अवसरले मात्र लगानीकर्तालाई आकर्षित गर्न नसक्ने भन्दै उनले लगानीकर्तालाई आवश्यकपर्ने आत्मविश्वास, नीतिगत स्थिरता र पारदर्शीताका क्षेत्रमा वर्तमान सरकारले काम गरिरहेको जानकारी गराए।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले लामो समयदेखि दूरसञ्चार क्षेत्रमा सेवा विस्तार र पहुँचलाई प्राथमिकता दिइए पनि सेवाको गुणस्तर अपेक्षाअनुसार सुधार हुन नसकेको उल्लेख गरे।