मनै हराभरा
०३ भदौ २०६६
•
११ मिनेट पाठ
मनै हराभरा
बेलाबेला रुप बदल्ने बादल फिँजारिएको आकाश । बादलुका डफाहरु घरि आफै लुकामारी खेल्छन् त घरि अग्लाअग्ला डाँडाकाँडालाई अँगालो हालेर लुकाउँछन् । पानी परेपछि दिन उत्तिखेर छ्याङ्ग उघ्रन्छ त घरि कालोनीलो हुन्छ, अँध्यारो-अँध्यारो बन्छ । छिनमै घाम लाग्ने र छिनमै अँध्यारो हुन्छ । पानी पर्ने र घाम लाग्ने एकैचोटी भइदियो भने प्रकृतिको अपार लीलाको सात रंग देखिन्छ इन्द्रेणीमा ।
झमझम पानी पर्‍यो भने वनमा रुखका पातहरु बज्न थाल्छन् र सल्लाघारी पनि सुसाउँछ । घरखेतमा मकैका पात बज्न थाल्छन् । अनि कोइली गाउान थाल्छ । बर्खा ऋतुको यस्तो लीला लहरिएर वनको कोइली पनि मख्ख पर्दै गीत गाउाछ भने मान्छेको मन लहरिन किन बेर लाग्थ्यो ? त्यही बर्खा र कोइली देखेर होला युवा कवि मोतिराम भट्टले कोइली अर्थात पिकको नाममा एउटा काव्य तयार गरेका थिए 'पिकदूत' ।




पानीको झमझमले रुखबिरुवाका पात बजेको ध्वनिसागै खोला र नदीहरुको सुसाइ पनि सांगीतिक भइदिन्छ । प्रकृतिको संगीतमा मान्छेको मुटुको ढुकढुकी पनि तालमा ताल मिलाएर अघि बढ्छ र काव्यभाव पैदा गर्छ । चारैदिशा हरियालीले ढाक्दा जहाँ हेर्‍यो उतै आाखा अडिन्छन् । बर्खाको बेला बादलुको लुकामारीसागै चम्कने बिजुलीले कतिको मनमा डर पैदा गर्दा हो तर प्रकृतिको सन्तान मुजुर यस्तो पन्छी हो जो मेघ गर्जनको तालमा रमाउादै नाच्न थाल्छ । बिजुलीको चम्काइसाग खुसी हुादै बुरुकबुरुक उफ्रन्छ । स्वच्छन्दवादी कविको कलम पनि पानीको झमझममा नाच्न थाल्छ र शब्दभावधारा बहाउाछ । मेघ गर्जन र बिजुलीको चम्काइले कविमनमा भने अनौठो तरंग पैदा गरेर जान्छ । जसरी बिजुल चम्कन्छ त्यसैगरी कविमनमा पनि संस्कृतका महाकवि कालिदासको मनमा बर्खा ऋतुको प्रभाव परेको थियो भन्छन् राष्ट्रकवि माधव घिमिरे । महाकविले त्यही आफ्नो महाकाव्य मेघदूत असार १ गतेबाट लेखन आरम्भ गरेका थिए । उनको यो काव्यमा 'असारको पहिलो दिन मेघले पर्वतलाई अंकमाल गरेको देखेां.....' उल्लेख छ ।

कवि शिरोमणि लेखनाथ पौडेलले 'ऋतु विचार' मा सबैभन्दा सुन्दर ऋतु शरदलाई मानेका छन् । त्यसपछि उनले रमाइलोसाग वर्णन गरेको ऋतु बर्खा नै हो । राष्ट्र कवि माधव घिमिरेका अनुसार झमझम संगीत ध्वनिबाट सायद पृथ्वीको माटोमुनिका बीजहरु पनि अंकुरित हुन्छन् । 'बर्खा ऋतु नभएको भए सम्भवत कृषिजीवि हामीहरु बााच्दैनथ्यौं होला,' उनी भन्छन् 'कृषि सभ्यताको विकास हुादैनथ्यो ।' त्यसो त पानीबिना कुन प्राणी पो बााच्छ र यो दुनियाामा ।

लोक साहित्यका मीठामीठा गीतहरु वषर्ातको संगीतको पृष्ठभूमिमा तयार भएका छन् । झमझम पानी पर्दा धान रोप्ने र खेत सम्याउनेहरु पानीको ध्वनिमा लहरिादै भाका हाल्न थाल्छन् । हली र बाउसे अनि खेतालीहरुबीच दोहोरी चल्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध काव्य मुनामदनको भाका पनि असारे भाकाबाट प्रेरित छ । कविवर माधव घिमिरेको कृति पनि किन्नर किन्नरी गीत संग्रहमा वषर्ासागका प्रसंग थुप्रैछन् । प्रसिद्ध शोककाव्य 'गौरी'का पंक्तिहरु धेरै साहित्यप्रेमीका जिब्रोमा कण्ठाग्र छन् । यो काव्य पनि वषर्ा ऋतुको पृष्ठभूमिका रचिएको उनी बताउाछन् । घिमिरे भन्छन् 'मेरो हृदयको हृदनलाई भरीको झमझमले काव्यमय बनायो । आासुको शब्द त सुनिादैन तर वषर्ाको शब्दले शोक विहृवल भएर र्झने आाशुलाई उत्पे्ररित गर्‍यो ।'

बर्खाको पानीले मान्छेको अनुमतिबिनै मनलागी गर्छ भन्छन् कवि तथा गीतकार दिनेश अधिकारी । त्यही पानीका बारेमा उनलेे लेखेको 'यो पानी कस्तो बेइमानी, चुम्छ मेरो अंगअंग लाजै नमानी' बोलको गीत चलचित्र देउरालीमा छ । गीतकार अधिकारी बर्खा होस् या अरु कुनै ऋतु कविको मन जुनसुकै बेला पनि पग्लन सक्छ । परिवेशले कविता फुराउाछ भन्छन् उनी । दिनेको 'रातभरि पानी पर्‍यो घरको छानामाथि ... ' गीतमा गोपाल योञ्जनले संगीत दिएका छन् । 'अतिरिक्त अभिलेख' कविता संग्रहका लागि मदन पुरस्कार विजेता यी गीतकार आकाशको भर पर्नुपर्ने नेपाली जनजीवनमाथिका साहित्य सिर्जना बर्खाको सेरोफेरोमा घुम्नु स्वभाविक ठान्छन् ।

युवा कवि नवराज लम्साललाई सबैभन्दा मनपर्ने ऋतु नै बर्खा हो । बर्खामा पानीका थोपा ढुंगामाथि बर्सिएको सुन्दर देखिन्छ भन्छन् उनी । मेघदूतमा कालिदासले पनि बर्खाको पानीको बुाद तपश्यारत पार्वतीका कोमल ओठमा परेको सुन्दर वर्णन गरेको काव्यपंक्ति पनि लम्सालका लागि उत्तिकै पि्रय शब्दहरु हुन् । बर्खाको खोलानालाले मन छोएको बेला उनले गीत लेख्न पनि भ्याएका छन्ः झरना भई र्झदै आऊ मनको लहरमा ....। रामकृष्ण ढकालले गाएको यो गीत चलचित्रमा समावेश छ ।

कवि मञ्जुललाई सबैभन्दा मनपर्ने ऋतु त शरद हो तर पनि बर्खाको बेला धेरै आनन्दअनुभूत गर्छन् उनी । पहाडी जिल्ला भोजपुरमा बाल्यकाल बिताएका उनको बर्खासाग गाढा साइनो त्यतिखेर अमिट तवरले गाास्न पाएका थिए । मितेरी साइनोका माइला दाइसाग गोठमा धेरै काल बिताउादा पानी परेकै समयमा गीत लेखेको बताउाछन् मञ्जुल । मूलतः कविका रुपमा स्थापित उनका प्रायशः गीत बर्खायाममा सिर्जना भएका छन् ।

 

कतिपय मान्छेहरु झमझम परेको पानीमा रुझेर आनन्द लुट्छन् । त्यसैले नै होला त्यस्तै रुझेकी युवतीमाथि कोरिएका शब्दमा प्रकाश श्रेष्ठले गाएको 'पानीको रिमझिम बर्खाको बेला धित मारेर किन रुझेकी ?.....गीत एकताका रेडियो नेपालमा निकै फर्माइसमा पर्ने गरेको गीत हो ।

प्रकट पगेनी शिव २०२६ सालदेखि २०४२ सम्म पोखरा बसुन्जेल कहिल्यै गीत लेख्दैनथे । ४२ सालमा जब उनी नेपालमै सबैभन्दा पानी पर्ने लुम्ले गाउा उक्ले तब उनको गीत लेखन यात्रा सुरु भयो । 'मलाई त बर्खाले नै गीतकार बनायो,' पोखराबाटै टेलिफोनमा उनले भने । पानी परेको बेला रुझ्न मन पराउाछन् उनी । 'रुझ्दै पदयात्रामा हिाड्दा निकै रोमाञ्चक अनुभव हुन्छ,' प्रकट भन्छन्, 'कोठामा बसेर पानी परिरहेको हेर्दा भने भावुक हुन्छु ।' लुम्लेमा पानी परेको सााझमा उनले सयौं गीत लेखेका छन् । नाटकमा अभिनेतामा सर्वश्रेष्ठ राष्ट्रिय पुरस्कार थापेका भए पनि अहिले उनी गीतकारकै रुपमा परिचित छन् । उनले लेखेका छन्ः साउने झरी यो किन आउाछ ? आफू रुादै अरुलाई किन रुवाउाछ ? पानीमाथि उनका थुप्रै गीत छन् ।

नेपालमा समुन्द्र छैन, कि हिमाल छ कि खोलानाला र ताल-तलैया छन् । त्यसैपानीसाग साइनो राख्ने साहित्य कि बर्खाको पानीसागै बगेका छन् त कि खोलानाला र हिमालको हिउामा । पानी पर्नु आफैमा लक्षिन पनि मानिन्छ नेपाली समाजमा । धेरै पानी पर्‍यो भने डााडाकााडाको देश नेपालका पहाडतिर पैह्रो र मैदानमा बाढी चल्छ । गाउामा बस्नेहरुलाई थाहा हुन्छ पैरौको पीडा । गाउामा जन्मी हुर्केर सहर पसेकाहरुलाई पानी पर्दा पनि गाउामा सायद पैह्रो गयो कि भनेर हररात सपनीमा ऐंठन हुने कथा दीप श्रेष्ठले गाएको लोकपि्रय एउटा आधुनिक गीतमा उनिएको छ । पानी पर्नु त पानी पर्नु मात्रै हो हेराइ र भोगाइ भने फरकफरक नै हुन्छ । झमझम पानी परिरहादा रमाउनेहरु भन्छन् अहा प्रकृति Û बाढी र पैह्रोको पिरलोले थलिएकाहरु भन्छन् क्या विपत्ति Û
अर्को समाचार
हिँउ फूलको गाउँबाट
१७ मंसिर २०७७
•
२ मिनेट पाठ
हिँउ फूलको गाउँबाट

केशवप्रसाद पौडेल  

 




हिमालको काखमा छ

ताप्लेजुङ गाउँ

नहेरी नै भन्ने गर्छन्

यसलाई सानो ठाउँ ।

यही माटोले जन्म दियो

शान्ति निर्मातालाई

हराभरा शान्तिपूर्ण

ताप्लेजुङलाई ।

स्वर्गको नै भूमि रै छ

ताप्लेजुङ गाउँ

तमोर र फावाखोला

पहिचान तिम्रो ।

चौरी, भेडा चराउने

गोठ उति राम्रा

धन, मन, तनले नै

अति धनी तिमी ।

कञ्‍चनजंघा, कुम्भकर्ण भेट्न आउने तिमी

ओलाङचुङ र   तिम्बुङले मनै लोभ्याउने

चेतनाको विगुल फुक्न

सबै उभ्याउने

मनैभरि फुरूङ्ङ भो तिमी सम्झाउँदा

शीरमाथि पाँचगाउँमा

पाथिभरा माता

छातीभरि गुराँस र हिमालको साथ ।

फर्कफर्क तिमी अब

विश्वले शान्ति खोजेको बेला

युद्ध नै युद्धले आजित भएकाहरू

खोज्दै छन् आज ताप्लेजुङलाई

रोज्दैछन आज ताप्लेजुङलाई

सेवारो पाथिभरा, सोवारो कावेली

पूरा गरिदेऊ हाम्रा इच्छाहरू

भन्नेहरूका लागि

उनको शरणमा आई

शीर झुकाई माताका अगाडि

लम्पसार पर्नेहरूका लागि

स्वर्गभूमि भएका बेला

तिमी भने कतार र साउदी  

अनि

दुबई र मलेसिया धाइरहेको देख्दा

दुख लागिरहेछ

पीडा भइरहेछ

त्यसैले फर्कफर्क

हे ताप्लेजुङबासीहरू

आऊ बस तिम्रै भूमिमा

शान्त र स्वर्गको यो भूमिमा

खाडी चौरीको फोहोर फाल्न छाडेर

तिम्रै हरियाली पाखाभरि

च्याङ्ग्रा चराउ

चौरी र भेडा गोठबाट

डलर फलाउ

धुपी र गोब्रेसल्लाको बासनाले

विश्व मगमगाउ

पाँचऔले, ठूलो ओखती र हडचुरले

विश्व रङ्ग्याउ

फुङलिङ र फुरूम्वुहरू आज भनिरहेछन

खोकलिङ्ग र फुलबारीहरू आज भनिरहेछन्

दोखुले पनि साथ दिन्छु

भनिरहेको बेला

बर्मादेखि विश्वयुद्धको पीडा भोगेर

यो देशलाई स्वतन्त्र राख्‍न

सक्षम तिमी

आज भनिरहेको देख्दा

यो माटोले भनिरहेछ

आउ तिम्रै गाउँमा

छुर्पी र तुम्वाको उद्योग चलाउ

बरु गुराँसको रक्सी बनाउ

विश्‍वमा पुर्‍याउ

म सहयोग पुर्‍याउँछु

तीलाई उच्च स्वर्गानुभूति

म गराउँछु

तिम्रै खुसीका लागि

आज म उभिएकी छु

बुझ, फर्क अब यही

तिमीलाई म चिनाउँछु

हिउँ तन्ना बिछ्याएरै

हिउँफूल नै बर्साउँछु

हिउँकै पुष्पगुच्छाले  

सबै जनलाई स्वागत सम्मान म गर्दछु

रंगीविरंगी गुराँसको माला लगाई

साँच्चै सारथी म बनाउँछु

आऊ –रमाउँ

खुसी भएर नेपालमा

विकासको मूल फुटाउ

समृद्धिको मुहान बनाउ

नेपाललाई शान्ति, स्थायीत्व र विकासको

सर्वस्वीकार्य नमुना बनाउ

भनिरहेछन् पाथिभरा माता

सुझाउ दिइरहेछन फक्ताङ्लुङ माता  ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस