जर्मनीको बर्लिनमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन मेला आइटिबी बर्लिन २०२५ को अवसरमा नेपाली राजदूतावास, बर्लिन र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल इभिनिङ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
नेपालको कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रम ०४ मार्च २०२५ मा बर्लिनस्थित नेपाली राजदूतावासले आयोजना गरेको हो। कार्यक्रमका प्रमुख अतिथि नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे रहेका थिए।
कार्यक्रममा मन्त्री पाण्डेले नेपालमा पर्यटनका अपार सम्भावनाबारे प्रकाश पार्दै जर्मन नागरिकहरूलाई नेपाल भ्रमणका लागि आग्रह गरे। त्यस्तै, जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीले नेपालको पर्यटन, कला, संस्कृति र प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धनबारे मन्तव्य राखे।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशीले नेपालको पर्यटन क्षेत्रको वर्तमान अवस्था र प्रवर्द्धनका लागि चालिएका कदमबारे जानकारी गराए। साथै, बोर्डका वरिष्ठ प्रबन्धक रोहिणी प्रसाद खनालले डेस्टिनेशन नेपाल विषयमा प्रस्तुति दिँदै नेपाल भ्रमणको विशेषताबारे प्रकाश पारे।
सोही अवसरमा वर्ड ट्राभल नेटवर्कका प्रमुख जुरगेन स्टिनमेरचिजले आफ्नो ४० वर्षे नेपाल भ्रमण अनुभव सुनाएका थिए। त्यस्तै, नेपाल पर्यटन बोर्डले जर्मनीमा विगत तीन दशकदेखि नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका दिल गुरुङलाई पर्यटन दूतको सम्मान प्रदान गर्यो।
कार्यक्रममा स्थानीय नेपाली कलाकारहरूले नेपाली संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए। नेपाली राजदूतावास, बर्लिनका नियोग उपप्रमुख सागर प्रसाद फुयाल ले कार्यक्रम सञ्चालन गरेका थिए।
सो समारोहमा विभिन्न देशका राजदूतहरू, पर्यटन क्षेत्रका विज्ञहरू, संघसंस्थाका प्रतिनिधिहरू तथा अन्य करिब २०० जना सहभागी भएका थिए। औपचारिक कार्यक्रमपछि सहभागीहरूका लागि नेपाली परिकारसहितको भोजको आयोजना गरिएको थियो। साथै, उपस्थित सबैलाई नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी प्रचार सामग्रीहरू पनि वितरण गरिएको थियो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई भव्य र उपलब्धिमूलक बनाउने तयारी तीव्र पारिएको छ। मध्यपूर्वमा रहेका नेपालीहरूको एकता, श्रमिकका समस्या, सामाजिक सुरक्षा तथा नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदानलाई केन्द्रमा राखेर आयोजना हुन लागेको सम्मेलनमा विभिन्न व्यावसायिक संस्था तथा व्यक्तिहरू साझेदारका रूपमा जोडिएका छन्।
सम्मेलनमा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। समूहका निर्देशक सागर गुरुङले प्रवासी नेपालीको साझा अभियानलाई सहयोग गर्ने उद्देश्यले सम्मेलनसँग सहकार्य गरिएको जनाउँदै आगामी दिनमा पनि एनआरएनएसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार व्यवसायी, उद्यमी, समाजसेवी तथा प्रवासी नेपालीबीचको सहकार्यले सम्मेलनलाई व्यवस्थित बनाउनुका साथै यसले उठाउने मुद्दालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।
रियल इस्टेट, हाउजिङ, केबलकार, जलविद्युत्, निर्माण, लगानी तथा औद्योगिक क्षेत्रमा सक्रिय रोड सो ग्रुपअन्तर्गत विभिन्न कम्पनी तथा व्यावसायिक परियोजनाहरू सञ्चालनमा छन्। समूहले आफ्नो व्यावसायिक अनुभव र स्रोतलाई प्रवासी नेपालीको सामाजिक तथा आर्थिक अभियानसँग जोड्ने उद्देश्यले सम्मेलनमा साझेदारी गरेको जनाएको छ।
सम्मेलनमा नेपालका सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। श्रममन्त्री रामजी यादव, प्रमुख राजनीतिक दलका सांसद, एनआरएनएका संस्थापक तथा पूर्वअध्यक्ष, उद्योगी, व्यवसायी, पत्रकार र कलाकारहरूको समेत सहभागिता रहने बताइएको छ।
आयोजकका अनुसार सम्मेलनलाई औपचारिक जमघटमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका साझा समस्या, सम्भावना र नेपालको समृद्धिका विषयमा ठोस छलफल तथा सहकार्यको साझा मञ्च बनाउने लक्ष्य राखिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...