यस्तै उत्तरा खण्ड हरिद्वारका सोहन पहलवानलाई बिहार पटना हाजीपुरका सुजित पहलवानले पराजित गरेका छन्। झाँसीका उमेश पहलवानलाई बनारसका गुडु पहलवानले दाउ हानेर विजयी भएका छन्
नियमित गस्तीको क्रममा रामनगर गाउँ नजिकको सडकमा चेक जाँचको क्रममा किरा लागेको रहरको दाल लोड गरेको ट्याक्टर र ट्याक्टर चालक पचरौता नगरपालिका ५ का पान्नालाल महतोलाई नियन्त्रणमा लिएर दालबारे अनुसन्धान सु...
वीरगञ्ज–पथलैया औद्योगिक करिडोर अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा शुक्रबार स्थानीयहरुले तोडफोड गर्नुको साथै जस्ता प्लान्टको गेटमा तालाबन्दी समेत गरेका छन्।
पक्राउ पर्नेमा निजगढ नगरपालिका १३ का दिपक पाख्रिन र बाबुराम वाईबा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन्।
प्रदेश नम्बर २ का सभामुख सरोज यादवले पदीय गरिमाको ख्यालै नगरी सिम्रौनगढ नगरपालिकाले गरेको विकास निर्माणको छानविन गर्न शुक्रबार सिम्रौनगढ नगरपालिकामा टोलीसहित पुगेका थिए।
स्थानीय निर्वाचनमा सुवर्ण गाउँपालिकाको अध्यक्षमा राजपा पार्टीबाट चुनाव लडेर कांग्रेसका उम्मेदवरलाई हराएका रूपनारायण यादवको परिवारका ३५ जनालाई नयाँ सदस्यता दिइएको पत्रकार सम्मेलनमा जनाइएको छ।
नेपाली काँग्रेस बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिले वडामा नयाँ सदस्यता थप्न र पुरानोको नविकरण गर्न फारम नदिएको आरोप क्षेत्रीय उपसभापति र वडा सभापतिहरुले लगाएका छन्।