किम्वदन्तीअनुसार परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरा क्षेत्रमा राखेका थिए। एक दिन अचानक अप्रत्याशित ढङ्गले हेर्दाहेर्दै ती गोठबाट भेडाहरू अलप भए।
मनसुनजन्य विपद्को संयुक्त सामना गर्न र एक जिल्लामा अपराध गरेर छिमेकी जिल्लामा लुक्ने फरार अभियुक्तहरूलाई पक्राउ गर्न पूर्वी पहाडका तीन जिल्लाका प्रहरी प्रमुखहरूले साझा सुरक्षा रणनीति बनाएका छन्।
गुणस्तर परीक्षण समेत सफल भएको स्याउको उत्पादनले बर्षेनि सम्भावनाको आसा देखाउन थालेपछि ताप्लेजुङको हिमाली बस्ती फले र घुन्सामा स्याउको व्यावसायिक खेती गर्न सकिने देखिएको छ।
नेपाल वायु सेवा निगम ताप्लेजुङ शाखाका प्रबन्धक नारायणकुमार कार्कीले सोमवार नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गरेको जानकारी दिए।
नेपाली कांग्रेस ताप्लेजुङको वडा र पालिका अधिवेशन सम्पन्न भएको छ। वडामा सर्वसम्मत नेतृत्व चयन गरेको कांग्रेसले जिल्लाका नौमध्ये सात स्थानीय तहमा सर्वसम्मत र दुई स्थानीय तहमा निर्वाचनमार्फत नेतृत्व चयन...