नेपालमा बाल अस्पताल निर्माणमा सघाउन डा.भगवान कोइरालाको आग्रह
२० असार २०८०
•
३ मिनेट पाठ
नेपालमा बाल अस्पताल निर्माणमा सघाउन डा.भगवान कोइरालाको आग्रह
वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले  नेपालमा शुरु गरिएको विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजनालाई सघाउन बेलायतवासी नेपालीहरुलाई आग्रह गरेका छन्।




मंगलबार ब्रिटिश संसदस्थित सभामुख भवनमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै  डा। कोइरालाले नेपालमा  गएको केही दशक यता स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आएको तर अहिले पनि बाल स्वास्थ्य  सेवा राजधानीमा मात्रै सीमित रहेको बताए।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले सातै प्रदेशमा निर्माण गर्ने लक्ष लिएको विशिष्टीकृत बाल अस्पताल परियोजनाका लागि सहयोग जुटाउन सोमबार बेलायत आइपुगेका डा कोइरालाले पूर्वान्चलको दमकमा बाल अस्पताल निर्माण गरी सेवा शुरु भै सकेको र   काठमाडौँको हेपाली हाइटमा  सबै नेपालीको पहुँच हुन सक्ने एउटा सुविधासम्पन्न बाल अस्पताल निर्माण गर्ने काम अगाडी बढीरहेको बताए।

'संयुक्त राष्ट्र संघले पारित गरेको र नेपालले समेत अनुमोदन गरेको दिगो विकास लक्ष्यको तेश्रो  बुंदामा  सबैका  लागि गुणस्तरीय  स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने उल्लेख छ।  तर नेपालमा एक करोड बढी बालबालिकाका लागि एउटा मात्रै बाल अस्पताल छ।  त्यसैले देशभरि नै गुणस्तरीय बाल  स्वास्थ्य सेवा पुराउन  हामीले यो  अभियान शुरु गरेका हौँ,' उनले भने।

'नेपाल जस्तो सीमित साधनश्रोत भएको मुलुकमा सरकारले मात्रै यो काम सम्पन्न गर्न सक्दैन। हामीले सरकारको कामलाई सघाउन लागेका हौँ। त्यसैले यो अभियानलाई मन खोलेर सहयोग गर्न म  बेलायतमा रहनु भएका  गोर्खा दाजुभाइ दिदीबहिनीहरु लगायत सम्पूर्ण नेपालीहरु हार्दिक आग्रह गर्दछु,' उनले भने।

उक्त समारोह लाई सम्बोधन गर्दै   ब्रिटिश संसदको तल्लो सदन, हाउस अफ कमन्स, का  सभामुख सर लिन्ड्से होयलले  नेपालप्रति आफ्नो गहिरो प्रेम रहेको बताए। नेपालप्रति आफ्नो गहिरो प्रेम रहेको बताउंदै सभामुख होयलले आफु मधुमेहको बिरामी रहेको र झन्डै तीन वर्ष पहिले एकजना नेपाली चिकित्सक (प्रा राज भण्डारी) ले आफ्नो ज्यान बचाएको स्मरण पनि गरे। उनले नेपालमा सुविधासम्पन्न बाल अस्पतालहरु बनाउने परियोजनालाई सघाउन अपिल पनि गरे।

उक्त समारोहलाई सम्बोधन गर्दै  बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली  बालबालिकालाई  गुणस्तरीय  स्वास्थ्य सेवा पुर्‍याउन डा कोइरालाले शुरु गरेको अभियानको प्रशंसा गरे। उनले नेपाल सरकार, निजी क्षेत्र तथा समुदायको सामूहिक सहयोग परिचालन गरेर अस्पताल संचालन गर्ने यो अभियानलाई सबैले सहयोग गर्नु पर्ने बताए।

बेलायतमा दर्ता भएको गैर सरकारी संस्था, हेल्थ एक्सचेन्ज नेपाल, का संस्थापक प्रा सत्येनराज भण्डारीले आफ्नो संस्थाले नेपालमा महाभूकम्प र कोभिड १९ को बेला पनि सहयोग परिचालन गरेको स्मरण गरे। उनले डा कोइराला र साथीहरुले शुरु गरेको बाल अस्पताल निर्माण अभियानलाई सक्दो सहयोग गर्न सबैलाई अनुरोध गरे।

कियोच युके सहयोग समितिका संयोजक ओजेश सिंहले नेपालको बाल अस्पताल परियोजनाहरुलाई सघाउन यही शनिबार, ८ जुलाई, मा बेलायतको अल्डरशटमा एक च्यारिटी डिनरको आयोजना गरिएको भन्दै उक्त कार्यक्रममा  सहभागी भै सक्दो सहयोग गर्न सबैलाई आग्रह गरेका छन्। 

कार्यक्रममा ब्रिटेन-नेपाल सर्वदलीय संसदीय समूहका अध्यक्ष तथा सांसद विरेन्द्र शर्मा, बेलायतमा कार्यरत नेपाली चिकित्सकहरु, व्यवसायी, उद्यमी तथा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति थियो।  
अर्को समाचार
डा.भगवान कोइरालाको सुझावः विदेश जानुस,तर,फर्किदा पैसा वा बुद्धि जे हुन्छ,त्यो ल्याउनुस्
०५ साउन २०८२
•
४ मिनेट पाठ
डा.भगवान कोइरालाको सुझावः विदेश जानुस,तर,फर्किदा पैसा वा बुद्धि जे हुन्छ,त्यो ल्याउनुस्
मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला
पछिल्लो समय नेपाल खत्तमै भयो, सबैतिर बिग्रियो, भत्कियो, कामै केही भएन भन्ने मात्र भाष्य सिर्जना भएको छ। युवाको विदेश पलायनको ताती, बढ्दो बेरोजगारी समस्या जस्ता विषयलाई उठान गर्दै देश बिग्रेको भन्ने गुनासो सर्वत्र छ।  




तर, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला देश बिग्रेको भनेर मात्र मान्न तयार छैनन्। आफुले देख्दादेख्दै धेरै क्षेत्रमा देशले फड्को मारेकोले देश बिग्रेको नभई देश सप्रेको डा.कोइराला बताउँछन्।  

पोखराको मासवारस्थित मदरल्याण्ड माविले सोमबार माध्यमिक शिक्षा परीक्षा (एसइइ) सकेर कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. कोइरालाले भने, ‘देश बिग्रेको छैन, बरु सप्रेको छ। देश बिग्रियो भनेर भाष्य मात्र बनेको हो। मैले देख्दादेख्दै देशले धेरै कुरामा फड्को मारेको छ, देश बनेको छ।’  

नेपाल सबैतिर बिग्रियो भनेर मात्र नकाारात्मक भाष्य बनेको उनले बताए। ‘हो केही ठाउँमा बिग्रेको पनि छ। तर मैले हेर्दाहेर्दै नेपालले ठूलै फड्को मारेको छ। भौतिक संरचना बनेको बन्यै छन्, समग्रमा हामी अघि बढेका छौं,’ उनले भने।  

सरकारले बनाइदिएको र सिर्जना गरेको काम मात्र गरेर नहुने उनले विद्यार्थीलाई सुझाए। ‘नयाँ नयाँ काम आफै थालनी गर्ने हो भने हाम्रो हाम्रै देशमा पर्याप्त सम्भावना छ। जहाँ चुनौती बढी छ, त्यहाँ सम्भावना पनि रहन्छ,’ कोइरालाले भने। कोइरालाले आफ्नो जीवनकालमा गरेको अनुभव अनुसार नेपालमा जत्तिको सम्भावना र काम गरेर पहिचान कमाउने ठाउँ अन्यत्र छैन।  

‘विदेशमा बस्दा पनि यस्तो पहिचान थिएन। हो, नेपालमा केही दुख छ, नेपालमा केही समस्या छन्। सुशासनको विषयमा चुनौती छ। तर, यही बसेर सच्चाउनुपर्छ। बाहिर बसेर देशलाई सरापेर मात्र हुँदैन,’ उनले भने। 
उच्च तहमा अध्ययन गर्न जाने विद्यार्थीलाई सुझाउँदै डा. कोइरालाले भने, ‘अध्यनका क्रममा दुनियाँको उत्कृष्ट ठाउँ, जहाँ पनि जान सकिन्छ र जानु पनि पर्छ। संसार देख्न र बुझन पनि जान सकिन्छ। पढ्नका लागि बाहिर जान सकिन्छ। तर, विदेशमा पढाई सकेर पैसा वा बुद्धि जे फिर्ता ल्याउन सकिन्छ, त्यो नेपालमा ल्याएर उपयोग गरौं।’ उनले भाष्य र माइन्ड सेट बिग्रेकोे भएपनि नेपाल नयाँ चरणमा प्रवेश गरेको बताए।  

एसइइ पछिको नयाँ विषय छनोटबारे सुझाउँदै कोइरालाले विद्यार्थीमा नयाँ च्याप्टर सुरुवात हुने भएकोले त्यही अनुसार अघि बढ्नुपर्ने बताए। ‘११ कक्षा नयाँ सुरुवात हो, यो तहको अध्ययनले भविश्यको जग बसाल्ने काम गर्छ। तपाइँ भविश्यमा के विषयमा प्रवेश गर्ने, के मा विशेषज्ञता हासिल गर्ने भनेर यही तहमा निर्भर रहन्छ,’ उनले भने, ‘एकैपटक सबै कुरा अहिले नै निर्णय गरिहाल्नुपर्छ भन्ने छैन। कुनैपनि विषय अहिले नै भन्नुपर्छ भन्ने पनि छैन। तर, चाहना बुझेर पछि पेशा परिवर्तन गर्न सकिन्छ।  

पोखराको मासवारस्थित मदरल्याण्ड मावि
एसइइ पछिको दुई वर्ष गम्भिर रुपमा अध्ययन गर्ने, अन्तरक्रिया गर्ने, नेटवर्किङ बिस्तार गर्ने समय भएकोले त्यही अनुसार विद्यार्थी अघि बढ्नुपर्ने उनको सुझाव छ। आफ्नो अध्ययन अनुभव बाड्दै डा. कोइरालाले भने, ‘तपाईहरु (विद्यार्थी) ले जत्तिको राम्रो स्कुलमा मैले पढेको होइन। धाराबाट पानी बोकेर गाइ चराएर पढेका हौं। साँझ बिहान घरमा होमवर्क गरेको पनि होइन, जे जति पढ्यौ स्कुलमै पढेको हो।’

उनले सबै विषय महत्वपूर्ण रहेको पनि बताए। ‘सबै विषयमा उत्तिकै अवसर छ। संगीत र खेलकुदको महत्व नबुझेर हो, उदाहरण दिँदै डा.कोइरालाले भने, ‘समाजमा सबै विषय चाहिन्छ। रुचीका साथ पढ्ने हो भन सबै विषयको ज्ञान उत्तिकै जरुरी छ।’ उनले एकले अर्कासँग प्रतिश्पर्धा गर्नै नपर्ने पनि बताए । ‘यहाँ प्रतिश्पर्धा गर्नै र्दैन, किनभने दक्षताको सीमा नै छैन। आफ्नो क्षेत्रमा विशिष्ट विषय लिएर अघि बढ्न सकिन्छ, जहाँ कहि जान सकिन्छ, त्यसैले प्रतिश्पर्धा गर्नै पर्दैन,’ उनले भने।  

विद्यालयले आयोजना गरेको उक्त कार्यक्रमको मेडिकल क्षेत्रको प्रवेशपरीक्षाका लागि तयारी गराउँदै आएको संस्था नेमका संचालक डा. नविन शर्मा र वरिष्ठ न्यूरो सर्जन डा. सागर कोइरालाले उद्घाटन गरेका थिए। शर्मा र कोइरालाले विद्यार्थीलाई सुझाउँदै विषय छनोटमा विशेष ध्यान दिनुपर्ने बताए। भविष्य बुझेर बेलैमा विषय चयन गर्नुपर्ने उनीहरुको सुझाव थियो।

विद्यालयका प्राचार्य डा. नारायण बरालले सफल नागरिक बन्नका लागि अबको पुस्ताले ध्यान दिनुपर्ने बताए। ‘जीवनमा सफल हुने उद्देश्य लिएर अघि बढ्नुपर्छ,’ डा. बरालले भने, ‘असल नागरिक बनेर अबको पुस्ताले देखाउनुपर्छ।’ प्राचार्य बरालले कुनैपनि विषयमा सफलता हात पार्न उत्तिकै मेहनत जरुरी रहेको बताए।  
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस