वीरेन्द्रनगरका १६ वटा वडा मध्ये हालसम्म चार वडाको मतगणना सम्पन्न भएको छ। मत गणना सम्पन्न भएका चार वडा मध्ये दुई कांग्रेस र दुई एमालेले जितेको छ। अहिले वीरेन्द्रनगर–३ को मतगणना भइरहेको छ।
वीरेन्द्रनगर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश खत्री निर्वाचित भए। उनी प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारलाई ४१ मत बढी ल्याएर निर्वाचित भएका हुन्।
सल्यानको बनगाडकुपिण्डे नगरपालिका–१ मा समाजवादीका डम्बरबहादुर साहुलाई नेपाली कांग्रेसका थुमबहादुर विसीले पराजित गरे। कांग्रेसका विसीले ६२३ मत ल्याएर विजयी भए।
नौ स्थानीय तह मध्ये सिम्ताको एक मतदान केन्द्रमा विवाद हुँदा वैशाख ३० गते निर्वाचन हुन सकेको थिएन्। यहाँ सोमबार निर्वाचन हुँदैछ। बाँकी आठ स्थानीय तहमा मतगणना जारी छ।
विवादका कारण बैशाख ३० गते निर्वाचन सम्पन्न हुन नसकेका कर्णालीका तीन वटा केन्द्रमा मतदान भइरहेको छ। कालिकोटको रास्कोट नगरपालिका र पचालझरना तथा जुम्लाको गुठीचौर गाउँपालिकाको एक मतदान केन्द्रमा अहिले मतद...
कर्णालीमा स्थानीय तह निर्वाचनका क्रममा केही ठाउँमा झडप भएका छन् भने केहीमा पुनः मतदान हुने भएको छ। हुम्लाको चंखेली र अदानचुलीका दुई मतदान केन्द्रमा भएको झडपमा एक जना मतदान अधिकृतसहित आठ जना घाइते भएका...
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्। उनले पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–८ स्थित सूर्यज्योति माविको मतदान केन्द्रबाट मतदान गरेका हुन्।