नक्कली समाचार सक्कली समाचार
१९ चैत्र २०७०
•
७ मिनेट पाठ
नक्कली समाचार सक्कली समाचार
सन् १९३८ अक्टोबर ३० मा अमेरिकाको कोलम्बिया ब्रोडकास्टिङ सिस्टमले आफ्नो रेडियो स्टेसनबाट एउटा नाटक 'अन एअर' गर्‍यो। एच.जी. वेल्सले लेखेको उपन्यास 'दी वार अफ दी वर्ल्डस्' आधारित रहेर ओरसन वेल्सले निर्देशन गरेको नाटकले त्यहाँ अर्को 'नाटकीय मोड' पैदा गर्‍यो।

दोस्रो विश्वयुद्धको पूर्व सन्ध्यामा प्रसारित नाटकमा 'एलिएन'ले पृथ्वीमाथि आक्रमण गरेको प्रसंग थियो। रमाइलो के भयो भने प्रसारण भएको नाटकलाई सुन्नेहरुले साच्चिकै ठाने। र, सुरु भयो भागा-भाग। रेडियोबाट प्रसारित सामाग्रीले यति धेरै प्रभाव छाड्यो कि त्यही रेडियोबाट 'विश्व ध्वस्त हुन लागेको होइन। कोही पनि आत्तिनुपर्दैन' भन्ने संदेशसमेत् मानिसले पत्याएनन्। आक्रमणको त्रासले मानिसहरु वेपत्तासमेत भए। सडक ठप्प हुने गरी ट्राफिक जाम भयो, मध्य रातमा। रेडियो (मिडिया)बाट प्रसारित सामाग्री 'अचुक अस्त्र' हुन् भन्ने सैद्धान्तिक अवधारणाको शुत्रपात भयो, यसै घटनाबाट।

हिजो (अप्रिल १ २०१४) यस्तै एउटा प्रकरण भयो। अंग्रेजी पत्रिका दी हिमालयन टाइम्सले 'ड्रोनमार्फत् पत्रिका वितरण थाल्ने' समाचार छाप्यो। ब्लग माइसन्सारले 'क्यास अन एड नामक नेपाली आइटी कम्पनीलाई फेसबुकले १ खर्ब रुपियाँमा किन्ने' खबर बनायो। दुबै समाचार झुट्टा थिए। तर, माइसन्सारको समाचार सामाजिक सञ्जालमा यसरी फैलियो कि त्यो समाचार सत्य नै हो। 'वार अफ दी वर्ल्डस्' मा जसरी 'अडियन्स' झुक्किएका थिए धेरै मानिस त त्यसरी नै अप्रिल फूल बनाउन अपलोड भएको समाचारबाट प्रभावित भए। नेपाली कम्पनीलाई एउटा विश्वकै ठूलो सामाजिक सञ्जालले ठूलो धनराशीमा किनेको 'गलत समाचार' साचो समाचारका रुपमा फैलियो। रमाइलो के हो भने समाचारको अन्त्यमा 'यो झुटो समाचार रहेको' प्रष्टरुपमा खुलाइएको थियो। तर, अनलाइनका धेरै पाठक अन्तिम अनुच्छेदसम्म पुगेनन् र विचार बनाउने होडमा दौडिए। यसले फेरि पनि हाइपोडर्मिक निडल/बुलट थ्यौरीको सान्दर्भिकता कायम राख्यो।

पूर्व प्रविधि मन्त्री गणेश साह समाचारबाट प्रभावित हुनेमध्येका एक चर्चित थिए। उनले 'नयाँ पुस्ताले उपलव्धी हासिल गरेको' भन्दै बधाई दिइहाले, फेसबुकबाट। प्रविधि मन्त्री नै एक खर्ब रुपियाँमा नेपाली कम्पनी बिक्री भएको 'फेक न्युज'बाट प्रभावित हुन्छन् भने सामान्य मानिसहरुमा यसको प्रभाव कति गहिरो गरी पर्‍यो होला अनुमान गर्न सकिन्छ। नक्कली समाचार साभार पत्रकारिता गर्नेहरुका लागि पनि गज्जवको विषय थियो। समाचार पोस्ट गर्नेले 'अप्रिल फूल' मनाएको लेख्दा लेख्दै र एक पटक पनि त्यति ठूलो रकममा 'डिल भयो त ?' भन्ने शंकासमेत् नगरी समाचार साभार गर्नेक्रम सुरु भयो।

यो प्रकरणले नेपाली अनलाइनका पाठकहरुका विभिन्नखाले स्वरुपलाई सतहमा ल्याएको छ। एकखाले अनलाइन पाठक सामाग्री दिनासाथ पत्याउन तयार हुन्नन्। समाचार अरुतिर आए-नआएको खोज्छन्। अर्थात् सचेत पाठक। दोस्रोखाले पाठक दुई प्याराग्राफ पढेपछि भावुक हुन्छन् र तत्कालै प्रतिक्रिया जनाइहाल्छन्। न्युज सेयर गरेर पहिलो हुने होडमा हुन्छन् यिनीहरु। तेस्रो पाठकहरु अनलाइनको सामाग्रीमा छिर्दा पनि छिर्दैनन्। यिनीहरु सामाजिक सञ्जालमा आएका प्रतिक्रियाकै आधारमा सामाग्रीमाथि विचार बनाउँछन् र विद्वता छाट्न थाल्छन्।

'अप्रिल फूल' समाचारमा यी तीनैखाले अनलाइन पाठकहरु सक्रिए थिए। सचेत पाठकले यो सामाग्री 'मुर्ख बनाउन'का लागि तयार भएकोमा निश्चित भए। उनीहरुले यो सामाग्री अरुलाई सेयर गरेर मुर्ख बनाउने प्रयास पनि गरे। अथवा 'अप्रिल फूल हो है' भनेर जानकारी दिए। दोस्रो थरीले प्रारम्भिक अंशबाट आफूलाई प्रभावित बनाए। बुलेट थ्यौरीले यो वर्गका पाठक सबैभन्दा बढी प्रभावित भए। यिनीहरुले मिडियाको संदेशलाई विस्तार गर्न सघाए। तेस्रो वर्गका पाठक 'कौवाले कान लग्यो' भन्दै कानतिर हातै नपुर्‍याइ दगुर्न थाले। र नक्कली समाचार भाइरलका रुपमा सक्कली समाचार झै फैलियो। सामाजिक सञ्जालको भूमिका यसमा सबैभन्दा धेरै रह्यो। समाचारमा मानिसको भिडकै कारण हुनुपर्छ 'माइसन्सार'ले ढिलै भएपनि समाचार 'फेक हो' भनेर पहिलो अनुच्छेदमै सूचना जारी गर्‍यो।


यति हुँदा हुँदै पनि यो प्रकरणको अर्को सबैभन्दा महत्त्वपूर्ण पाठ के हो भने: नेपालीहरु उन्नती चाहन्छन्। प्रगतिप्रति उनीहरुको लगाव छ। बहकाइमा समाचार सेयर गरेकै भएपनि यो प्रकरणले दिएको शिक्षा भने यही हो।
अर्को समाचार
नक्कली सुन बेचेर ३२ लाख ठगी गर्ने चार पक्राउ
०८ माघ २०७२
•
२ मिनेट पाठ
नक्कली सुन बेचेर ३२ लाख ठगी गर्ने चार पक्राउ
काभ्रे– सुनकाे जलप लगाइइएकाे धातुलार्इ सक्कली सुन भनी झुक्याएर ३२ लाख रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीकाे केन्द्रीय समाचार कक्ष नक्सालले जनाएकाे छ।पक्राउ पर्नेहरुमा धादिङ्ग जिल्ला ढोला–७ घर भई पोखरा उपमहानगरपालिका–१४ वस्ने शिव भन्ने नेत्रप्रसाद दुवाडी, कास्की पोखरा–२२ बस्ने शिवशंकर गुरुङ भन्ने हरिशंकर तामाङ, सुनसरी इटहरी–४ बस्ने नेत्रबहादुर भण्डारी र सिन्धुली खोलागाँउ–६ वस्ने दिलीप भन्ने दिलबहादुर थापा रहेका छन्।

गत पुस १४ गते शिव भन्ने नेत्रप्रसाद दुवाडीसमेतले धादिङ गजुरी–२ मा सुन पसल गरी बस्ने जीवन बिकलाई सक्कली बिल भएको १ किलो सुन छ, बेच्ने मानिस ३२ लाख रुपैयाँमा बेच्न तयार छ भनी काभ्रे धुलिखेल नगरपालिका स्थित बसपार्कमा बोलाई विकलाई सुनको जलप लगाएको १००९.१७० ग्राम तौल भएको धातु दिई नगद ३२ लाख रुपैयाँ लिई उनीहरु चारै जना फरार भएका थिए।

प्रहरीले दिलबहादुर थापालाई बुधबार, भण्डारीलाई मंलबार र तामाङ्गलाई पुस १७ गते तथा दवाडीलाई पुस १४ गते पक्राउ गरी कानुनी कारवाही अगाडी बढाएको छ। पक्राउ अभियुक्तहरुबाट प्रहरीले सुनको जलप लगाएको १००९.१७० ग्राम तौल भएको धातु १ थान, नगद २ लाख ५० हजार रुपैयाँ, सिमकार्ड १० थान, मोवाइल ३ थान र सुनको औंठी १ थानसमेत बरामद गरेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस