विदेशमा बस्ने नेपालीले अकल्पनिय प्रगति गरेका छन्ः एनआरएनए उपाध्यक्ष डा. शर्मा
११ कार्तिक २०८१
•
२ मिनेट पाठ
विदेशमा बस्ने नेपालीले अकल्पनिय प्रगति गरेका छन्ः एनआरएनए उपाध्यक्ष डा. शर्मा
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा रहेका नेपालीहरुले विश्वका ठूलाठूला सहरमा रहेर अकल्पनिय प्रगति गरेको बताएका छन्।




डा. शर्माले गैरआवासीय नेपाली संघद्वारा आज काठमाडौंमा आयोजित ‘एनआरएन ग्लोबल कन्क्लेभ–२०२४’ को उद्धघाटन सत्रलाई सम्बोधन गर्दै उनले दक्षिण एशियाका अन्य डायस्पोराको तुलनामा नेपाली डायस्पोरा कान्छो भए पनि छोटो अवधिमा नेपाली डायस्पोराले गरेको प्रगति अकल्पनीय रहेको बताए।

बेलायतको लिभरपुल युनिभर्सिटीमा प्राध्यापक समेत रहेका डा. शर्माले अष्ट्रेलिया जस्तो विकसित राष्ट्रकै धनी व्यक्ति बन्नेदेखि युरोपमा दर्जनौं तारे होटल खोल्न सम्म नेपालीहरु सफल भएको बताए।

अक्सफोर्ड, क्याम्ब्रिज, एमआइटीजस्ता विश्वविख्यात विश्वविद्यालयमा नेपाली प्राध्यापकहरू छ्यापछ्याप्ती भेटिन थालेको उनले चर्चा गर्दै नेपालीहरू विस्तारै आफू बसेको मुलुकको राजनीतिमा प्रवेश गर्न समेत सफल भएको बताए।

डा. शर्मा विदेशमा जन्मे हुर्केको दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुको सम्भावना झन अथाह रहेको बताए।

‘रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता’ भन्ने नाराका साथ सम्पन्न हुन लागेको कार्यक्रममा डा. शर्माले संघको निर्वाचनलाई पैसा, पहुँच र पोलिटिक्सबाट टाढा राख्ने उद्देश्यले केही संस्थागत संरचना परिवर्तन गर्ने प्रयास पनि गरिएको बताए।

डा. शर्माले संस्थागत रुपान्तरणको प्रयासलाई दुर्भाग्यवश,सबैले सहज रूपमा स्वीकार्न गर्न नसकेको अवस्था आएको प्रति गुनासो गरे।

उनले एनआरएनएलाई लाखौं गैरआवासीय नेपालीहरुको साझा संस्था बनाउने कि राजनीतिक दलका नेताहरूको वरिपरि घुमेर व्यक्तीगत लाभ उठाउने सीमित वर्गको संस्था बनाउने भन्ने द्वन्द्वका कारण संस्था भित्र केही उतारचढाव आएको बताए।

डा. शर्माले भने, ‘गैरआवासीय नेपाली दिवसको यस शुभअवसरमा आफ्नो व्यक्तिगत लाभ र अहंकारलाई त्यागेर एकताको वातावरण तयार गर्न सबै पक्षसँग हार्दिक आह्वान गर्दछु।’

‘भूगोलबाहिर रहेका यी सबै गैरआवासीय नेपालीहरूलाई मातृभूमि नेपालसँग प्रभावकारी ढंगले जोड्न भने सकिएको छैन। संघसँग आबद्ध गैरआवासीय नेपालीहरूको संख्या २ प्रतिशत भन्दा कम रहेको छ’ उनले भने, ‘यसमा पनि महिला, युवा, दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरू, र प्राज्ञिक वर्गका व्यक्तिहरूको संलग्नता त शून्यप्रायः छ।’

डा. शर्माले संघमा सबै प्रकारका गैरआवासीय नेपालीहरूको पहुँच होस र उनीहरूलाई मातृभूमि नेपालसँग जोड्न सकियोस भन्ने उद्देश्यले केही वर्षपहिलेदेखि संघमा एउटा रुपान्तरणको अभियान सुरु गरिएको बताए।

राजनितिक दलहरुलाई आफ्ना कार्यकर्ता र व्यक्तिगत लाभका लागेका व्यक्तिहरूको घेरा बाहिर आएर यस संघलाई स्वतन्त्र र स्वायत्त रूपमा काम गर्ने वातावरण बनाइ आग्रह गरे।

उनले विदेशमा बस्ने नेपालीहरु भौतिक रुपमा मात्रै नेपालबाट टाढा भए पनि भावानात्मक रुपमा मन मतिष्क सँधै यही नेपाल हुने बताउँदै हिजो रित्तो हात गएका नेपालीहरुको आज समृद्ध नेपालको सपना पूरा गर्ने हैसियतका साथ फर्कने चाहाना रहेको बताए।  
अर्को समाचार
एमआइएसमार्फत् एनआरएनएमा ७७ हजार सदस्यता स्वीकृत
०२ साउन २०८२
•
१ मिनेट पाठ
एमआइएसमार्फत् एनआरएनएमा ७७ हजार सदस्यता स्वीकृत
गैरआवासीय नेपाली संघको २०२५–२०२७ कार्यकालका लागि झण्डै ७७ हजार सदस्य स्वीकृत भएका छन् ।




संघको एमआइएस प्रणाली अनुसार शुक्रबारसम्म कुल ७६ हजार ९३७ सदस्यता स्वीकृत भएको संघकी सञ्चार तथा वैदेशिक रोजगार अधिकृत ईन्द्रलक्ष्मी घिमिरेले जानकारी दिइन् । उनका अनुसार ३ हजार ३६७ नयाँ सदस्यता आवेदनहरू स्वीकृत प्रक्रियामा छन्।

क्षेत्रगत रूपमा सबैभन्दा धेरै एसिया प्यासिफिक क्षेत्रबाट २२ हजार २७९ सदस्य स्वीकृत भएका छन्। यस्तै अमेरिकाज क्षेत्रबाट १६ हजार ७६२, ओसियानिया क्षेत्रबाट १६ हजार ५३८, युरोप क्षेत्रबाट १० हजार ९६९, मध्यपूर्वबाट ९ हजार ६५३ र अफ्रिका क्षेत्रबाट ७३५ सदस्य स्वीकृत भएको घिमिरेले बताइन् । देशगतरुपमा भने सबैभन्दा धेरै जापानबाट १८ हजार ३८१, अष्ट्रेलियाबाट १५ हजार ५५१ र अमेरिकाबाट १० हजार ९९४ जनाले सदस्यता लिएका छन्।

हालसम्म ५६ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरू एमआईएसमा आबद्ध भइसकेको र ५७ परिषद्हरूलाई सदस्यता स्वीकृति दिने प्रशासनिक पहुँच प्रदान गरिएको घिमिरेले जानकारी दिइन् ।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस