भूपू गोर्खा सैनिकका माग बारे नेपाल सरकारको चासो, बेलायतसँग वार्ता गर्ने
०७ कार्तिक २०७३
•
७ मिनेट पाठ
भूपू गोर्खा सैनिकका माग बारे नेपाल सरकारको चासो, बेलायतसँग वार्ता गर्ने
फाइल तस्बिर ।
लन्डन–बेलायती सेनाबाट निवृत्ति भएका भूतपूर्व गोर्खाको मागबारे बेलायत सरकारसँग नेपाल सरकारले औपाचारिक वार्ता गर्ने भएको छ। समान पेन्सन र अधिकारकालागि तीन दशकदेखि संर्घषरत भूपू गोर्खाको मागबारे बेलायत सरकारसँग औपाचारिक वार्ताको प्रस्ताव गर्दै बेलायतका लागि नवनियुक्त राजदूत दुर्गाबहादुर सुवेदीको संयोजकत्वमा वार्ता समिति गठन भएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ।




नेपाली दूतावासका प्रवक्ता शरदराज आरनका अनुसार सरकारले बेलायतमा आन्दोलनरत भूपूगोर्खा र बेलायत सरकारसँग तत्काल समन्वयन गरी त्रिपक्षीय वार्ताको वातावरण तयार गर्न राजदूत सुवेदीलाई जिम्मा लगाएकोे हो।

परराष्ट्र मन्त्रालयले बेलायतस्थित मिनिस्ट्री अफ डिफेन्स (एमओडी) र बेलायती परराष्ट्र मन्त्रालयलाई समेत वार्ताकालागि पत्राचार गरिसकेको छ।  

आरनका अनुसरा परराष्ट्र मन्त्रालयले बेलायतस्थित मिनिस्ट्री अफ डिफेन्स (एमओडी) र बेलायती परराष्ट्र मन्त्रालयलाई समेत वार्ताकालागि पत्राचार गरिसकेको छ। ‘सरकारका तर्फवाट औपाचारिक पत्र बेलायती सरकारमा पुगिसकेको छ, हामी जतिसक्दो छिटो त्रिपक्षीय वार्ता होस् भन्ने चाहान्छौ, बेलायत सरकारको तर्फवाट कुनै औपाचारिक जानकारी आएको छैन। तर पनि हामी अर्को हप्ता एमओडीसँग छलफल हुनेमा आशावादी छौं’, आरनले भने।

त्रिपक्षीय वार्ताबारे नेपाल सरकारबाट भएको पहललाई आन्दोलनरत गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले स्वागत गरेको छ। गोर्खा आन्दोलनको अभियान्ता ज्ञानराज राईले नेपाल सरकार भूपूगोर्खाको अभिभावक भएको बताउँदै सरकारी कदमको स्वागत गरे। उनले भने, ‘बेलायत सरकारले भूपू गोर्खालाई पटकपटक अन्याय गर्दै आएको छ, गोरा र भूपू गोर्खाको सेवा सुविधामा असमानता त छँदैछ तर भूपू गोर्खाभित्रै पनि अन्याय गरिएको छ।’

सन् १९९७ भन्दा अघि निवृत्ति भएका भूपूगोर्खा र त्यसपछि निवृत्ति हुने गोर्खा सैनिकको पेन्सन सुविधामा ठूलो असमनता रहेको उनले बताए।  सन् १९९७ जुलाई १ तारिखअघि सेवानिवृत्त भएका भूपू गोर्खाले बेलायती सेनाको तुलनामा एक तिहाइमात्रै पेन्सन पाउने गरेका छन्।

आन्दोलनरत भूपूगोर्खा संगठनमध्येका बिजीडब्लुएस, नेसा, यूविजिएसलगायतले आगामी वार्तालाई फलदायी बनाउन एकताबद्ध भएर बेलायत सरकारसँग वार्ता जाने निर्णय गरेका छन्।

 यसैबीच गोर्खा सत्याग्रह संघर्ष समितिले त्रिपक्षीय वार्ताको तयारीका लागि हिजो शनिबार अल्डशरस्थित एमपायर हलमा भूपू गोर्खाको भेला आयोजना गरेको थियो। आधा दर्जन भूपू गोर्खा संगठनको उपस्थितिमा भएको भेलाले सत्याग्रह संघर्ष समितिको नेतृत्वमा त्रिपक्षीय वार्तामा सहभागी हुने निर्णय गरेको छ। सत्याग्रह संर्घष समितिका कार्यवाहक संयोजक सूर्य नेम्वाङका अनुसार भेलामा उपस्थित अधिकांश भूपू गोर्खाले नेपाल सरकारको पछिल्लो कदमको स्वागत गर्दै सबै भूपू गोर्खा संगठन एकजुट भएर साँझा एजेन्डासहित वार्तामा सहभागी हुनु पर्नेमा जोड दिएका थिए।

भूपू गोर्खाहरुको अर्को घटक गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले भने त्रिपक्षीय वार्ताको औचित्य नभएको जनाएको छ।


भेलामा सहभागी आन्दोलनरत भूपूगोर्खा संगठनमध्येका बिजीडब्लुएस, नेसा, यूविजिएसलगायतले आगामी वार्तालाई फलदायी बनाउन एकताबद्ध भएर बेलायत सरकारसँग वार्ता जाने निर्णय गरेका छन्। भूपू गोर्खाको अर्को महत्वपूर्ण संगठन गेसो र बिगेसो भने सो भेलामा सहभागी थिएनन्।  यसअघि गोर्खा सत्याग्रह संघर्ष समितिले राजदूत सुवेदीसँग लन्डनस्थित नेपाली दूतावासमा छुट्टै परामर्श गरेको थियो। भूपू गोर्खाहरुको अर्को घटक गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले भने त्रिपक्षीय वार्ताको औचित्य नभएको जनाएको छ।

अध्यक्ष कृष्णकुमार राईले सत्याग्रह संर्घष समितिले समाजमा वार्ताको भ्रम फैलाएको आरोप लगाउँदै त्रिपक्षीय वार्तालाई नौटंकीको संज्ञा दिएका छन्।   भूपू गोर्खालाई बेलायती सैनिक सरह समान पेन्सन र अधिकार हुनुपर्ने, पेन्सनपछि स्वास्थ्य उपचारको व्यवस्था हुनुपर्ने, भूपू गोर्खाका विधुवालाई बेलायती सैनिकसरह पेन्सन हुनुपर्ने, बेलायती सेनामा कार्यरत हुँदा बीचैमा छोडेकालाई उपदानको ब्यवस्था हुनुपर्ने, भूपू गोर्खाका सन्तानलाई बेलायत सरकारले आवासीय भीसाको व्यवस्था गर्नुपर्नेजस्ता मागहरुका लागि भूपू गोर्खा आन्दोलनरत छन्।
अर्को समाचार
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
२२ घण्टा अघि
•
२ मिनेट पाठ
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई भव्य र उपलब्धिमूलक बनाउने तयारी तीव्र पारिएको छ। मध्यपूर्वमा रहेका नेपालीहरूको एकता, श्रमिकका समस्या, सामाजिक सुरक्षा तथा नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदानलाई केन्द्रमा राखेर आयोजना हुन लागेको सम्मेलनमा विभिन्न व्यावसायिक संस्था तथा व्यक्तिहरू साझेदारका रूपमा जोडिएका छन्।




सम्मेलनमा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। समूहका निर्देशक सागर गुरुङले प्रवासी नेपालीको साझा अभियानलाई सहयोग गर्ने उद्देश्यले सम्मेलनसँग सहकार्य गरिएको जनाउँदै आगामी दिनमा पनि एनआरएनएसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार व्यवसायी, उद्यमी, समाजसेवी तथा प्रवासी नेपालीबीचको सहकार्यले सम्मेलनलाई व्यवस्थित बनाउनुका साथै यसले उठाउने मुद्दालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

रियल इस्टेट, हाउजिङ, केबलकार, जलविद्युत्, निर्माण, लगानी तथा औद्योगिक क्षेत्रमा सक्रिय रोड सो ग्रुपअन्तर्गत विभिन्न कम्पनी तथा व्यावसायिक परियोजनाहरू सञ्चालनमा छन्। समूहले आफ्नो व्यावसायिक अनुभव र स्रोतलाई प्रवासी नेपालीको सामाजिक तथा आर्थिक अभियानसँग जोड्ने उद्देश्यले सम्मेलनमा साझेदारी गरेको जनाएको छ।

सम्मेलनमा नेपालका सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। श्रममन्त्री रामजी यादव, प्रमुख राजनीतिक दलका सांसद, एनआरएनएका संस्थापक तथा पूर्वअध्यक्ष, उद्योगी, व्यवसायी, पत्रकार र कलाकारहरूको समेत सहभागिता रहने बताइएको छ।

आयोजकका अनुसार सम्मेलनलाई औपचारिक जमघटमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका साझा समस्या, सम्भावना र नेपालको समृद्धिका विषयमा ठोस छलफल तथा सहकार्यको साझा मञ्च बनाउने लक्ष्य राखिएको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस