सभामुख मण्डलले नेकपा एमालेको निर्देशनमा सभा सञ्चालन गरेको भन्दै सात दलले गत कात्तिक २७ गते मधेस प्रदेशसभामा ६४ सांसदको समर्थनमा उनीविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए।
मधेश प्रदेशका तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी असंवैधानिक तरिकाले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्तको विरुद्धमा आज पनि सात राजनीतिक दलले धर्ना दिएका छन्।
धनुषामा गोली प्रहारबाट एकजना वडाध्यक्षको हत्या भएको छ। शुक्रबार मिथिला बिहारी नगरपालिका ९ को वडाध्यक्ष ४८ वर्षीय बिन्देश्वर यादवको गोलीप्रहारबाट हत्या भएको हो।