सुनसरी क्षेत्र नं. ४ को प्रतिनिधिसभाको मतगणना दुई दिन बितिसक्दा पनि गणना सुचारु हुन सकेको छैन्। मतगणनाको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेबीच द्धन्द चर्कदै गएको छ।
मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको भन्दै सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको क्षेत्रको मतगणना स्थगित भएको हो।
सुनसरीका चारवटा प्रतिनिधिसभामध्ये तीनवटामा एमालेले अग्रता स्थिर राखेको छ। एमालेका दुईवटा प्रदेशसभामा विजयी भएको छ। प्रतिनिधिसभाको एउटामा भने राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।
भण्डारी नेकपा एमाले सुनसरीका अध्यक्ष समेत हुन्। भण्डारीले १४ हजार ५२८ मत प्राप्त गर्दा चौधरीले ११ हजार ८४८ मत प्राप्त गरे। उनीहरूबीचको मतान्तर २ हजार ६८० रहेको छ।
धनकुटाबाट जनकपुरतिर जाँदै गरेको को १ च ८५२५ नम्बरको पिकअपबाट लागुऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरी वल प्रदेश नं. १ को कार्यालय पकली सुनसरीले जनाएको छ।