भूपू गोर्खाहरुको पेन्सन बारे बेलायतसंग छलफल जारी
०१ असार २०८०
•
१ मिनेट पाठ
भूपू गोर्खाहरुको पेन्सन बारे बेलायतसंग छलफल जारी
भूपू गोर्खाहरुको पेन्सनबारे छलफल गर्न बेलायत सरकार राजी भएको छ।




नेपाली दूतावास लण्डनमा बिहिबार भएको त्रिपक्षीय बैठकमा भूपू गोर्खाहरुकाे पेन्सन तथा कल्याणकारी विषयहरुमा विस्तृत छलफल भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ।

भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र बेलायतका रक्षा मन्त्रालयका पदाधिकारीहरु तथा भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा बेलायतको रक्षा मन्त्रालयमा प्राविधिक स्तरको बैठकमा सो विषयमा छलफल भएको हो।

नेपाली राजदूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता रोशन खनालका अनुसार वार्तामा उठेका विषयहरुमा रक्षा मन्त्रालय तथा अन्य सम्बन्धित मन्त्रालयले आन्तरिक छलफल गरी पुनः अर्को बैठक बस्ने  सहमति भएको छ।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका उपनियोग प्रमुख  रोशन खनाल, सैनिक सहचारी सहायक रथी   रत्न बहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर (अप्रा) जुदबहादुर गुरुङ्ग,   धर्मबहादुर तामाङ,  ज्ञानराज राई तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको नेपाली दूतावासले जनाएको छ।
अर्को समाचार
बेलायत–नेपाल वार्ता: भूपू गोर्खाका समस्यामा दीर्घकालीन समाधान खोज्न जोड
०७ मंसिर २०८०
•
२ मिनेट पाठ
बेलायत–नेपाल वार्ता: भूपू गोर्खाका समस्यामा दीर्घकालीन समाधान खोज्न जोड
आन्दोलनरत भूपू गोर्खाका समस्याहरुको दीर्घकालीन समाधान खोज्न नेपालले बेलायत सरकार समक्ष प्रस्ताव राखेको छ।




भूपू गोर्खाहरूको माग सम्बोधन गर्न गठित द्विपक्षीय समितिको बुधवार सम्पन्न तेस्रो बैठकमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सो प्रस्ताव गरेका हुन्।

नेपाली दूतावास लण्डनका अनुसार नेपाल र बेलायतबिच रहिआएको ऐतिहासिक सम्बन्धलाई दृष्टिगत गर्दै यसको आधार स्तम्भको रुपमा रहेका भूपू गोर्खाका मागहरूका विषयमा दीर्घकालीन समाधानका खोज्न आचार्यले बैठकमा आग्रह गरे।

बेलायतको रक्षा मन्त्रालयमा सम्पन्न सो बैठकको नेतृत्व बेलायत सरकारको तर्फबाट रक्षा राज्य मन्त्री एन्ड्रिउ मुरिसन र नेपाल सरकारका तर्फबाट बेलायतका लागि नेपाली राजदूत  ज्ञानचन्द्र आचार्यले गरेका थिए।

वार्तामा आन्दोलनरत भूपू गोर्खाहरूका तर्फबाट मेजर (अप्रा) जुदबहादुर गुरुङ्ग सहभागी भएका थिए।

यसअघि द्विपक्षीय समितिको बैठकबाट प्राविधिक तहमा भएको छलफलका आधारमा पेन्सन एवं कल्याणकारी सुविधाहरूका बारेमा भएको प्रगतिको बारेमा समीक्षा गरिएको थियो।

बैठकमा बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरूले उठाएका धेरैजसो विषयहरूमा आफ्नो धारणा प्रस्तुत गरेको थियो।

बैठकमा नेपालको तर्फबाट राजदूत आचार्य र गुरुङ्गले भूपूगोर्खाहरुको मागका बारेमा आआफ्ना भनाइहरू राखेका थिए।

दुई देशबिचको वार्ताको सफलताको लागि एक शुभकामना सन्देश पठाउँदै परराष्ट्र मन्त्री नारायण प्रसाद साउदले भूपू गोर्खाका मागहरु शीघ्र सम्बोधन  गर्न बेलायत सरकारलाई आग्रह गरेका थिए।

उक्त बैठकमा परराष्ट्र मन्त्रालयका युरोप अमेरिका महाशाखा प्रमुख गणेश प्रसाद ढकाल,  नेपाली राजदूतावासका उपनियोग प्रमुख   रोशन खनाल, सैनिक सहचारी  सहायक रथी रत्न बहादुर गोदार तथा भूतपूर्व गोर्खाहरूको तर्फबाट  धर्मबहादुर तामाङ  कृष्णबहादुर राई र बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको नेपाली दूतावासले जनाएको छ।

आन्दोलनरत भूपूगोर्खाहरुको मागमा थप अध्ययन गर्नुपर्ने विषयहरूमा पुनः अर्को बैठकमा छलफल हुने लण्डनस्थित नेपाली दुतवासले जनाएको छ।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस