अब फर्केर नेपालमै केही गर्ने इच्छा छः दिनेश खड्का, मकाउ (भिडियोसहित)
२१ जेष्ठ २०८१
•
२ मिनेट पाठ
अब फर्केर नेपालमै केही गर्ने इच्छा छः दिनेश खड्का, मकाउ (भिडियोसहित)
ललितपुर गोदावारीका दिनेश खड्का ७ वर्षदेखि मकाउमा कार्यरत छन् । पछिल्लो ३ वर्षदेखि सेक्युटिरी सुपरभाइजरका रुपमा कार्यरत दिनेशले विदेश बसाइका क्रममा भोगेका अनुभव यस्तो छः  




नमस्कार

मेरो नाम दिनेश खड्का हो । मेरो घर ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ६ कालिटारमा पर्छ । म मकाउ आएको ७ वर्ष भयो । अहिले म सेक्युरिटी सुपरभाइजरको रूपमा काम गरिरहेको छु । सुरुमा आउँदा मैले तीन चार वर्ष सेक्युरिटी गार्डको रूपमा काम गरे । 

काम गर्दै जाँदा धेरै कुराहरु सिकियो । धेरै कुराहरू भोगियो । गर्दै जाने क्रममा धेरै कुराबारे जानकारी हुँदै गयो । विस्तारै पोजिशनहरु चेन्च हुँदै गयो । सुपरभाइजरको काम गर्न थालेको पनि तीन वर्ष हुनै लाग्यो । 

मकाउमा सेक्युरिटीमा बेसिक सेलरी भनेको ७ हजार ६०० एमओपी भनेको चै एक लाख १० हजार रुपैयाँको हाराहारीमा हुन्छ । २६ दिन र हरेक दिन ८ घण्टाको हो यो । ओभरटाइम गर्नुहुन्छ भने त्यहीँ अनुसारको रकम तपाईंहरूले पाउनु हुन्छ ।  

यहाँका मान्छेहरू पनि एकदमै फेमिलियर, एकदमै रेस्पेक्ट गर्ने, एकदमै हेल्पफुल, यहाँको चै एकदमै राम्रो इन्भारोमेन्ट छ । अति नै राम्रो छ । युरोपको जस्तो सेलरी म्याच गर्न मिल्ने खालको छ । बाहिरी माहोल पनि अति नै राम्रो छ । 

रेस्पेक्ट गर्ने, एकदमै एकअर्काको केयर गर्ने प्रकारका मान्छे हुन्छन् यहाँका मान्छेहरु । समग्रमा भन्नु पर्दा चै मकाउ चै अति नै ब्युटिफुल कन्ट्री हो । जबको अपरच्युनिटी पनि प्रशस्तै भएको ठाउँ हो । 

तर हामी नेपालीसहित यहाँ काम गर्न आउने जोकोही पनि बिरामी भयौं । अब साथीभाइहरु, आफ्नो घरपरिवार हुन्छन् ।  बिरामी भएको बेलामा उनीहरुले सहयोग गर्छन् । तर यहाँ चै तपाई बिरामी हुनु भयो भने साथीभाइहरूको समय मिल्दैन । सहयोगी साथीहरू छन् भने पनि उनीहरूको ड्युटी हुन्छ । 

त्यसैले म चै नेपालको नयाँ जेनेरेशनलाई, अहिले नेपालमा लहर नै चलेको छ । १२ पास हुने वित्तिकै विदेश जाने । कोही अमेरिका, कोही अस्ट्रेलिया, कोही युरोप । कोही अध्ययन गर्न, कोही जागिर खान । त्यसो भएकाले कहाँ जाने, विदेश जाने । के गर्ने भन्दा विदेश जाने । एउटा मानसिकता नै त्यस्तै भएको छ । 

म चै सबै जनालाई के भन्न चाहान्छु भने हाम्रो नेपालमै केही गर्न सकिन्छ । नेपालमै कति राम्रो अवसरहरू छन् । मैले यहाँ आएर र हेरेर पनि धेरै कुराहरू सिकेको छु । धेरै कुराहरू देखेको छु ।  कतिसम्म भने मलाई पनि नेपालमा आएर केही गर्ने इच्छा छ । हामी आफैंले पनि नेपालमा गएर केही गर्न सकिन्छ । यति भन्दै बिदा मागे ।  

धन्यवाद  । 

अर्को समाचार
क्यासिनो राजधानी पुगेर सीले गरे ‘स्वस्थ’ जुवा उद्योगको प्रशंसा
०५ पौष २०८१
•
२ मिनेट पाठ
क्यासिनो राजधानी पुगेर सीले गरे ‘स्वस्थ’ जुवा उद्योगको प्रशंसा
चिनियाँ राष्ट्रपति सी जिनपिङले मकाउले निवर्तमान नेता हो इट–सेङको नेतृत्वमा आर्थिक विविधीकरण र क्यासिनो उद्योगको स्वस्थ विकासमा ‘नयाँ उपलब्धिहरू’ हासिल गरेको बताएका छन्। 




पूर्व पोर्चुगाली उपनिवेश मकाउले ‘एक देश, दुई प्रणाली’ को ढाँचाअन्तर्गत चीनलाई हस्तान्तरण गरेको २५औँ वार्षिकोत्सवको अवसरमा उनको यो टिप्पणी आएको हो।

चिनियाँ शासनको २५ वर्षमा मकाउले लास भेगासलाई उछिन्दै जुवा राजस्वको हिसाबले विश्वको क्यासिनो राजधानी बनेको छ। यसको जनसङ्ख्यालाई चिनियाँ पर्यटकले गर्ने खर्चले धनी बनाएको छ। 

तर बेइजिङले वर्षौँदेखि मकाउको अर्थतन्त्रलाई विविधीकरण गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आएको छ। 

एक भव्य भोजमा बोल्दै सीले होको प्रशासनले ‘व्यावहारिकतासँग चुनौतीहरूको सामना गर्न मकाउका विभिन्न क्षेत्रहरूलाई एकजुट र नेतृत्व गरेको’ बताए। 

उनका अनुसार सहरले ‘उपयुक्त आर्थिक विविधीकरणमा नयाँ उपलब्धिहरू हासिल गरेको’ र ‘जुवा उद्योग कानूनअनुसार स्वस्थ र व्यवस्थित रूपमा विकास भएको’ उल्लेख गरेका छन्। 

होले सन् २०१९ मा कार्यभार सम्हालेका थिए। उनको कार्यकालको धेरैजसो समय कोरोना भाइरस महामारीप्रति मकाउको प्रतिक्रियाद्वारा परिभाषित गरिएको थियो। यसले पर्यटक–निर्भर सहरलाई ठूलो झट्का दिएको थियो। 

नेतृत्वका लागि एकमात्र उम्मेद्वार र चार सय सदस्यीय समितिले छनोट गरेका पूर्व शीर्ष न्यायाधीश साम हौ–फाईले शुक्रबार (आज) शहर नेताको रूपमा पदभार ग्रहण गर्नेछन्। 

तीन दिने भ्रमणका लागि बुधबार मकाउ पुगेका राष्ट्रपति सीले मकाउको भविष्यका लागि ‘तीनवटा अपेक्षा’ पनि उल्लेख गरे। 

“मकाउले सही रूपमा आफ्नै स्थिति पत्ता लगाउनुपर्छ र वैज्ञानिक तरिकामा यसको भविष्यको विकासको योजना बनाउनुपर्छ तथा ग्रेटर बे एरिया जस्ता राष्ट्रिय विकास रणनीतिहरूसँग थप सक्रिय रूपमा जोड्नुपर्छ”, उनले भने। 

ग्रेटर बे एरिया सिलिकन भ्यालीलाई उछिन्ने लक्ष्यका साथ हङकङ, मकाउ र चीनको दक्षिणी तटका नौ सहरलाई एकीकृत गर्ने महत्त्वाकांक्षी आर्थिक खाका हो। 

सीले मकाउ प्रतिभा आकर्षित गर्न र ‘सुधार र नवप्रवर्तन गर्ने साहस’ गर्न ‘खुला र समावेशी’ हुने आशा व्यक्त गरेका छन्। 

उनले बिहीबार मकाउ विज्ञान र प्रविधि विश्वविद्यालयका साथै हेङ्किन टापुको भ्रमण गरेका थिए। यो टापु बेइजिङले मकाउलाई आफ्नो गैर–खेल विकासका लागि जग्गा आपूर्ति बढाउन आंशिक रूपमा भाडामा दिएको थियो। 

मकाउ वरपर सुरक्षा बढाइएको छ र बिहीबार सीको भाषणको स्थल मकाउ पूर्वी एसियाली खेलकुद गुम्बज बाहिर सडक अवरोध गरिएको छ। 

छिमेकी हङकङको विपरीत मकाउमा चिनियाँ शासनमा फर्किएपछि ठूलो मात्रामा राजनीतिक अशान्ति देखिएको छैन। एएफपी
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस