लागि निर्देशन दिएका हुन्।
आमाबुवालाई घरायसी काम सघाउँथिन्। तर उनी अहिले हल न चल भएकी छन्। अहिले उठ्न र बस्नसमेत अरुको सहारा चाहिने अवस्थामा पुगेकी छन् रिता। पहिला ठमठम हिँडडुल गरेको क्षण उनका लागि अहिले सपनाजस्तै भएको छ।
नेपालगन्ज–१२ कोरियनपुर निवासी ३९ वर्षीया उनी पेशाले प्रावि तहको शिक्षिका हुन् । तर, उनले विगत एक वर्षदेखि प्लाज्मा ब्यवस्थापनमा खटिएर धेरै जना संक्रमितको ज्यान बचाइरहेकी छन् । प्लाज्मा ब्यवस्थापन लगाय...