जर्मन नेपाल मैत्री संघले जर्मनीको कोलोन सहरमा 'नेपाल डे' मनाउने तयारी गरेको छ।
नेपालको लागि अवैतनिक महावाणिज्य दूत एवम् संघका अध्यक्ष राम प्रताप थापाका अनुसार संघको आयोजनामा ३५ औं नेपाल दिवस मनाउन लागिएको हो। यस वर्षको नारा 'परिवर्तनको चाहना, के सपना मात्र हो ?' भन्ने रहेको छ।
मेलामा नेपालको लोक संस्कृति झल्किने लोक नृत्य तथा विशेष सांस्कृतिक कार्यक्रमको प्रस्तुति रहने छ। कार्यक्रममा जर्मनीस्थित विभिन्न प्राज्ञिक तथा व्यावसायिक क्षेत्रका विज्ञ तथा जर्मनीमा बसोबास गर्ने नेपाली तथा नेपालमा माया गर्ने जर्मनहरूको सहभागिता रहने छ।
थापाका अनुसार जर्मनीमा नेपालीहरूको आगमनले पारेको प्रभावको बारेमा समेत सो मेलामा छलफल गरिने छ।
जर्मन नेपाल मैत्री संघले नेपाल पर्यटन बोर्ड, जर्मनीस्थित नेपाली दूतावास र जर्मनीको म्युजियम कल्चर अफ दि वल्डर्सको सहकार्यमा सो कार्यक्रमको आयोजना गर्दै आएको छ।
कार्यक्रममा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का मैत्री सङ्घमा आबद्ध सदस्यहरू डाक्टर, इन्जिनियर, पत्रकार, कलाकारहरू, समाजसेवी सामाजिक संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहने छ।
गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने, निवर्तमान अध्यक्ष कुमार पन्त लगायतको सहभागिता रहने छ।
समारोहमा विदेशमा रहने नेपाली तथा नेपाललाई सहयोग गर्न चाहने विदेशीलाई कसरी परिचालन गर्ने भन्ने सम्बन्धमा विभिन्न कार्यपत्रहरू समेत प्रस्तुत गरिने छ।