हामी तमु समुदायको आदिम थलो क्होला सोप्रें ट्हों (क्होंलसोंथर ) हो । त्यहाँबाट हामी १२ सय वर्षअघि बसाइँ सरेको इतिहास छ । सानैदेखि त्यहाँ पुग्ने रहर जागेको थियो । तर, धेरै वर्षपछि मात्र त्यहाँ पुग्ने मौका मिल्यो । पवित्र दर्शनीयस्थल रहेछ क्होंलसोंथर !
क्होंलामा कटुवाल घोकाउने ढुंगा । हामी क्होंलाको अध्ययन भ्रमणमा निस्कनुमा कारण पनि छ । त्यो के भने वाइट लोटसबाट प्रायोजित युग गुरुङ दाइको टेलिभिजन कार्यक्रम ‘तमु मै ताँ’ (गुरुङहरूको कुरा) मा ताङतिङको शैक्षिक अभियान, ग्रामीण जीवनशैली र गुरुङ संस्कृतिका विषयमा बोलेको छु । युटयुवमा त्यो कार्यक्रम हेरेपछि ‘तमु प्या छया धिं’ (गुरुङहरूको संस्कृति घर) अमेरिकाका चोग डिवी नम्जु पैगीलाम गुरुङ दाइले क्होंलसोंथरको वृत्तचित्र बनाउन आग्रह गर्नुभयो । नाइँ भन्ने त कुरै भएन !
प्रकाश गुरुङ दाइले उताबाट आवश्यक खाका पठाइदिनुभयो । । तमु संस्कृतिकर्मी तथा गुरुङ फिल्म एसोसियसनका तत्कालीन अध्यक्ष तथा हालका मादी गाउँपालिकाका प्रमुख वेदबहादुर गुरुङ (श्याम), फोटो पत्रकार युनिश गुरुङ, नमस्ते कोरियाका अध्यक्ष तथा मानवशास्त्री डा. डोजिइ ह डोजिङ, थमन गुरुङ र मसहितको भ्रमण टोली बन्यो ।
हामी तमुहरू क्होंलसोंथरबाट गण्डकी प्रदेश लगायत मुलुकका विभिन्न भूभागमा छरिएका हौं । त्यहाँबाट हामी १२ सय वर्षअघि बसाइँ सरेको इतिहास छ । हाम्रो त्यो पितृथलोमा भग्नावशेष छँदैछन् । आउनुहोस् क्होंलसोंथरलाई पर्यकीय गन्तव्य बनाऔं ।
निर्धारित समय २० असार २०७२ मा हामी पोखराको काहुँ खोलाबाट बिहान दश बजे जीप रिजर्भ गरेर सिक्लेसतिर मोडियौं । सिमसिमे पानी परिरहेको थियो, विजयपुर खोला बढेको रहेछ, मुस्किलले जीपमा त¥यौं ।
हामी काभ्रेडाँडा हुँदै थाकडाँडा चढ्दै थियौं । आकाशमा बादल नाच्दै थिए । दिउँसै अँध्यारो भएकाले नजिकैका मान्छे पनि देखिँदैन थियो । हाम्रो जीप उकालो चढ्न सकेन बरु ओरालोतिर पो झ¥यो । उता हाम्रो गाउँ ताङतिङबाट पाँच जना गाइड र भरियासहित टोंरातिर हिँडिसकेको खबर पाइयो ।
बल्लबल्ल जीप उकालो चढन थाल्यो र हामी तप्राङ पुग्यौं । त्यहाँ खाजा खाएर अघि वढ्यौं । चिप्ली गाउँ हुँदै खिलाङ पुग्यौ । खिलाङ पुग्दा पार्चे गाविसका पूर्व अध्यक्ष तथा प्रदेश सभासद मनबहादुर गुरुङ र गाउँलेहरू वातावरणमैत्री गाउँ बनाउन लालीगुराँस रोप्दै थिए ।
प्राचीन घरको भग्नावशेष । उनीहरूसँग एकछिन भलाकुसारी गरेर हामी सिक्लेसतिर उकालियौं । असारे रोपाईँमा गाउँलेहरू व्यस्त थिए । हामी सिक्लेसबाट गाउँमुनि हुँदै मादीको मुहान नजिक टेंराको फेदीमा पुग्यौं । ताङतिङबाट आएका साथीहरू अघि नै आएर आराम गर्दै थिए ।
क्होंलाको भूगोल ३,३०० देखि ४,२०० मिटर उचाइमा छ । हामी पुग्दा भुजुङ (लमजुङ)को भेडागोठ थियो त्यहाँ । नौला मान्छे देख्नासाथ गोठका लेकाली कुकुर भुक्दै आए । गोठालाले चुप लाग्न आदेश दिएपछि तीनले लुरुक्क आदेश माने । भुक्न छाडिहाले ।
हामी मादीको फड्के तरेर सिक्लेस हाइड्रो पावरको कार्यालयमा खाजा खाएर टोंरामा बास बस्न उकालियौं । हिँड्दाहिँड्दा बाटामै घनघोर पानी प¥यो । बर्खाको मौसम बाटामा घाँसे झाडी थियो । हाम्रो खुट्टामा जुकाले छोपिहाले । झम्के साँझमा बल्लबल्ल टोंरामा पुग्यौं अनि त्यहाँको खाली घरमा बस्यौं ।
गोरखातिरका लामा थरका एक जना दाइ एक दशकदेखि यतै घरजम गरेर बसेका रहेछन् । उनी काठ चिर्दै थिए । श्रीमतीचाहिँ बन्दै गरेको सिक्लेस हाइड्रो पावरमा काम गर्दिरहिछन् ।
रातमा पारि ताङतिङ अनि वारि सिक्लेसमा विजुली बलिरहेको थियो । यसरी पहिलो रात हामीले टोंरोमा बितायौं । बिहान ५ बजे नै उठेर खाजा खाएर ६ बजे पदयात्रा सुरु ग¥यौं । असारे झरी, बाटोभरि जुका, उकालो बाटो । घाँसैघाँसले बाटो पहिल्याउन पनि सकस भयो । उकालैउकालो टोरो, तोदी हुँदै हामी ६ घण्टा जतिको कठिन जंगल यात्रापछि १२ बजे सिल्दुङारा खर्क पुग्यौं । त्यहाँ खाजा खाएर उकालो चढ्यौं ।
पसिनैपसिना । भारी वर्षा । खुट्टाभरि जुका । मनसुन ट्रेकको आनन्द ! मनमा ऊर्जा बढेको थियो । हाम्रो कल्पनामा त्यही आदिम पुख्र्योली थलोको चित्र आयो ।
ओखल । हिँड्दाहिँड्दै हामी साँझ ६ बजे कहोंलासोंथर पुग्यौं । हाम्रो पितृथलो (३,३०० मिटर) पुग्दा खुसीको आँसु नै खस्यो । कति प्रिय हुने रहेछ पितृथलो । खासमा क्होंलासोंथर मादी गाउँपालिका–२ कास्कीमा पर्दछ । अन्नपूर्ण र लमजुङ हिमालको दक्षिणमा अवस्थित क्होंलाको भूगोल ३,३०० देखि ४,२०० मिटर उचाइमा छ ।
हामी पुग्दा भुजुङ (लमजुङ)को भेडागोठ थियो त्यहाँ । नौला मान्छे देख्नासाथ गोठका लेकाली कुकुर भुक्दै आए । गोठालाले चुप लाग्न आदेश दिएपछि तीनले लुरुक्क आदेश माने । भुक्न छाडिहाले ।
राति हामी मु क्होंला (तल्लो क्होंला)को धर्मशालामा बस्यौ । सुत्नुअघि भोलिपल्टको भिडियो छायांकन तथा अध्ययन योजना बनायौं । साँझमा हामीले गोठालाका गीत पनि सुन्यौं । उनीहरूले दूधपोखरी जात्रामा गाइने गीत गाए । हामीचाहिँ नाच्यौं ।
भग्नावशेष भएका ठाउँमा सयौं वर्ष पुराना विशाल रूख छन् । यस्तै प्रकारले मु क्होंला (तल्लो क्होला)को मध्य भागमा सयौं घरका भग्नावेशष छन् । त्यहाँ अहिले पनि २४ फिट चौडाइ र ६४ फिट लम्बाइ भएको पर्खालसहित घरको भग्नावशेष छ जसलाई क्होंला राज्यको छोजधिं (सभाघर) मानिएको छ ।
बिहान ५ बजे नै उठेर नास्ता गरेर क्होंलाडाँडाको दक्षिण भागमा रहेको मु क्होंला (तल्लो क्होंला), प क्होंला (माझ क्होंला) र तु क्होंला (उपल्लो क्होंला)का प्राचीन वस्तीका अवशेष खिच्यौं ।
हामीलाई क्हाेंलाबारे स्रोत व्यक्ति बनेर गोठाला डिलबहादुर गुरुङ दाइले सहयोग गर्नुभयो । पूर्वी भागमा विभिन्न घरका भग्नावशेष देखियो । मु क्होंलाको पश्चिमतर्फको वस्तीमा बीस वटा जति घरका भग्नावशेष देखियो । घरको ढाँचा, कोठाको विभाजन, झ्यालको व्यवस्था आदि विशेष प्रकारको भेटियो । करीब १७.६ फिट चांैडाइ र २०.८ फिट लम्बाइ भएको घरको भग्नावशेष भेटियो जसलाई म्रुंधि (राजाको दरबार) भनिँदो रहेछ ।
भग्नावशेष भएका ठाउँमा सयौं वर्ष पुराना विशाल रूख छन् । यस्तै प्रकारले मु क्होंला (तल्लो क्होला)को मध्य भागमा सयौं घरका भग्नावेशष छन् । त्यहाँ अहिले पनि २४ फिट चौडाइ र ६४ फिट लम्बाइ भएको पर्खालसहित घरको भग्नावशेष छ जसलाई क्होंला राज्यको छोजधिं (सभाघर) मानिएको छ । क्याम्व्रिज विश्वविद्यालय, पुरातत्व विभाग र तमु प्ये ल्हु संघको संयुक्त अनुसन्धानबाट त्यहाँ ६० वटा घरका भग्नावेशष फेला पारिएको थियो ।
सभाघरको आँगनमा चार फिट ६ इन्च अग्लो ढुंगाको खाँबो छ । यसलाई घले राजाको घोडा बाँध्ने खाँबो भनिँदो रहेछ । प्राज्ञ डा. जगमान गुरुङका अनुसार उक्त ढुंगाको खाँबो क्होला राज्यको मौलो हो । छोजधिंको पछाडितिर ठूल्ठूला ढुंगाका छपनी छापिएको भग्नावशेष छ जसलाई क्होइवाधिं मानिएको छ ।
क्होंलसोंथर अध्ययन टोली । हाम्रा पुर्खाले अन्न पिँध्न प्रयोग गरेका पानीघट्टका अवशेष मु क्होंला क्षेत्रका खोलामा पाइन्छ । यस्तै प्रकारले मु क्हाेंलाका मध्य भागको सिरानमा म्हुद युम जोखना हेर्ने ढुंगा छ । तत्कालीन समयमा स्यारपु कटुवालले बस्तीमा केही कुरा संचार गर्दा वा घोक हाल्दा त्यही ढुंगामा टेक्ने गर्थे रे ! यसरी तल्लो क्होंलामा जोखना हेर्ने ढुंगादेखि थोरै तल गएपछि पूर्व दिशातिर ओखलको भग्नावशेष पनि छ ।
क्होलाबाट तमु राज्य संचालन भएको प्येहरूमा लेखिएको छ । यहाँबाट पश्चिममा मादी नदीको शिर करुदेखि पूर्वमा मिदिम खोलाको शिरसम्म र दक्षिणमा ऋबुच्हो र उत्तरमा दूधपोखरीसम्म क्होंला राज्य फैलिएको थियो भनेर तमु प्येमा उल्लेख छ ।
हामीले त्यस दिन तल्लो क्होंलामा देखिएका भग्नावशेषको जानकारी बटुल्यौं । क्यामेरामा कैद पनि ग¥यौं । खाना खाएपछि भरियाहरू क्होंलाबाट चोंरो धर्मशालातिर गए ।
हामी (श्याम, युनिश, म र स्रोत व्यक्ति डिलबहादुर दाइ) २ बजेतिर (तु क्होंला) उपल्लो क्होंलातिर उकालो लाग्यौं । झन्डै २ घण्टाको कडा उकालो चढेपछि उत्तरतिर च्हयम्स्यो ङारा (झुमा गुफा)मा पुग्यौं ।
प्राचीन भग्नावशेष त्यो लेक (४,००० मिटर)मा जटामसी, पाँचऔंले लगायत जडीबुटीका बोटविरुवा देखाउँदै तिनको महत्व बुझाए हाम्रा डिलबहादुर दाइले । उनले गोठालाका रूपमा २० वर्षभन्दा बढी समय लेकमा बिताइसकेका रहेछन् ।
चट्टाने भीरमा गुफा पत्ता लगाउन सजिलो थिएन । आखिर श्याम, युनिश र डिलबहादुर दाइले पत्ता लगाएरै छाडे । मेरो भने लेक लागेर बेहालै भयो । टाउको फुट्ने गरी दुख्ने, बान्ता आउने, दिसा लाग्ने भइरह्यो । त्यसैले म बर्सादी ओछयाएर बुगेनमा सुतें । सयौं सपना देखें । अरूले सहयोग माग्दा हुन्न भन्न नसक्ने बानीले थुप्रै पटक दुःख पाएको सम्झें । आफूले आफैंलाई सम्झाएँ ।
गुफा खोज्न गएका साथीहरू घण्टौं कुर्दासम्म आएनन् । साथीहरू गुफा अध्ययन गरेर फर्के । त्यो समयमा झुमा बस्ने गुफामा ढुंगाले गारो लगाएर व्यवस्थित बनाइएको सुनाए साथीहरूले ।
क्होंलाको एकसरो अध्ययन सकेर हामी चोंरो धर्मशाला पुग्न हिँड्यौं । त्यहाँ पुग्न ५ घन्टा हिँड्नुपथ्र्यो । सुरुमै उकालो आयो । उच्च समस्थली (४,२०० मिटर)मा पुगेर फेरि विस्तारै ओरालो झ¥यौं ।
अब त श्याम भाइको खुट्टाले पनि काम गर्न छाड्यो । हामी चार जना अनेक दुःख झेल्दै सकीनसकी ओरालियौं । गोरेटोमा भेडा, भैंसी र गाईका बथानसँगै गोठाला भेट्यौं । सबैसँग हाइहेल्लो गर्दै राति दश बजेतिर धर्मशाला (३,३०० मिटर)मा पुग्यौं ।
मलाई टाउको दुख्न छाडेको थिएन । वाकवाकी पनि लाग्यो । धर्मशालामा साथीहरूले कोदाको ढिँडो पकाएका रहेछन् । मन नलागीनलागी ढिँडो र फाँटो खाएर सुत्यौं ।
चट्टाने भीरमा गुफा पत्ता लगाउन सजिलो थिएन । आखिर श्याम, युनिश र डिलबहादुर दाइले पत्ता लगाएरै छाडे । मेरो भने लेक लागेर बेहालै भयो । टाउको फुट्ने गरी दुख्ने, बान्ता आउने, दिसा लाग्ने भइरह्यो । त्यसैले म बर्सादी ओछयाएर बुगेनमा सुतें । अनि सयौं सपना देखें ।
बिहान अबेरसम्म आराम ग¥यौं । हामी खाना खाएपछि मात्र ओरालो झ¥यौं । युनिश र डिलबहादुर क्रबुडाँडा र नौचुको फोटा लिन हामीबाट छुट्टिए । सिन्कु खोलाको ओरालो झर्दा मैले पुराना दिन सम्झें । यो ठाउँमा हामी निगाला काट्न आउँथ्यौं । दशैंमा पिङ थाप्न काठ काट्न आउँथ्यौं ।
हामी त्यहाँबाट झ¥यौं । खोला क्लि भैंसीखर्कमा पुगेर खाजा खायौं । हामी ताङतिङ आइपुग्दा अपरान्हको ४ बजेको थियो । त्यस रात सबै जना हाम्रो घरमा बस्यौं ।
भोलिपल्ट असार २४ गते हामी सबै पोखरा झ¥यौं । यसरी पोखरादेखि क्होला सों प्रे टोंको पाँच दिने मनसुन टे«क पूरा भयो । हामीले क्होंलाको १५ मिनेटको वृत्तचित्र बनाएर संस्कृतिकर्मी दाइ डिबि गुरुङलाई बुझायौं । त्यो भिडियो युटयुवमा पनि छ ।
अध्ययन अनुसार क्होंलाबाट तमुहरू १२ सय वर्षअघि बसाइँ सरेका हुन् । क्होंलासोंथरको इतिहास खोतल्दा मनाङको मैज्यू ह्युल र सब्जे प्हला ऊ नामक स्थानमा कृषि उत्पादन कम हुँदै गएको र पशुपालनमा पनि समस्या देखिएकाले त्यहाँका क्हयाल्बो (राजाले) ले खेती हुने स्थानको खोजीमा तीन जना शिकारीलाई दक्षिणतर्फ पठाएको तमु प्ये (गुरुङहरूको कथा) बुझिन्छ ।
कास्कीको ताङतिङ गाउँमा आन्तरिक पर्यटकसँगै गुरुङ समुदाय । ती शिकारी क्होंलामा आए र फर्कने बेलामा धनुषवाणको ठोक्राको पिँधमा रहेको करु (ऊवा) को दाना क्होंलामा छरेर गए । ६ महिनापछि फर्केर आउँदा उवा राम्रो भएको देखे । त्यसैले त्यहाँ क्हयाल्वो राजाले बस्ती बसालेको हुनाले त्यस ठाउँको नाम क्होंला रहेको धार्मिक ग्रन्थमा उल्लेख छ ।
क्होलाबाट तमु राज्य संचालन भएको प्येहरूमा लेखिएको छ । यहाँबाट पश्चिममा मादीको शिर करुदेखि पूर्वमा मिदिम खोलाको शिरसम्म र दक्षिणमा ऋबुच्हो र उत्तरमा दूधपोखरीसम्म क्होंला राज्य फैलेकोथ्यो भनेर तमु प्येमा उल्लेख छ ।
क्होंला कास्कीको ताङतिङ, सिक्लेस, याङ्जाकोट र लमजुङको भुजुङ, घनपोखरा, पसगाउँ सिङदीबाट जान सकिन्छ । तमु संस्कृतिको आदिमभूमि एवं प्राकृतिक सौन्दर्यको भण्डार भएकाले क्होंला घुम्नलायक छ ।
समग्रमा भन्नुपर्दा क्होंलसोंथरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न जरुरी छ । दर्शनीयस्थल हो क्होंलसोंथर । हामी तमुहरूले त एक पटक पुगेर आफ्नो आस्था दर्शाउनै पर्छ ।
(हिमालय मिलन मावि, ताङतिङ, कास्कीका प्रधानाध्यापक प्रकाश गुरुङको प्रकाशोन्मुख पुस्तक ‘ताङतिङ मेरो गाउँ’को एक अंश ।)
निर्वाचनमा होमिएका दलहरूले मतदाता तान्नका लागि आकर्षक घोषणापत्र बनाएर सार्वजनिक पनि गरेका छन्। घोषणापत्र बनाउने क्रममा दलहरूले पर्यटन क्षेत्रका लागि पनि महत्वाकांक्षी र आकर्षक योजना अघि सारेका छन्। हाल भईरहेको आगमनलाई दोब्बर बनाउनेदेखि विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको दर वृद्धि गर्ने, हाल भईरहेको बसाई अवधि लम्बाउने, कुल गार्हस्थ उत्पादनमा पर्यटनको योगदानलाई बढाउनेसम्मका योजना दलहरूको घोषणापत्रमा उल्लेख छ।
कांग्रेसले सार्वजनिक गरिको प्रतिज्ञामा आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको घोषणापत्रमा उल्लेख गरेको छ। त्यस्तै पर्यटन क्षेत्रको हिस्सा कुल गार्हस्थ्य उत्पादनमा १५ देखि २० प्रतिशत पुर्याउने लक्ष्य पनि कांग्रेसको रहेको छ। अहिले नेपालको अर्थतन्त्रमा पर्यटनको योगदान ५ प्रतिशत मात्र रहेको छ। अहिले नेपालमा वर्षभरिमा हवाई माध्यमबाट भित्रिने विदेशी पर्यटकको संख्या झन्डै १२ लाख मात्र छ।
पर्यटन बोर्डले सन् २०२५ मा जम्मा ११ लाख ५८ हजार ४ सय ५९ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएको बताएको छ। यो आगमन संख्या अघिल्लो वर्ष ११ लाख ४७ हजार ५ सय ४८ रहेको थियो। नेपालमा अहिलेसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी पर्यटक २०१९ मा भित्रिएका थिए। २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए।
त्यसबाहेक कांग्रेसले शान्ति, ध्यान र आरोग्यको विश्व गन्तव्य बनाउन ‘आरोग्य नेपाल’ को नारा पनि प्रतिज्ञापत्रमा उल्लेख गरेको छ। विदेशी पर्यटकका लागि ‘वेलनेस र डिजिटल नोम्याड भिसा’ को व्यवस्था गर्ने प्रतिज्ञापत्रमा उल्लेख छ। नेपाली सभ्यता र जीवनशैलीको प्रत्यक्ष अनुभवका लागि सामुदायिक होमस्टे र सहरी घरवास कार्यक्रम संचालन गर्ने पनि कांग्रेसको प्रतिज्ञामा समेटिएको छ।
नेपाल आउने विदेशी पर्यटक र आन्तरिक यात्रुका लागि हवाई भाडा सस्तो बनाउन विमानस्थल सञ्चालन, ल्याण्डिङ, पार्किङ, हवाई इन्धनको अतिरिक्त शुल्क आदि घटाई नेपाल खर्चको हिसाबले र आकर्षक गन्तव्यको रुपमा स्थापित गर्ने पनि कांग्रेसले बताएको छ। आकाशमा हुने विमान होल्डिङ समय न्यूनीकरण व्यवस्था गर्ने पनि कांग्रेसले बताएको छ। नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षा सम्बन्धी सेफ्टी लिस्टबाट हटाउन पहल गर्ने पनि कांग्रेसले बताएको छ।
पोखरा र भैरहवामा निर्माण गरिएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन र विश्वका प्रमुख सहरबाट सिधा उडान सम्पर्क गर्न उच्चस्तरीय कूटनीतिक पहल गर्ने पनि कांग्रेसले प्रतिज्ञामा उल्लेख गरेको छ। अहिले पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित छैन। संचालनमा आएको तीन वर्ष बितिसक्दा पनि पोखरा र भैरहवाले नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई उडानमा योगदान दिन नसक्दा आलोचना पनि हुने गरेको छ।
त्यस्तै एमालेको घोषणापत्रमा नेपालमा विदेशी पर्यटकको वृद्धि, भित्रिएका पर्यटकको बसाई अवधि बढाउने उल्लेख छ। पर्यटनको पूर्वाधार विकास, बजार प्रवर्द्धन, हवाई सेवा विस्तार, आन्तरिक सुरक्षा र नयाँ गन्तव्यको विकास गरेर पाँच वर्षमा पर्यटक आगमन दोब्बर गर्ने एमालेको दावी छ। अहिलेको आगमनको हिसाबले पाँच वर्षभित्र एमालेले २४ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य घोषणापत्रमा उल्लेख गरेको छ।
कोरोना संक्रमणको प्रभाव रहिरहँदा सन् २०२१ मा नेपाल भित्रिएका विदेशी पाहुनाको बसाई अवधि सबैभन्दा बढी थियो। त्योवर्ष विदेशी पाहुनाले औसतमा १५.५ दिन नेपालमा बिताउँथे। सरकारले पर्यटकको बसाई अवधिको तथ्यांक राख्न थालेदेखिको त्यो नै सर्वाधिक बसाई अवधि थियो। त्यसअघिको वर्ष सन् २०२० मा नेपालमा विदेशी पाहुनाको बसाई अवधि औसतमा १५.१ दिन थियो।
तर, सन् २०२२ पछि नेपाल भित्रिएका विदेशी पाहुनाको बसाइँ अवधि ओरालो लाग्न थालेको थियो। २०२२ मा विदेशी पाहुनाको नेपाल बसाइँ अवधि औसतमा १३.१ दिन थियो। त्यो अवधि सन् २०२३ मा १३.२ दिन र सन् २०२४ मा १३.३ दिन थियो। कोरोना संक्रमणपछिका वर्ष बसाइँ अवधि ओरालो लागेको थियो। पछिल्लो तीनवर्षदेखि करिब एकैखालको बसाइँ अवधि रहेको सरकारी तथ्यांक छ। विदेशी पर्यटकको बसाइँ अवधि बढाउन नसक्दा लाभ लिन नसकेको व्यावसायीले बताउँदै आएका छन।
पर्यटकको बसाइँ अवधि बढाउनका लागि विभिन्न आकर्षक कार्यक्रम गर्नुपर्नेमा व्यावसायीले जोड दिँदै आएका छन। त्यसबाहेक सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय ट्राभल ब्लगर, इन्फ्लुएन्सर, वृत्तचित्र र चलचित्रमार्फत नेपालका विविध पर्यटन गन्तव्य, क्षेत्र र अनुभवको आक्रामक प्रचार–प्रसार गर्नुका साथै यस कार्यमा नेपाली डायस्पोराको समेत सक्रिय सहभागिता सुनिश्चित गर्ने एमालेको घोषणापत्रमा जनाइएको छ।
अर्काे दल रास्वपाको वाचापत्रमा भने नेपाल भित्रिने पर्यटक संख्या र उनीहरूको प्रतिव्यक्ति खर्चलाई पाँच वर्षभित्र दोब्बर पार्दै औसत बसाइ लम्ब्याउन आवश्यक नीति कार्यान्वयन गर्ने उल्लेख छ। नेपाल घुम्न आउने विदेशी पर्यटकले दैनिक ४१ अमेरिकी डलर खर्च गर्ने गरेको सरकारी तथ्यांक छ। पर्यटन मन्त्रालयको तथ्यांकमा विदेशी पर्यटकले सन् २०२३ मा औसतमा दिनमा ४१ अमेरिकी डलर खर्च गरेको उल्लेख छ। यो खर्च सन् २०२२ मा ४०.५ अमेरिकी डलर थियो। पर्यटन व्यावसायीले विदेशी पर्यटकले गरेको खर्च रकम कम भएकोले गतिविधि बढाएर खर्चने क्षमता विस्तार गर्नुपर्नेमा जोड दिँदै आएका छन्।
तर, गण्डकी प्रदेश भित्रिने विदेशी पर्यटकले गर्ने दैनिक खर्च भने समग्र मुलुकको तुलनामा बढी छ। गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकको बसाई तथा खर्चको प्रवृत्तिबारे विशेष अध्ययन गरेको राष्ट्र बैंकको पोखरा कार्यालयको अनुसन्धान इकाइले गण्डकी प्रदेशमा भित्रिएका विदेशी पर्यटकले दैनिक औसतमा ५४ देखि ८९ अमेरिकी डलरसम्म खर्च गर्ने गरेको उल्लेख गरेको छ।
अध्ययन अनुसार गण्डकी प्रदेश भित्रिएका पर्यटकको भारित औसत दैनिक खर्च ६२.८९ अमेरिकी डलर छ। तर, प्याकेज लिएर गण्डकी प्रदेश घुम्न आउने पर्यटकको औसत दैनिक खर्च भने ८९.३१ अमेरिकी डलर रहेको उल्लेख छ। त्यसैगरी स्वतःस्फुर्त रुपमा खर्च गर्नेगरी गण्डकी प्रदेश भ्रमण गर्न आउने पर्यटकको दैनिक औसत खर्च भने ५४.३२ अमेरिकी डलर रहेको राष्ट्रबैंकको अध्ययनले बताएको छ।
दलहरुले घोषणापत्रमा यो पटक पर्यटन क्षेत्रलाई समेटेको भएपनि यसअघिको अभ्यासमा प्राथमिकता भने कम दिने गरेको पर्यटन क्षेत्रले बताउने गरेको छ। पर्यटकको आकार बढाउनेदेखि खर्च र बसाई अवधि दोब्बर बनाउने तथा कुल गार्हस्थ उत्पादमा दिएको योगदानलाई बढाउने भनेर दलको घोषणापत्रलाई उल्लेख गरेपनि ती महत्वाकांक्षी योजनाका रुपमा मात्र रहेको उनीहरुको भनाई छ।
होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन, ‘आगमन दोब्बर बनाउने, कुल गार्हस्थ उत्पादन १५ देखि २० प्रतिशत पुर्याउनु, खर्च गर्ने क्षमता वृद्धि गर्नेगरि दलहरुले घोषणापत्रमा पर्यटनलाई समेटेका छन। बाहिरबाट सुन्दा राम्रा योजना देखिन्छन। तर, यी सबै महत्वाकांक्षी योजना हुन। चाँसो दिएर लागिपरेमा पुरा गर्न नसकिने भन्ने होईन।’ पर्यटनमा राजनीतिक दलले उत्तिसारो चाँसो नदिँदा पछाडि पर्दै आएको उनले बताए।
‘नेपालले अन्तर्राष्ट्रिय बजारसँग प्रतिश्पर्धा गर्ने भनेकै पर्यटनमा हो। तर, आलोपालो सरकार चलाउँदै आएका दलहरुले यसअघि पर्यटनलाई नै बेवास्ता गर्दै आएका थिए,’ उनले भने, ‘अहिले घोषणापत्रमा समेटेका त छन। तर, वास्तविक रुपमा कत्तिको महत्व दिन्छन त्यो भने हेर्न बाँकी छ। अहिलेसम्मको अभ्यासमा दलको प्राथमिकतामा पर्यटन परेको थिएन।’ नीतिगत रुपमा काम गर्ने हो भने पर्यटनबाट अहिले भन्दा अझै बढी लाभ लिन सकिनेमा कुनै द्विविधा भने नरहेको उनले बताए।
पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने पनि अहिलेसम्म दलले पर्यटन क्षेत्रलाई बेवास्ता गरेकैले भनेजति लाभ लिन नसकेको बताउँछन। ‘दलहरुले यसअघि पनि पर्यटन विभाग बनाएका छन , तर पर्यटन क्षेत्र उनीहरुको प्राथमिकतामा परेको थिएन। विभागका लागि विभाग बनाइएको थियो,’ लामिछानेले भने, ‘यसअघि नै पर्यटनलाई महत्व दिएको भए साच्चै पर्यटन क्षेत्रले गति लिएको हुन्थ्यो। तर, दलको बेवास्तामा परेको थियो।’
अहिले चुनावको समयमा दलहरुले पर्यटनलाई प्राथमिकता राखेको देखिएको छ। ‘पर्यटनमा हामी गर्छाै भनेर कहिल्यै अघि बढेको देखिएन। यतिसम्म की भागबण्डाको राजनीतिमा पनि पर्यटन मन्त्रालय कसैले हत्तपत्ति रोज्दैनथे। पर्यटन मन्त्रालयलाई कमजोर बनाइएको थियो,’ उनले भने, ‘देशको अर्थतन्त्रमा योगदान दिएको भनेर पर्यटनलाई दलहरुले कहिल्यै बुझेनन।’
घोषणापत्रमा उल्लेख गरेको कुरालाई पुरा गर्न पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि कुटनीतिक रुपमा चासो देखाउनुपर्ने उनले बताए। ‘पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थललाई पुरा रुपमा संचालन गरेको खण्डमा मात्र पर्यटनमा केही लक्ष्य सहजै पुरा होला, नत्र सहज छैन,’ उनले भने, ‘कसरी लक्ष्य पुरा गर्ने भन्ने दलहरुले उल्लेख गरेका छैनन। समस्या थाहा भएर पनि ‘एक्सन’ मा नगएकोले पर्यटन क्षेत्र पछाडि परेको हो। सत्तामा पुगेपछि काम गर्ने चलन छैन। साच्चै लाग्ने हो अहिले घोषणापत्रमा समेटिएका कुरा पुरा गर्न असम्भव पनि छैन।’
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...