ठेक्का सम्झौता भएको ४ वर्षसम्म निर्माण सम्पन्न नगरी सडक अलपत्र अवस्थामा छोडिएको छ। दुई पटक शिलान्यास भएको सडक निर्माण कम्पनीले अलपत्र अवस्थामा छाडेको स्थानीयको गुनासो छ।
बस्ती भएरै कर्णाली नदी किनार भएर ‘ट्र्याक’ समेत खोल्ने काम थालिएपछि पञ्चदेवल विनायक नगरपालिकाभित्रका लयाटी, कालेगाडा, पुल्लेतोला, चिल्ताडालगायतका जनतामा खुसीको सीमा छैन।
कालीकोटको तिलागुफा नगरपालिका-१० को पर्यटकीय क्षेत्र रुडुबन्चुमा रेडपाण्डा भेटिएको छ । रुडुबन्चु गाउँका युवाले लेकको रुडुक्षेत्रमा रेडपाण्डा भेटाएका हुन् ।