सौल वैशाख ११ (नागरिक)
दक्षिण कोरियाका लागि नेपाली राजदुत कमल कोइरालाले जनतामा विचार अभिव्यक्त गर्ने निर्भिकता नआएसम्म लोकतन्त्र संस्थागत हुन नसक्ने बताएका छन्। तेस्रो लोकतन्त्र दिवस मनाउन सौलको हुआम दङस्थित दुतावास भवनमा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्। दक्षिण कोरिया र नेपालले लगभग सँगै प्रजातन्त्र प्राप्त गरेपनि कोरियामा प्रजातन्त्र संस्थागत भएको तर नेपालमा हुन नसकेको बताए।
विश्वमा व्यक्तिको वाक तथा लेखक स्वतन्त्रता निशर्त ग्यारेन्टी गरिएपनि नेपालमा विभिन्न शर्तहरु सहितको स्वतन्त्रता दिइएकाले पत्रकारहरु विभिन्न बहानामा राज्यवाट नियन्त्रण भइरहेको बताए । उनले हालै कोरियामा आर्थिक मन्दीका वारे गलत भविष्यवाणी गरेको आधारमा सरकारद्धारा पक्राउ गरेर अदालवाट रिहाइ गरिएका मिनेर्भाको उदाहरण दिदै जनता निर्भिक हुन स्वतन्त्र न्यायपालिकाको भूमीका अपरिहार्य हुने पनि बताए
दुतावासले आयोजना गरेको यस कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुले भने लोकतन्त्र प्राप्तिपछि पनि देस पूर्ण शान्ति र विकास तर्फ अग्रसर नभएको भनी चिन्ता प्रकट गरे । एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको भातृ संगठन नेपाल जनअधिकार मंचका अध्यक्ष डिआर भण्डारीले प्रतिपक्षमा रहेको नेपाली कांग्रेस मात्र नभइ सत्तामा रहेको नेकपा एमाले र मधेसी जनअधिकार फोरम पनि सरकार विरोधी भएको भनी आपत्ति प्रकट गरे ।
यसैगरी कार्यक्रममा नेपाली काग्रेसको भातृ सँगठन नेपाल जन सम्पर्क समितिका अध्ययक्ष नरेन्द्र गुरुले लोकतन्त्र आगमन भउपछि आफुले स्वदेस फर्किने योजना बनएपनि देस अझै विवाद र हिंसामा नै फसिरहेको बताए । उनले सरकराले सेनाको विवाद झिकेर देसमा द्वन्द सिर्जना गरिरहेको बताए । नेपाली दुतावासका सहचारी हाकिम भण्डारीले संचालन गरेको उक्त कार्यक्रममा नेपाली सम्पर्क समित कोरियाका अध्यक्ष डेविट राइऽ एनआरएन कोरियाका अध्यक्ष गंगा राज राइ लगायत विभिन्न व्यक्तिहरुले बोलेका थिए ।