कोरोना, सामाजिक सञ्जाल र सञ्चार माध्यम
२९ वैशाख २०७७
•
७ मिनेट पाठ
कोरोना, सामाजिक सञ्जाल र सञ्चार माध्यम
आज मेरो देश मात्र होइन विश्व नै सुुनसान छ। त्रसित छन् मनहरु। सडकहरु सुनसान छन् । अत्यावश्यकीय सवारी साधनहरु चलेका छन्। सधै जसो ब्यस्त हुने सरकारी अस्पतालहरु पनि प्राय सुनसान छन् । प्रहरीले गस्ती, चेकजाचमा कडाई गरेको देखिन्छ।

विश्वका शत्तिशाली मुलुकहरुले पनि कोरोनाको औषधि पत्ता लगाउन सकिरहेको अवस्था छैन। केही घरायसी उपाय र सावधानी बाहेक यसबाट बच्ने अन्य उपाय छैन। मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, घरभित्र बस्ने जस्ता उपाय अवलम्वन गर्नु बाहेक केही गर्न सकेको अवस्था छैन। कोरोनाको सम्भावित फैलावटलाई मध्यनजर गरेर सरकारले मुलकलाई लकडाउन गरेको छ ।

यसकाबीचमा देशभित्रका उद्योग, कलकारखानाहरू पनि ठप्प छन्। सुरुवाती दिनमा घरमा बस्न धेरै गाह्रो भएता पनि पछिल्ला दिनहरुमा बानी परेर होला घरमै रमाइलो भैरहेको छ। 

मान्छेले भौतिक सुखसयलमा आफूलाई महान ठान्दछ तर कोरोनाले भने त्यस कुरालाई परास्त गरिदिएको छ। दैनिक रुपमा काममा ब्यस्त मानिसहरु पनि कामकाज छोडेर घरमा बस्न बाध्य छन्। दैनिकज् यालादारी गरेर जीविको पार्जन गर्दै आएका धेरै मानिसहरु घरमै बस्न बाध्य छन्। यो अवस्थामा दैनिक जीवनमा असहज त हुने नै भयो। काम  गर्ने उद्योग बन्द भएपछि दैनिकी कष्टकर बन्दै गएको छ। 

दिनभरि कमाएर ल्याएको पैसाबाट गुजारा चलाउँदै आएका धेरैलाई अब के खाने भन्ने चिन्ताले सताउन थालेको छ । घरमा थोरै जोहो गरेर राखेको चामल दाल सकिएपछि थप चिन्तित बनेका छन् । ज्यालामजदुरी गरेरै गरिबी र अभावग्रस्त रूपमा परिवार चलाउँदै आएका समुदायको जनजीवन अति नै कष्टकर बनेको छ। यद्यपि, जनजीवन सहज पार्नेतर्फ स्थानीय सरकारको ध्यान पुग्न नसकेको पो हो कि भन्ने प्रश्न खडा भएको छ। 

सरकारी कार्यालयहरु सुनसान छन् । विश्वमा कोरोना संक्रमण भयावह स्थितिमा छ । अपवादलाई छोडेर गाउँभन्दा सहर प्रभावित भएका छन्। भौतिक सुबिधाको कारण कोलाहलमय शहर पनि बल्ल आराम गर्न पाउँदो हो।  प्रदुषणले भरिएको देशकै राजधानीको सडकहरु निकै सफा र राम्रा देखिएका छन्। उपत्यका छाडेर गाउँ फर्कनेको संख्या दिनानु दिन बडेको छ। प्राय ः दशैको समयमा मात्र देख्न पाइने दृश्यहरु आजभोलि देख्न पाइन्छ। 

सरकारले  अत्यावश्यकबोहेकका सवारीआवागमनमा रोक लगाएपछि तरकारी आउने गाडिहरु, ठुला ट्रक तथा टिपरहरुमा मानिस खशिबोका कोचिएझै गाउँमा जान बाध्य भए। अब हामी बदलिन जरुरि छ । प्रत्यक विपत्तिले पाठ सिकाएर जान्छ भनेको जस्तो हामीले यसबाट राम्रो पाठ सिक्ब्न जरुरी छ। आफ्नो खेतबारी बाँझो राख्नु हुँदैन । 

मिडिया र सामाजिक सञ्जाल

कोभिड –१९ (कोरोना) का विषयमा सामाजिक सञ्जालमा कतिपय भ्रम फैलाउने सामग्रीहरू सम्प्रेषण भैरहेका छन्। यस्तो महामारीको बेला धेरै भ्रम र हल्ला चल्छन। त्यस्ता हल्ला र भ्रमले चिन्ता र डर  पैदा गराउँछ। तसर्थ सेलेक्टेड मिडियाका सामग्रीहरु मात्र हेर्नुपर्दछ। 

सबै पेजहरुलाई लाइक गर्नाले पनि तपाइको सञ्जालमा  भ्रामक सामगी्रहरु आउन सक्छ। तसर्थ मिडियालाई छानेर मात्र पेज लाइक गर्ने हो भने पनि तपाईकोमा गलत सामग्री आउन पाउँदैन। सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताहरूले प्रवाह गरेका कोरोना संक्रमण सम्बन्धी समाचार, जानकारीलाई शेयर, लाइक वा रिट्विट धेरै हुने गर्दछन्। डर, त्रास र सनसनी फैलने गलत, अतिरञ्जनापूर्ण र अनाधिकृत सूचना वा हल्लाहरुलाई निरुत्साहित गर्नुपर्दछ। 

मिडियाले के गर्ने?

अब पत्रकारितालाई कसरी जवाफदेही र मर्यादित बनाउने भन्ने विषयमा गम्भिर हुन जरुरी छ। कोरोना भाइरस संक्रमणको यस्तो संवेदनशील घडीमा पत्रकार र सञ्चारमाध्यमलाई आचारसंहिताको पूर्ण पालना गर्नुपर्दछ। 

कर्तव्य र उत्तरदायित्व सहितको पत्रकारिता,आजको आवश्यकता हो। सामाजिक सञ्जालमा(कतिपय मिडियामा समेत) गलत सूचना सम्प्रेषण भैदिँदा जनमानसमा भ्रम सिर्जना हुन गएको देखिन्छ।सत्य तथ्य सूचनादिनु नै पत्रकारको धर्म हो। पाठक, स्रोता र दर्शकमा निराशा वा उत्तेजना हुन नदिन सदैव विशेष संवेदनशीलता र सतर्कता अपनाउनु पर्दछ।

पत्रकार तथा सञ्चारमाध्यमले कोरोना संक्रमण सम्बन्धी सत्य–तथ्य र आधिकारिक स्रोत वा विषय विज्ञबाट पुष्टि भएका समाचार सामग्रीमात्र सम्प्रेषण गर्नु पर्दछ। पत्रकार तथा सञ्चार माध्यमले सामाजिक सञ्जालमार्फत् प्रवाह गर्ने कोरोना संक्रमण सम्बन्धी समाचार, लेख, सूचना वा जानकारीहरू मर्या्दित, सत्य तथ्यपूर्ण र आधिकारिक हुनुपर्दछ।
अर्को समाचार
कोरोना कहरः सहरका बुहारी गाउँ पसे
०५ जेष्ठ २०७७
•
१० मिनेट पाठ
कोरोना कहरः सहरका बुहारी गाउँ पसे
सँधैको बिहानी चराको चिरविरसंगै शुरु हुन्थ्यो । आजका बिहानीहरु कोरोनाको खबरसँगै शुरु हुन्छन्। सञ्चार माध्यम र सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायत बिभिन्न माध्यममा कोरोनाकै खबर देखिन्छ।

यो समयमा त्रसित बनाउने अनावश्यक हल्लाहरु पनि आउँछन्। यस्ता झुटा र भ्रामक सामग्रीहरुबाट भने बच्नुपर्छ। २०७२ सालमा सयौं वर्ष पूराना भौतिक संरचनाहरु भूकम्पका कारण ढले। लाखौ व्यक्ति घरवार विहिन भए। आर्थिक, भौतिक, साँस्कृतिक क्षति त कतिभयो कति। तर यति बेला नेपालमात्रै हौइन विश्व नै डराइरहेको छ।

कोरोनाभाइरस महामारीका कारण संसारभरका मानिसहरु त्रसित भएका छन्। लाखौँले ज्यान गुमाइसकेका छन्। तर विर्सन नहुने कुरा के हो भने भूकम्प होस् या कोरोना हामीलाई केही दिर्घकालिन पाठ पनि सिकाएको छ ।  प्रत्यक विपत्तिले केहि न केही पाठ सिकाएर जान्छ भनेको जस्तै कोरोनाले पनि हामीलाई सकारात्मक हुन सिकाएको छ।

सबैभन्दा महत्वपूर्ण कुरा त कोरोनाले राष्ट्रिय एकता बलियो बनाएको छ। नेपाली मनहरुलाई एकजुट बनाएको छ।  हरेक संकटले एकतालाई मजबुद बनाउँछ। धनी र गरीव, सम्पन्न र विपन्न अनि जातिय, धार्मिक, सांस्कृतिक विभेदको अन्त्य गर्छ भनेको जस्तै कोरोनाले पनि यस्ता विभेदको न्यूनिकरण गर्न सघाउ पुर्याएको छ।

सबैको घरभित्रको बसाइले धन सम्पत्ति र पैसा नभई मन ठूलो रहेछ भन्ने भावानाको विकास भएको छ। सम्पत्तिकै कारण छुट्टिएर बसेका परिवारहरु एउटै घरमा बस्न बाध्य भएका छन्। धनक माउन श्रीमान बाहिर जाने गाउँघरमा बढाबुढि बा–आमालाई छाडेर सहर बस्ने बुहारीहरु पनि घरमा गएका छन्। जस्ले गर्दा ती फाटेका बुढा बा–आमाको मनमा खुसी पक्कै मिलेको छ। बृद्धा बाआमालाई गाउँ छाडेर शहर पसनेहरुनै घर पुगेपछि खसी भएका गाँउमा खुसी र्फकिएको छ।  

अनि समाजवाट टाढिदै गएकाहरुलाई समाज नै चाहिदो रहेछ भन्ने पनि सोच पलाएको छ। काठमाण्डाँै जस्तो अस्तव्यस्त बसाइमा रम्दै आएकाहरुलाई कोरोनाले फेरि गाउँ के हो सम्झाइदिएको छ। रोटी ढिडो, आटाँ, खोले र पिठो मिठोमसिनो के कस्तो छ त्यसैमा स्वाद लिनसक्नुपर्छ भन्ने चेतनाको विकास भएको छ।  

एक्लिदै गएको समाज अनि मर्दापर्दा पनि सम्पर्क नहुने वल्लो घर र पल्लो घरको दुरी नजिकिएको छ। आफन्तहरुसँगको सम्बन्ध सुध्रिएको छ। अब हामीले यो विपत्तिलाई निराशामा बदल्नुभन्दा पनि शक्त्तिमा बदल्न सक्नुपर्छ । सबै मिलेर कृषि क्रान्तिमा जुटनुपर्छ। तर विडम्वनापूर्वक भन्नुपर्दा अहिलेका युवा पुस्तामा कृषिप्रति लगाव नै छैन। उनीहरु माटो छुनुलाई फोहोर छुनु बराबर मान्छन्। यो सिकाइएको छैन कि हामीले खाने प्रत्यक खानेकुराहरु माटोमै उब्जन्छन् माटोमा खेल्न पाउनु राम्रो कुरा हो। अहिलेको पुस्ता जो देशभित्र र बाहिर सुनौलो भविष्यको कल्पनामा पढ्दै, जोत्दै, श्रम गर्दै छन्। उनीहरु गाउँमा फर्केर कृषि गर्नुलाई आफू हेपिएको सम्झन्छन् तर त्यसो होइन वास्तविक नायक भनेका किसान हुन् जस्ले अन्न उब्जाउछन् भन्ने कुराको ज्ञान दिन जरुरी छ।  

कम समयमा धेरै कमाई हुने र विलासिताका सामानहरुको आकर्षणका कारण पनि युवाजमा त शहरमा धेरै होमिएका हुन्। अन्तत गाउँनै चाहिँदो रहेछ भन्ने भावनाको विकास भएको छ।केही रहर त केहि बाध्यताका कारण शहर पुगिसकेपछि गाउँमा गएर सेवा गर्ने भन्ने विरलै हुन्छ। तर केहि यस्ता युवाहरु पनि छन् जो आफ्नो गाउँ ठाउँको विकासको लागि मरिमेट्छन्। देशभित्रै उपलब्ध श्रोत र साधनको सदुपयोग गर्दै मुलुकमा रोजगारी सिर्जना गराउनेतर्फ लाग्नु ढिला भैसकेको छ। भएकै श्रोतको उपयोग गदै आर्थिक बिकासका अवशरहरु शिर्जना गर्दै युवाशक्तीलाई परिचालन गरेर बढदो बेरोजगारी सामस्या समाधान गर्नसक्नु अबको आवश्यकता हो । मुलुकको आर्थिक बिकासमा योगदान गर्नेतर्फ सोच बनाउनु आफनो दायित्यहो भन्ने बोध आमयुवाले बोध गर्नु जरुरी छ। राज्यले पनि युवालाई प्रोत्साहन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस