कहिलेसम्म सहने अभिनेत्रीले अश्लिल गाली?
०८ वैशाख २०७३
•
६ मिनेट पाठ
कहिलेसम्म सहने अभिनेत्रीले अश्लिल गाली?
सुन्दरी पर्दामा उनीहरू चम्किला देखिन्छन्। कतिपयले उनीहरूलाइ रोल मोडलै मान्छन्। कमाइ पनि आकर्षक नै गर्छन्। काम र नामले मालामाल देखिने फिल्म क्षेत्रमा सक्रिय अभिनेत्रीहरुका केही फरक दु:ख छन्। यो भन्दा फरक एउटा तीतो यथार्थता छ- उनीहरू बिना कारण कसैको अश्लिल र भद्दा गाली सुन्न विवश छन्।




फेसबुक, ट्विटर र इन्स्टाग्रामले सेलिब्रटीहरूलाई जनतासँग जोड्न सजिलो पारिदिएका छन्। अन्तरक्रिया बढाइदिएका छन्। इन्टरनेट समाजको अर्को पाटो यो छ कि यी माध्यम प्रयोग गरी आउने अश्लिल र भद्दा गाली सामना गर्न अभिनेत्री तथा मोडलहरूलाइ गाह्रो हुन थालेको छ। धेरै अभिनेत्रीहरु यस्ता अश्लिल गालीगलौजलाई सार्वजनिक रेस्पोन्स दिँदैनन्। मन दु:खाउँछन्, चुपचाप बसिदिन्छन्। बिर्सन खोज्छन्, अर्कैतिर मोडिन्छन्। व्यस्त अभिनेत्री प्रियंका कार्कीले आइतबार फेसबुकबाट हाम्रो समाजभित्रको यो समस्या भावनात्मक ढंगले सार्वजनिक गरिदिइन्। 'मेरो मन रुवाउने' शीर्षकका उनले लेखेको पोस्टले यो विषयलाइ फेरि एक पटक सार्वजनिक चर्चामा ल्याइदिएको छ।

बिहान उठेदेखि दिनरात व्यस्त रहने अभिनेत्रीमाथिको यो व्यवहार हाम्रो समाजको अर्को फरक वास्तविक अनुहार पनि हो। आफ्नो घरमा छोरीचेलीलाई कसैले हेर्‍यो भने खाउँला झै गर्ने समाज सदस्यहरू एकान्तमा के सोच्छन्? के बोल्छन्? यी प्रश्नहरूको व्यवहारिक जवाफप्रति प्रियंकाले निकै भावुक प्रस्तुति राखिन्। हुन त नेपाली समाज यसै पनि अभिनेत्रीप्रति सकारात्मक देखिँदैन। कुनै एउटा ट्याग झुन्डाइदिएर उनीहरुमाथि प्रहार गर्न यो सधैँ तयार छ। त्यस्ता मान्छेहरुको यहाँ जगजगी नै छ। आफ्नो परिवारका सदस्य, दिदीबहिनी, आमा, भाउजू, छोरीहरुको कुरा अर्कै भयो। अभिनेत्रीलाई जति भद्दा गाली गरे पनि हुन्छ भन्ने सोच व्याप्त छ। समाज रुपान्तरणको ठूलाठूला बहस सहरमा चल्छन्। महिलाअधिकारका नाउँमा अन्तर्राष्ट्रिय कन्सल्ट्यान्ट झिकाएरै ठेलीका ठेली सिद्धान्तमाथि छलफल चलाइन्छन्। मिडियामा चर्का बहस छेडिन्छन्। तर समाजको यो कुरुप पाटो न्युन गर्न यीसबले कहाँनेर सघाइरहेछ?

परिवार सबैको परिवार नै हो। त्यसका मूल्य र आदर्श समान हुन्। हरेक अभिनेत्रीको परिवार छ। उनीहरुलाई कामका लागि वातावरण बनाइदिने पनि त्यही परिवार हो भन्ने बुझाइ हामीले कहिले बुझ्ने? यो पक्षलाई हामीले कहिले स्वीकार्ने? बहस वा तर्कको तहमा स्वीकार्नु एउटा पक्ष इन्टरनेटमा एक्लै हुँदा पनि हामी त्यतिकै भद्र कहिले हुने? यसको व्यवहारिक जवाफ खोजिनु पर्छ।

आफन्त र परिवार सदस्यको ठूला गल्ती लुकाउने र अरुको सानो गल्तीलाई पहाड बनाउने साझा प्रवृत्ति हाम्रो समाजमा व्याप्त देखिन्छ। भनिन्छ पढेलेखेका मान्छेहरुको सोचको दायरा फराकिलो हुन्छ। उनीहरु भद्र हुन्छन्। व्यवहार हेर्दा त्यस्तो लाग्दैन। 'नेटस्याबी' कोही अनपढ होला भनेर म अनुमान गर्न सक्दिनँ। ट्विटर, फेसबुक र इन्स्टामा सक्रिय युवा शिक्षित होलान् भन्ने मलाई लाग्छ। अब त्यहाँ व्यक्त अभिव्यक्ति हेर्नुहोस्। त्यहाँबाट एउटी अभिनेत्रीलाई गरिएको सम्बोधन हेर्नोस्। त्यो कुहिएको आलुजस्तो गन्हाउने र तल्लोस्तरको छ। त्यसैले यो विषय शिक्षासँग होइन सोचसँग जोडिएको छ।

आर्थिक र शारीरिक शोषणबाट पीडित बनिरहेका अभिनेत्रीहरु यस्तो अपमान सहेर बस्नु पछाडिका बाध्यता अनौकौ होलान्। अभिनेत्रीहरुले आफ्ना समस्याबारे आवाज बुलन्द बनाउन नसक्दा पीडकहरुलाई सजिलै उन्मुक्ति मिलिरहेको छ। मनोरञ्जन क्षेत्रमा सबै अभिनेत्रीको उस्तै स्थान छैन। सबै एकै पृष्ठभूमिबाट आएका पनि होइनन्। र सबै एउटै उद्देश्यले यो क्षेत्रमा भित्रिएका हुन् भन्ने पनि नसकिएला। त्यस प्रस्ट हुन जरुरी छ सबैलाई एउटै रंगिन चस्माले हेर्नु दृष्टिदोष हो। अभिनेत्रीको रुप र यौवन उनीहरुको कमजोरी होइन। तिनलाई 'रन्डी', 'भालु', 'वेश्या' जस्ता अश्लिल शब्द प्रयोग गरेर आनन्द लिनु अपराध हो। यस्ता मानसिक रोगीहरुको स्वास्थ्य उपचार निश्चय नै हुनुपर्छ। सँगै यसको कानुनी उपचार पनि खोजिनु आवश्यक छ।
अर्को समाचार
कहिलेसम्म सहने अभिनेत्रीले अश्लिल गाली? [ब्लग]
०६ वैशाख २०७३
•
६ मिनेट पाठ
कहिलेसम्म सहने अभिनेत्रीले अश्लिल गाली? [ब्लग]
सुन्दरी पर्दामा उनीहरू चम्किला देखिन्छन्। कतिपयले उनीहरूलाइ रोल मोडलै मान्छन्। कमाइ पनि आकर्षक नै गर्छन्। काम र नामले मालामाल देखिने फिल्म क्षेत्रमा सक्रिय अभिनेत्रीहरुका केही फरक दु:ख छन्। यो भन्दा फरक एउटा तीतो यथार्थता छ- उनीहरू बिना कारण कसैको अश्लिल र भद्दा गाली सुन्न विवश छन्।फेसबुक, ट्विटर र इन्स्टाग्रामले सेलिब्रटीहरूलाइ जनतासँग जोड्न सजिलो पारिदिएका छन्। अन्तरक्रिया बढाइदिएका छन्। इन्टरनेट समाजको अर्को पाटो यो छ कि यी माध्यम प्रयोग गरी आउने अश्लिल र भद्दा गाली सामना गर्न अभिनेत्री तथा मोडलहरूलाइ गाह्रो हुन थालेको छ। धेरै अभिनेत्रीहरु यस्ता अश्लिल गालीगलौजलाई सार्वजनिक रेस्पोन्स दिँदैनन्। मन दु:खाउँछन्, चुपचाप बसिदिन्छन्। बिर्सन खोज्छन्, अर्कैतिर मोडिन्छन्। व्यस्त अभिनेत्री प्रियंका कार्कीले आइतबार फेसबुकबाट हाम्रो समाजभित्रको यो समस्या भावनात्मक ढंगले सार्वजनिक गरिदिइन्। 'मेरो मन रुवाउने' शीर्षकका उनले लेखेको पोस्टले यो विषयलाइ फेरि एक पटक सार्वजनिक चर्चामा ल्याइदिएको छ।




प्रियंकाको फेसबुक पोष्ट

priyanka

बिहान उठेदेखि दिनरात व्यस्त रहने अभिनेत्रीमाथिको यो व्यवहार हाम्रो समाजको अर्को फरक वास्तविक अनुहार पनि हो। आफ्नो घरमा छोरीचेलीलाई कसैले हेर्‍यो भने खाउँला झै गर्ने समाज सदस्यहरू एकान्तमा के सोच्छन्? के बोल्छन्? यी प्रश्नहरूको व्यवहारिक जवाफप्रति प्रियंकाले निकै भावुक प्रस्तुति राखिन्। हुन त नेपाली समाज यसै पनि अभिनेत्रीप्रति सकारात्मक देखिँदैन। कुनै एउटा ट्याग झुन्डाइदिएर उनीहरुमाथि प्रहार गर्न यो सधैँ तयार छ। त्यस्ता मान्छेहरुको यहाँ जगजगी नै छ। आफ्नो परिवारका सदस्य, दिदीबहिनी, आमा, भाउजू, छोरीहरुको कुरा अर्कै भयो। अभिनेत्रीलाई जति भद्दा गाली गरे पनि हुन्छ भन्ने सोच व्याप्त छ। समाज रुपान्तरणको ठूलाठूला बहस सहरमा चल्छन्। महिलाअधिकारका नाउँमा अन्तर्राष्ट्रिय कन्ल्ट्यान्ट झिकाएरै ठेलीका ठेली सिद्धान्तमाथि छलफल चलाइन्छन्। मिडियामा चर्का बहस छेडिन्छन्। तर समाजको यो कुरुप पाटो न्युन गर्न कहाँनेर यी सबैको भूमिका खै? 

परिवार सबैको परिवार नै हो। त्यसका मूल्य र आदर्श समान हुन्। हरेक अभिनेत्रीको परिवार छ। उनीहरुलाई कामका लागि वातावरण बनाइदिने पनि त्यही परिवार हो भन्ने बुझाइ हामीले कहिले बुझ्ने? यो पक्षलाई हामीले कहिले स्वीकार्ने? बहस वा तर्कको तहमा स्वीकार्नु एउटा पक्ष इन्टरनेटमा एक्लै हुँदा पनि हामी त्यतिकै भद्र कहिले हुने? यसको व्यवहारिक जवाफ खोजिनु पर्छ।

आफन्त र परिवार सदस्यको ठूला गल्ती लुकाउने र अरुको सानो गल्तीलाई पहाड बनाउने साझा प्रवृत्ति हाम्रो समाजमा व्याप्त देखिन्छ। भनिन्छ पढेलेखेका मान्छेहरुको सोचको दायरा फराकिलो हुन्छ। उनीहरु भद्र हुन्छन्। व्यवहार हेर्दा त्यस्तो लाग्दैन। 'नेटस्याबी' कोही अनपढ होला भनेर म अनुमान गर्न सक्दिनँ। ट्विटर, फेसबुक र इन्स्टामा सक्रिय युवा शिक्षित होलान् भन्ने मलाई लाग्छ। अब त्यहाँ व्यक्त अभिव्यक्ति हेर्नुहोस्। त्यहाँबाट एउटी अभिनेत्रीलाई गरिएको सम्बोधन हेर्नोस्। त्यो कुहिएको आलुजस्तो गन्हाउने र तल्लोस्तरको छ। त्यसैले यो विषय शिक्षासँग होइन सोचसँग जोडिएको छ।

आर्थिक र शारीरिक शोषणबाट पीडित बनिरहेका अभिनेत्रीहरु यस्तो अपमान सहेर बस्नु पछाडिका बाध्यता अनौकौ होलान्। अभिनेत्रीहरुले आफ्ना समस्याबारे आवाज बुलन्द बनाउन नसक्दा कमजोर मानसिकता राख्ने मानिसहरुलाई सजिलै उन्मुक्ति मिलिरहेको छ। मनोरञ्जन क्षेत्रमा सबै अभिनेत्रीको उस्तै स्थान छैन। सबै एकै पृष्ठभूमिबाट आएका पनि होइनन्। र सबै एउटै उद्देश्यले यो क्षेत्रमा भित्रिएका हुन् भन्ने पनि नहोला। त्यस कारण सबैलाई एउटै रंगिन चस्माले हेर्नु दृष्टिदोष हो। अभिनेत्रीको रुप र यौवन उनीहरुको कमजोरी होइन। तिनलाई 'रन्डी', 'भालु', 'वेश्या' जस्ता अश्लिल शब्द प्रयोग गरेर आनन्द लिनु अपराध हो। यस्ता मानसिक रोगीहरुको स्वास्थ्य उपचार निश्चय नै हुनुपर्छ। सँगै यसको कानुनी उपचार पनि खोजिनु आवश्यक छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस