पाल्पास्थित कालीगण्डीको तीर रानीघाटमा उभिएको छ - रानीमहल। प्रेममा डुबुल्की मार्नेका लागि प्रेमको प्रतीक। तर कति प्रेमजोडी यहाँ पुगे होलान् वा कतिले पुग्ने सपना सजाएका होलान्! कतिले यसको नाम सुनेका होलान्! कमै आँखाले प्रत्यक्ष चिहाएका छन् रानीमहललाई।
एकपल्ट यहाँ पुग्नेले यसलाई नेपालको ताजमहल भन्छन्। चिन्नेले पनि अब यसै भनी चिन्न थाले।
‘यो नेपालको रानीमहल हो,' महलको झन्डै दुईसय मिटर वर सानो होटल चलाइरहेका पदम श्रेष्ठ भन्छन्, ‘यो नेपालको ताजमहल होइन। यसबारे गलत प्रचार भैरहेको छ।'
पदमको बुझाइमा यसलाई रानीमहल भन्नुपर्छ। उनले रानीमहललाई हेर्दै ५५ बसन्त पार गरे। यो अवधिमा उनमा थुप्रै परिवर्तन आए - असारमा आली लाउन ठिक्क पारेजस्तो सिनित्त परेका गाला अहिले मुजा पर्न थालेका छन्। निख्खर कालो कपाल तिलचामले भैसक्यो। आँगनछेवै रहेको रानीमहल उनले धुमिल देख्न थालेका छन्। तर, उनी जन्मँदा जस्तो थियो उस्तै छ रानीमहल।
‘सबैले बेवारिस बनाए,' श्रेष्ठ भन्दै थिए, ‘अब कुन दिन ढल्छ अनि टन्टै साफ।'
****
माघको तेस्रो साता, लुम्बिनीबाट पाल्पा सदरमुकाम तानसेन पुग्दा सूर्यास्तले हाम्रो स्वागत गरिरहेको थियो। बिहान तानसेनलाई एकफन्को मारी पोखरातर्फ हुँइकिने हाम्रो योजना। ‘तानसेन आएर पनि रानीमहल नजाने?' टेकनारायण हामीलाई जोस्याएर होटलबाट बाहिरिए। अखबारका पानामा देखेको रानीमहल प्रत्यक्ष हेर्ने चाहलाई मार्ने वा जाने, हामी दुविधामै थियौं। ‘मर्दले आटेपछि आँट्यो,' सहयात्री जगदिश महर्जन एक्कासि पड्किए। सबैको सहमति जुट्यो - जाऊँ भने जाउँ त नि! बिहान ७ बजेका लागि गाडी रिजर्भ भयो।
बिहान हामी तीन जोडी तम्तयार थियौं। हिँड्नेबेला टेकनारायण मोबाइलमा भन्दै थिए, ‘बाटो अलि खराब छ।' एक जोडी ड्राइभरआडको सिटमा र दुई जोडी पछाडि। बलेरो हामीलाई बोकी अघि बढ्यो। हामीलाई भनिएको छ - आधा घन्टा कच्ची बाटो गाडीमा र पन्ध्र मिनेट पैदल हिँडेपछि रानीमहल पुगिन्छ।
पाँच मिनेटको पक्की सडकपछि बतासे डाँडाबाट हाम्रो कच्चीबाटोको यात्रा सुरु भयो। डाँडा खोस्रेर बनाइएको नागबेली बाटो निकै साँघुरो। दुइटा गाडी पास हुन सक्ने स्थिति छैन। मेरो मनमा यही कुरा खेलेको थियो - विपरीत दिशाबाट अर्को गाडी आयो भने? बतासे डाँडाबाट ओरालो लागेपछि हाम्रो गाडीको अवस्था रक्सीले मातेर खुट्टा लरबराएको मान्छेजस्तो भयो। कहिले दायाँ कहिले बायाँ, गाडीले भुइँ छुन खोज्दै थियो। अझ हामीलाई भ्रमित पारे - मोडमा एक्कासि झुल्केका एक व्यक्तिले। गाडीको हल्लाइ र उनको हल्लाइबीच खासै भिन्नता थिएन। हामी झुक्कियौं, गाडीसँगै हामी हल्लिएका कारण त्यस्तो देखिएको पो हो कि? होइन रहेछ। उनी बिहानै सुरमा रहेछन्, झन्डै गाडीमा ठोक्किएका! ती व्यक्ति कट्नासाथ सबैको मुखबाट हाँसोको फोहरा छुट्यो।
गुरुजीको बोली स्पोर्ट्स कारको गतिजस्तो। जस्तो बोली त्यस्तै उनको ड्राइभिङ शैली। नाम उनको जीवन। यो ठाउँको नाम के हो? मेरो प्रश्न। उनले चार पटक एउटै जवाफ दिए तर हाम्रो कानले ठम्याउन सकेन। केही सीप नलागेपछि उनले श्री सार्वजनिक प्राथमिक विद्यालयको प्रांगणमा गाडी रोकेर बोर्ड देखाए - बौघापोखरा थोक-१।
केही मिनेटको यात्रापछि गाडी रोकियो। गुरुजीले हामीलाई ओर्लन आग्रह गर्दै भने, ‘तीन वर्षजति अगाडि ६ जना विद्यार्थीले फेल भएको झोकमा आगो लगाएको स्कुल यही हो।' बौघागुम्हा-५ स्थित श्री सर्वोदय उच्च माविमा एकछिन टहलिएर गाडीमा चढेपछि मैले गुरुजीतर्फ प्रश्न तेर्स्याएँ, ‘गुरुजी, अगाडिबाट अर्को गाडी आयो भने?'
‘आउँदैन,' उनको जवाफ।
‘किन?'
‘मैले तल (छेर्लुङ फाँट) फोन गरिसकेको छु।'
अब छेर्लुङ फाँटबाट गाडी तानसेनका लागि तब मात्र छुट्छ जब हाम्रो गाडी त्यहाँ पुग्नेछ।
‘तपाईंहरू नडराउनू, बाटो अलि खराब छ, म भइन्जेल तपाईंहरूलाई केही हुँदैन,' गुरुजीले डर हटाउने मन्त्र फुके पनि यसले झन् हाम्रो मनमा डर जगायो। ‘तपाईं नरहे कसले बचाउँछ नि,' झन्डै मुखबाट फुस्केको। अब हाम्रो गाडी सिधै ओरालो झर्दैछ। कहालीलाग्दो भीर। मुनि कुहिरोभित्र लुकेको छेर्लुङ फाँट झ्यालको प्वालबाट प्रकास छिरेझैं कतै-कतै मात्र देखिएको छ। हाम्रो पैदल यात्रा त्यहीँबाट सुरु हुनेछ।
बाटो र चाउचाउको आकार उस्तै-उस्तै। ‘चाउचाउ मार्ग हो कि क्या हो, गुरुजी यो?' पछाडि सिटमा रहेका सहयात्री अर्जुन धौगोडाको बोली फुट्यो। जवाफमा गुरुजीले मात्र ङिच्च दाँत देखाए। साँगुरो बाटो, घुमाउरो बाटो, रातोमाटोले लिपेजस्तो, बिहानीको शित ओभाउन भ्याएको छैन, खाल्टाखुल्टी कति-कति, हिँड्दा पनि चिप्लेर एकैपटक फेदीमा पुगिएलाजस्तो। तैपनि गाडी हुँइकेकै छ। महिला सहयात्री आफ्ना जोडीको पाखुरा टिमिक्क समातेर घरी तल घरी अगाडि हेर्दै अनुहारमा पोतिएको त्रास छोप्ने प्रयत्न गर्दैछन्। अगाडि बसेको मलाई झनै डर लागेको छ। भुइँतिर हेर्यो गाडीको चक्का जमिनबाट बाहिर पुगेजस्तो। बीचबीचमा स्कुले विद्यार्थी फाट्टफुट्ट देखिन्छन्। गुरुजीका अनुसार उनीहरू दैनिक एक घन्टाभन्दा बढी हिँडेर स्कुल पुग्ने गर्छन्।
****
छेर्लुङ फाँट पुगेपछि गाडी रोकियो। सबै फटाफटा निस्किए। सबैको अनुहारमा एकसाथ मुस्कान। पिजडाबाट उम्केका चरीजस्तै। सबैको मुखबाट निस्केको वाक्य बीचमै अड्किएको थियो, ‘बाटो त ...।' हामीलाई भनिएअनुसार अब १५ मिनेट पैदल यात्रापश्चात दर्शन पाइनेछ रानीमहलको। बाटो तर्पाया-तर्पाया।
कालीगण्डकी तीरैतीर जंगलको बाटो छोट्याउँदै हामी अगाडि बढ्दैछौं। हामीलाई दिइएको १५ मिनेट बित्यो, रानीमहल निकै पर कुहिरोको सिरक ओडेर जाडो छेकिरहेको हामी देख्दैछौं। जहाँ-जहाँबाट हामी रानीमहल देख्छौं हाम्रो ऊर्जा बढ्छ, जब जंगलले छेक्छ मात्र मुखबाट सुस्केरा निस्कन्छ। दुईजोडीलाई त खाली हात हिँड्दा खासै थकाइको महसुस भएको छैन, तर एकजोडीसँग त दुईवर्षको उपहारसमेत थिइन्। उनी हिँड्न नसक्ने। आफ्ना बाबु-आमाबाहेक अरूसँग उनी नमान्ने। मित्र अर्जुनले छोरीलाई बुई राखी भाउजुको सलले छातीमा कसे। अर्जुनलाई यो यात्रा निकै कठिन भएको हामी बुझ्न सक्थ्यौं।
बेलाबेलामा कालीगण्डकीतर्फ क्यामरा तेर्स्याउँदै जंगलको बाटो छिचोल्ने प्रयासमा हामी छौं। बाटो देखाउन एकजना मित्र हामीसँगै आएका छन्। बीचबाटोमा भेटिने झरनाले हाम्रो थकाइ मेट्ने ट्याब्लेटको काम गरेको छ। गाइड बनेर आएका मित्रलाई मात्र बाटोको ज्ञान रहेछ। बीचका भाग, झरनाको नामबारे जस्तो हामी अनभिज्ञ त्यस्तै उनी। मोबाइलले एमपिथ्री प्लेयरको काम मात्र गरेको छ। जगदिश गन्स एन रोजेजको सुरमा बेलाबेलामा चिच्च्याउँछन् - टेक मी डाउन टु द प्याराडाइज सिटी। बीचबीचमा जंगलबाट आएको चराको आवाजले हाम्रो यात्रालाई थप संगीतमय बनाएको छ। पन्ध्र मिनेट भनिएको बाटो एक घन्टा हिँडेपछि बल्ल पुगियो रानीमहल।
****
पहाडको फेदमा कालीगण्डकी र बराङ्दी खोलाको संगमस्थलमा ठिंग उभिएको छ रानीमहल। सुनेको स्वर्गजस्तो। सुनसान ठाउँ, प्रेमजोडीले खोज्ने एकान्त सायद यसैलाई भनिन्छ। जति आकर्षक त्यति नै भव्य। तीन जोडी तीनतिर। अघोषित प्रतिस्पर्धा - को पहिला महल छिर्ने। कुध्दा जुत्ता बालुवाले पुरिएको पत्तो छैन। पछाडि परेका दुई जोडीलाई हेरेँ - स्लिप खाएको गाडीले हिलो फ्याँकेजस्तो छ दृश्य। उत्तरतर्फ फर्किएको महलको दायाँतर्फको सिढीबाट उक्लने कोसिस। महल र कालीगण्डकी वर्षेपछि भेटिएका प्रेमीप्रेमिकाझैं लिपिक्क टाँसिएका छन्। लेउ लागेको सिढीमा चिप्लियो भने सिधै कालीगण्डकीमा झ्वाम्म।
हामी के हतारिएका छौं र, त्यति हतारमा छन् हाम्रो साथमा रहेका क्यामरा। जता पनि क्लिक...क्लिक...। क्यामरा नहुँदो हो त हामी पन्ध्र मिनेट अगाडि महलभित्र छिर्ने थियौं।
महलको जग निकै तलबाट उठाइएको छ - कालीगण्डकी र बराङ्दी खोलाको बगरबाट। महल एउटै चट्टान (पहरा) माथि ठडिएको छ। मुख्य महलबाहेक अरू भाग खुइल्याइएको कुखुराजस्तो देखिन्छ। हामी बल्ल चेनगेटमा पुग्यौं। यहाँसम्म आइपुग्दा महलको यथार्थ बुझ्न गाह्रो पर्दैन। सिढी भत्किसकेको छ। तलबाट उठाइएका पर्खालको स्थिति उस्तै। कतिबेला कुन इँटा झर्ने हो, ठेगान छैन। पर्खाल हो कि घाँसेचौर, छुट्याउन गाह्रो पर्छ। लेउ सिढी हुँदै भित्ता उक्लन थालेको छ। खिया लागेको चेनगेट खोल्ने चेष्टा नगर्नुहोला, हात वा गेटमध्ये एक जाने पक्का छ। जति खुलेको छ त्यति नै हो। जस्ता भित्तामा झुन्डिएका छन्।
चेनगेटबाट झन्डै २० वटा खुड्किला चढेपछि दायाँतर्फ शिवालय छ। शिवालयमा तीनवटा गजुर थिए रे, अहिले एउटै छैन। शिवालयको सानो ढोका फोरिएको छ, साँचो भने अझै लागेकै अवस्थामा। शिवालयको आडमा रहेको त्रिसुलको एउटा चुच्चो भाँचिएको छ। बायाँतर्फ बनाइएको पालेपहरा बस्ने कोठाको छानै छैन। गारोमा उन्यु र अन्य घाँस उम्रेका छन्। यहाँबाट १७ वटा खुड्किला चढेपछि पुगिन्छ मुख्य महल।
महलको आँगनमा दायाँ र बायाँ साना रित्ता पोखरी छन् - लाम्चो आकारका। बेलायती शैलीमा निर्माण गरिएको महलका पिल्लर र भित्ता खोटो निकालिएका सालको रुखजस्ता। भित्ताको प्लास्टर उक्किएको छ। महल बाहिरबाट हेर्दा जति भव्य छ भित्र त्यति नै बीभत्स।
महलको मुलढोकाबाट छिर्नेबित्तिकै देखिन्छ - रित्ता कोठा। कोठामा एउटा पनि सामान भेटिँदैन। यहाँका सामान कसले लग्यो, पत्तो कसैलाई छैन। कोठाका सेता भित्ता एलकेजी पढ्ने विद्यार्थीको कपीजस्तो देखिन्छ। कतै-कतै मात्र केर्न बाँकी। ‘त्यति अग्ला भित्तामा कसरी लेख्न भ्याए होलान्?' जगदिशको प्रश्न। सायद हामी सबैमा यही जान्ने जिज्ञासा थियो। भर्याङ चढेर पनि नपुगिने ठाउँमा लेखिएको छ। लेख्न बाँकी कहीँ छैन - भित्ता, झ्यालढोकाका खापा, सिलिङ। झ्याल र ढोकाका राखिएका सिसा सब फोरिएको छ।
भित्तामा लेखिएका सबै पढ्दा लाग्छ - अब नेपालीका नाम खोज्नपरे गुगल होइन रानीमहल छिर्नुपर्छ। कमल प्लस रिना, टि प्लस एस, एस प्लस बी ... के-के हो के-के। रानीमहलका कोठा खाली छन् भित्ता मंसिरको भकारीजस्तो। प्रेम प्रस्ताव, सफलताको कामना, सुसाइड नोट ... के अटाएका छैनन् भित्तामा! प्रेम, मिलन, बिछोड, अश्लीलता सबै-सबै। भित्ताको कमीले होला, अक्षरमाथि अक्षरको पत्र-पत्र बनेको छ - ऐँसेलुको झ्याङजस्तो, छिद्रबाट मात्र भित्ता देखिने। बचेका छानाको जस्तामाथि पनि कोर्ने हो भने यो अक्षरको थुप्रो देखिनेछ। महलमा पूरै नेपाल अटेको छ। पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्मका मानिसका नाम र ठेगाना यहाँ भेटिन्छ। भाग्यमानीले हराएका इष्टमित्रको ठेगाना यहीँ भेटाउलान्!
‘तिमी त ठूली भैछौ रे, के छ?' मुलढोकाबाट छिर्नेबित्तिकै तपाईंका सामु प्रश्न तेर्सिन्छ। जवाफ दिनु पर्दैन, धैर्य गर्नुपर्छ भित्तामा अझै अरू पढ्न पाइन्छ - ‘कमललाई फोन गर ल।' डायरी खोज्नुपर्दैन फोन नम्बर त्यहीँ छ। कमल नामधारी मित्र भएका कोही यहाँ पुगे पक्कै एकपटक झुक्किनेछन्। ‘विष्णु, आई लभ यु,' फोन नम्बरआडैमा लिंग नछुट्याई लेखिएको यो सन्देश पढ्दा यहाँ पुग्ने प्रत्येक विष्णु एकपटक गद्गद् हुनेछन्।
अब भुइँतलाको दायाँतिरको ठूलो कोठा। ‘मुना, म तिमीबिना मर्छु, मुना म तिमीलाई माया गर्छु, म तिम्रो साथी सुन्दर,' यी सुन्दरले मुना पाए कि पाएनन्, बाँचे कि मरे राम जाने तर यिनका कारण महलको सौन्दर्य भने पक्कै मर्यो। प्रत्येक कोठामा एकै व्यक्तिले एकै व्यक्तिलाई सम्बोधन गरेका विभिन्न सन्देश देख्न सकिन्छ - एकता कपुरका सिरियलजस्तै। भित्ता पढ्ने थाक्छन् तर थाकेका छैनन् लेखक।
‘यो महल सबको साझा हो, यो महललाई फोहर नगरौं ल, हेर्नुस् त हाम्रो नेपालको ताजमहल भनेर चिनिने दरबारलाई,' अरूले भित्तामा लेखेको देख्दा भावुक बनेका यी अज्ञात लेखक आफूले लेख्दा महलको सुन्दरताको कति ख्याल गरे, कुन्नि।
‘म भने समयमा आएको थिएँ, तिमी आएनौ, किन? धोका दिनु थियो भने किन बोलाएको - उही एस,' प्रेमिका नआएपछि यिनले महलको पहिलो तला जाने भर्याङको भित्तालाई आक्रोश पोख्ने थलो सम्झे। पवनले प्रेम प्रस्ताव राख्ने थलो यहीँ भेटे, ‘म तिमीलाई माया गर्छु, शोभा।'
‘म तिमीबिना मरिहाल्छ,' मैले भने।
‘ल के भन्नु भएको यस्तो,' आडबाट आवाज आयो।
‘उ हेर न, भित्तामा लेखेको पढेको'
‘ए म त साच्चै...'
हा..हा..हा..
‘म तिमीबिना मरिहाल्छु,' महलको भित्तामा सबैभन्दा बढी लेखिएको वाक्य। यस भवनका निर्माताले पनि सोचेका थिएनन् होला - यतिधेरै मानिस यहाँ आएर एक-अर्काबिना बाँच्न नसक्ने प्रण गर्लान। भित्ता देख्दा लाग्छ यो भवन सबैलाई बचाउनका लागि बनाइएको हो- आत्मारुपी इट्टाले। सायद नायक भुवन केसीले रानीमहलको भित्ता पढेर आफ्नो फिल्मको नाम जुराएका थिए।
‘तिमी रानीघाट आऊ, प्रिया, म पनि आउँछु, तिमीले धोका दियौ भने प्रिया मैले अरू पनि पाउँछु,' दोस्रो तलाको भित्तामा विकासले छाडेको धम्कीपूर्ण सन्देश। उनकी प्रिया आइन् कि आइनन्, उनले अर्की प्रेमिका खोजे कि खोजेनन् तर महलको भित्तामा लेखिएको सूचना ताजै छ।
बाग्लुङका प्रकाशलाई निकै चोट परेछ। गृह जिल्ला त्यागी रानीमहलको भित्तामा आएर उनले पुकारा गरेका छन्, ‘यदि यो महलमा सच्चा देवता छौ भने मलाई आज छ बजेभित्र यो संसारबाट बिदा बनाइदेऊ।' उनको लहडले मूर्त रूप लियो, लिएन कुन्नि! अरू त अरू वाइसिएल के कम, उसले पनि महलमा आफ्नो उपस्थिति देखाएको छ, ‘कालापानीका भारतीय सेना फिर्ता गर।'
‘ए...ए...अर्जुन, छिटो माथि आइज त,' कापेको स्वरमा आएको जगदिशको आवाजले हामी दोस्रो तलामा रहेका तर्सियौं। महलभित्रको अवस्था हरर फिल्ममा भुतबस्ने घरजस्तो छ। एक्लै महल घुम्न सायद सकिँदैन नै। महलमा साँच्चिकै भुत नै आयो कि क्या हो - यही सोच्दै म दकुर्दै माथि पुगेँ। तेस्रो तलामा पुग्नेबित्तिकै सहज अनुमान लगाउन सकिन्थ्यो - जगदिश किन चिच्चाए। डर, त्रास, भय एकसाथ मनमा उत्पन्न भयो। होचो तला अनि अँध्यारो। साँच्चिनै भुतले यताबाट तान्ला कि उताबाट तान्लाजस्तो। हामी तुरुन्त तल झरिहाल्यौं।
तीनतले महलको पछाडि भागमा तबेला छ। तबेलाको अगाडि पिकनिक जानेले खुल्याएको खसीका रौं यत्रतत्र छन्। भित्र कोठामा इँटाको अगेनो बनाइएको छ। बल्न बाँकी रहेको दाउराको ठुटा त्यहीँ छोडिएको छ। पिकनिक जानेले त्यहीँ पकाउँछन्, खान्छन्, रमाइलो गर्छन् र फोहोर पनि त्यहीँ छोड्छन्।
झन्डै एक जिबी मेमोरी कार्ड भरिएपछि क्यामराले बेट्री भुत्तिएको संकेत गर्यो, बाहिरिने निस्कर्षमा म पुगेँ। अरूले यसैमा सहमति जनाए। महलको हदैसम्म दुर्दशा देखेपछि हामी बाहिरियौं। महलको बाहिरी भव्यताले हामीले भित्र देखेको सब सपना हो कि, भान भैरहेको थियो। जे देख्यो हाम्रो आँखाले देख्यो, त्योबाहेक थप महलबारे बताइदिने कोही थिएन। महल लामो समयदेखि बेवारिस अवस्थामा छ। सरसफाइ कहिलेकाहीँ आउने हावाले जति गर्यो त्यति नै हो।

महलको अगाडिपट्टि बायाँ भागमा भेटिन्छ महलको नक्सासहितको बोर्ड। महलको केही खुड्किला चढेपछि यहाँ पुगिन्छ। हामीले यी खुड्किलालाई फर्कने बाटो बनाएका थियौं। हाम्रा आँखा त्यहीँ रोकियो। खिया लागेर बोर्ड खुइलिसकेको छ। ‘बोर्डको अवस्था त यस्तो छ, रानीमहलको अवस्था किन त्यस्तो नहोस्, कठै रानीमहल,' अर्जुनभित्रको दया जाग्यो।
बोर्डमा भेटिएको मलिन सूचनाले रानीमहलप्रति जागेको जिज्ञास केही हदसम्म मेटियो - समुद्री सतहदेखि ४ सय ७० मिटर उचाइमा रहेको यो महल तत्कालीन पाल्पाका गभर्नर खड्ग शमशेरले सन् १८९३-१८९६ को अवधिमा बनाएका रहेछन्। आफ्नी श्रीमती तेजकुमारीको मृत्युपछि उनैको सम्झनामा खड्ग शमशेरले तीनवटा मन्दिरसहितको महल बनाएका थिए।
****
बाँकी हाम्रो जिज्ञासा मेटाउने जिम्मा लिए महलछेउमै ५५ वर्ष बिताइसकेका पदमले। पदम त्यहीँ जन्मिए, हुर्किए र अब अन्त जाने सोच छैन उनको।
पदमका अनुसार २०२२ सालमा रानीघाटमा ठूलो हावाहुरी आयो। हावाहुरीले उनको घरको मात्र होइन रानीमहलको समेत सम्पूर्ण छाना उडायो। जेनतेन उनले आफ्नो घरको छाना त केहीदिनमै राख्न भ्याए तर रानीमहलले नयाँ छाना पाउन २८ वर्ष कुर्नपर्यो। २०५० सालमा मात्र रानीमहलमा नयाँ जस्ता राखी छाइयो। मुख्य महलमा केही रङरोगन पनि गरियो। उनले आफ्नो जीवनमा रानीमहलमा देखेको परिवर्तन यही हो। बाँकी उनले थाहा पाउँदा जस्तो थियो उस्तै छ।
‘लफंगा केटाहरू आउँछन्, सिसा फुटाउँछन्, घाँटीमाथि चढेर भित्तामा लेख्छन्,' उनी भन्दै थिए, ‘भित्तामा लेखेर हुने केही होइन, तर किन बिगार्छन्?'
‘कहिलेकाहीँ त मारपिट नै चल्छ,' उनले भने।
‘किन?' मैले सोधेँ।
एकछिनको मौनता तोड्दै उनी सुनाउँछन्, ‘गुलेली हानेर सिसा फोर्छन्। हेरेर बस्न सकिँदैन, नफोर भन्यो, तेरो बाउको सम्पत्ति हो भन्छन्। मनले सहन सक्दैन भनिन्छ, अनि मारपिट नै चल्छ।'
उनको सम्झनामा २०२५ सालसम्म रानीमहलको हेरचाह गर्न पालेहरू बस्थे। तलब ख्वाउन नसकेपछि पालेहरू कता गए कता! रानीमहलसम्म मोटरबाटो जोडिने हो भने महलको संरक्षण हुनेमा आसावादी छन् उनी। भन्दैथिए, ‘बाटो नभएर दुःख पाको छ महलले।' मोटरबाटो तानसेनदेखि हात्तीढुंगासम्म आइसकेको छ। अब डेढ किलोमिटर खने बाटो रानीमहलसम्म आइपुग्छ। सरकारले यस वर्षको बजेटमा महल जिर्णोद्धारका लागि १० लाख रुपैयाँ छुट्याएको छ, तर यो महलसम्म आइपुगेको छैन।
****
हाम्रो लक्ष्य अब तानसेनतर्फ मोडियो। उही बाटो उही साथी। गुरुजी छेर्लुङ फाँटमा हाम्रो प्रतीक्षा गरिरहेका छन्। सुस्ताउँदै गाडीसम्म पुगियो। गुरुजी छैनन्। ‘तपाईंहरूको मोबाइल लागेन म त एकछिन गाउँ घुम्न निस्केको,' स्पष्टीकरण दिँदै गुरुजी झुल्किए। फर्कदा जो जहाँ त्यो त्यहीँ। अब बाटो उकालो। गाडीको गति आउँदाको भन्दा दुई गुना छ। साथीहरू आत्तिन थाले। आँखा-आँखा कुरा गरिरहेका छन् तर गाडीको रफ्तार घटेको छैन। सबै एकअर्कालाई टिमिक्क समातेर डर कम गर्ने प्रयास गर्दैछन्।
बौघापोखरी थोक-१ पुगेपछि गुरुजीले सातो नै लिए। साँघुरोबाटोमा अगाडिको बलेरोसँग उनी साइड माग्दै थिए। ननस्टप हर्न बजाउँदै अगाडिको गाडीमाथि चढाउँलाझैं गरे। बिचरा अगाडिका गुरुजीले के गरून्, साइड दिन मिल्ने ठाउँ भए त छोड्ने। हाम्रो गाडीको हर्न मात्र होइन, अब गुरुजी नै बर्बराउन थाले - ननभेज शैलीमा। बल्लतल्ल एउटा मोडमा गुरुजीले उछिन्न भ्याए। अनि त के, फिल्मी शैलीमा घच्याक्क रोकियो गाडी। हिरो निस्केझैं गुरुजी ड्याङ्ग ढोका बन्द गरी पछाडि रोकिएको गाडीतर्फ बढे। नाकको टुप्पामा औंला तेर्स्याउँदै अजंगको संवाद बोले, ‘बाहुनको जनाई चुँडाइदिन्छु अनि थाहा पाउँछ।' बिचरा ती चालक अक्क न बक्क परे। उनका ओठ अलकत्रले टालेजस्तो भयो - एक शब्द निस्केन। केही मिनेटपछि दिउँसो २ बजे गाडी होटल अगाडि पुगेर रोकियो। झरेर सबैले लामो सास लिँदै मनमनै सायद यही भन्यौं, ‘धन्न बाँचियो।'
बाटोमा गाडीको रफ्तार किन बढेको थियो, गुरुजी किन झोक्किएका थिए मैले बुझेको थिएँ। साथीहरू बेखबर थिए। कारण भने साथीहरू झन् डराउलान् भन्ने डर। गुरुजीको श्वासप्रश्वासबाट सानदार वासना निस्किरहेको थियो। सायद उनीहरूले यो पढे भने थाहा पाउलान् - हामी रानीमहलमा मस्त हुँदा गुरुजी गाउँकै तीनपानेको चुस्कीमा।

काठमाडौं, भदौ ५ (नागरिक)- नेपाल चलचित्र प्राविधिक संघले प्रदान गर्ने नेफ्टा फिल्म अवार्डमा यसपटक उत्कृष्ट फिल्मका लागि 'म तिमीबिना मरिहाल्छु', 'मिस्टर मंगले', 'नशिव आफ्नो', 'मौसम' र 'सिलसिला'को भिडन्त हुने भएको छ। गएको वर्ष प्रदर्शनमा आएका २५ नेपाली फिल्मले अवार्डमा प्रतिस्पर्धा गर्दैछन्।