स्थिति जटिल बन्न सक्छ
१७ साउन २०६६
•
५ मिनेट पाठ
स्थिति जटिल बन्न सक्छ
फेयर प्ले

अहिले नेपाली फुटबल तरल अवस्थामा छ। एकातिर द्वैध सत्ता अन्त्यसँगै अखिल नेपाल फुटबल संघ एन्फा को निर्वाचन प्रक्रिया अघि बढेको छ। अर्को तिर एन्फविरुद्ध असन्तुष्टिका स्वरहरु गुञ्जिन थालेका छन्।
नेपाल फुटबल संघ नेफा विघठनसँगै औचारिक रुपमा दोहोरो सत्ता अन्त्य त भयो तर तमाम असन्तुष्टि अन्त्य हुन सकेन। कतिपय जिल्ला क्लब र खेलाडीबाट एन्फाप्रतिको आक्रोश बाहिर आउन थालेको छ।

पछिल्लो सयम राष्ट्रिय खेलाडी संघ विवादमा तानिएको छ। दुई साता अघि राष्ट्रिय टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहको अध्यक्षतमा खेलाडी संघ पुर्नगठन भएको थियो । पुर्नगठन लगत्तै संघ विवादमा पर्यो।

राष्ट्रिय टोलीमा लामो समय विताएका कुमार थापा सुनिल तुलाधर र अर्जुन लामाले संघ पूनगर्ठनको विरोध गरेका छन् । उनीहरुले पुर्नगठन प्रकि्रयामै गम्भिर असहमति राखे। खेलाडीको सुचना पाउने हकलाई वेवास्ता गरिएको उनीहरुको गुनासो छ। उनीहरुले भेलाको जानकारी नपाएको भए विरोध गर्नु स्वभाविक हो। असन्तुष्टको भनाई अनुसार भेलाको नाटक एन्फा नेतृत्वको निर्देशनमा तोकिएका खेलाडी मात्र डाकेर माचन गरिएको थियो।
असन्तुष्ट खेलाडीहरुले अर्को साता छुट्टै भेला डाकेका छन्। कुनै पनि खेलाडीलाई आफनो स्वतन्त्र विचार राख्ने अधिकार छ। उ एन्फाको पक्ष वा विपक्ष जता पनि रहन सक्छ। तर एन्फाको विपक्षमा रहेका खेलाडीलाई भेलामा समेत नडाकिएको आरोप लागेको छ। जवकी एन्फाको विपक्षमा भएकै भरमा खेलाडीको हकमा हस्तक्षेप गर्न मिल्दैन। असहमति हरेक ठाउमा हुन सक्छ। एन्फा पनि त्यसबाट अछुतो रहन सक्दैन। असन्तुष्ट पक्षलाई विचार राख्ने मौका दिनु नै लोकतन्त्रको मर्म हो। त्यसैले सानातिना विवादको डरमा सबै खेलाडीलाई खवर नगर्नु गल्ति हो।

असन्तुष्ट पक्षले बोलाएको भेलाको वैधानिक अर्थ नरहला। तर एन्फा निर्वाचन प्रक्रियामा अगाडी बढ्दै गर्दा खेलाडीहरुले छुट्टै भेला बोलाउनु पक्कै सुखद पक्ष होइन। संघका अध्यक्ष उपेन्द्रमान पनि विवादमा मुछिएका छन् । एन्फाबाट प्रशिक्षकका रुपमा मासिक तलब लिने व्यक्ति खेलाडी संघमा बस्न नमिल्ने तर्कसंगत आवाज उठेको छ।

तीन वर्ष अघि केही बी डिभिजन क्लबले गरेको आन्दोलनले ठूलो अकार लियो। दुई वर्ष ए डिभिजन लिग हुन सकेन र अन्तत एन्फा नेतृत्वलाई सहमतिका लागि बाध्य पार्यो। बी डिभिजनले आन्दोलन सुरु गर्दा तीनको माग सम्बोधन गरिएको भए त्यसले ठुलो रुप लिने थिएन तर एन्फा त्यति खेर पेलेरै जाने मानस्थितिमा पुग्यो। चौतर्फी दबाब खेलाडी पलायन र आफ्ना कार्यक्रम नै अघि बढाउन नसकेपछि आन्दोलनकारीसँग सम्झौता गर्न एन्फा बाध्य भयो।

स्थिति अहिले पनि जटिल हुन सक्छ। एन्फाविरुद्ध बोल्नेहरुको समुह अहिले पनि सानो छ तर यसले पनि ठुलो आकार नलेला भन्न सकिन्न। असन्तुष्टहरुको समूह बढ्दै जानसक्छ। एन्फाविरुद्ध गठित संघर्ष समिति अझै अस्तित्वमा छ । एन्फासँग असन्तुष्टहरु एकै ठाँउमा उभिएर आन्दोलन गरे आउँदा दिन कठिन हुन सक्छ। त्यसतर्फ एन्फा बेलैमा सचेत होस्। अन्यथा फुटबलमा प्रतियोगिता कम राजनीति बढि हुनेछ। २०६३ यता नेपाली फुटबलको नियती यही हो।
अर्को समाचार
जटिल बन्दै डा. गोविन्द केसीको स्वास्थ्य, आइसियुमा राखियो
०९ साउन २०८३
•
३ मिनेट पाठ
जटिल बन्दै डा. गोविन्द केसीको स्वास्थ्य, आइसियुमा राखियो
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै धनगढीमा २४ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति जटिल बनेपछि उनलाई सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरिएको छ।

धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा तीन दिनदेखि अनशनरत डा. केसीको शरीरमा सुगरको मात्रा अत्यधिक घटेपछि अस्पताल भर्ना गरिएको हो।

डा. केसीका सहयोगी डा. अमृत जैसीका अनुसार उनको हातखुट्टाका नसा बाउँडिने र बोल्न समेत गाह्रो हुने समस्या देखिएको छ। शनिबार बिहान डा. केसीको स्वास्थ्य परीक्षण गर्दा रगतमा सुगरको मात्रा ५० पाइएको थियो।

आइसियुमा भर्ना गरेर पुनः जाँच गर्दा सुगरको मात्रा घटेर ४९ मा झरेको डा. जैशीले जानकारी दिए। बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवाल नेतृत्वको टोलीले डा. केसीको स्वास्थ्य परीक्षण गरी अवस्था थप बिग्रन सक्ने भन्दै तत्काल आइसियुमा भर्ना गर्न सुझाव दिएको थियो।

यसैबिच, डा. केसीको सत्याग्रहप्रति सरकारले चासो देखाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले डा. केसीका मागप्रति सरकार सकारात्मक रहेको बताएका छन्।

शुक्रबार साँझ डा. केसी विश्राममा रहेकाले मन्त्री पोखरेलले सहयोगी डा. जैसीसँग फोनमा कुराकानी गरेका थिए भने राति ११ बजे डा. केसीसँगै प्रत्यक्ष टेलिफोन संवाद गरेका थिए।

मन्त्री पोखरेलले डा. केसीले उठाएका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको र वार्ता टोली गठन गरी सम्भव भए आफैँ धनगढी आउने आश्वासन दिएको डा. जैशीले बताए।

डा. केसीले आफ्नो ५ बुँदे मागमध्ये शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३ सय शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने, चालु शैक्षिक सत्रदेखि नै एमबिबिएस लगायतका मेडिकल शिक्षाको पठनपाठन सुरु गरिनुपर्ने र स्वार्थ बाझिने गरी गरिएका उपकुलपति तथा रजिस्ट्रारको नियुक्ति खारेज हुनुपर्ने विषयलाई आफ्नो मुख्य बटमलाइन बनाएका छन्।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको चरम नीतिगत विचलनका विरुद्ध तथा सुशासन कायम गर्न डा. केसीले बिहीबारदेखि धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाको कोठा नम्बर २११ मा २४ औं सत्याग्रह सुरु गरेका थिए।

यस्ता छन् डा. केसीका प्रमुख ५ बुँदे मागहरू:

१. शहीद दशरथचन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा स्थापित नियम र मूल्य-मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गरिनुपर्ने।

२. चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गरिनुपर्ने।

३. ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरिनुपर्ने तथा विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू पालना हुनुपर्ने।

४. सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गरिनुपर्ने।

५. २०८२ भदौ २३ र २४ मा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरूलाई कारबाही गरिनुपर्ने तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्ने।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस