जाकर्ता (इन्डोनेसिया), वैशाख २८ (एजेन्सी)-बुधबार प्रदर्शन उडानका क्रममा इन्डोनेसियामा हराइ रहेको रुसी यात्रु वाहक विमानको अवशेष पहाडी क्षेत्रमा भेटिएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन्।
उक्त सुखोइ सुपरजेट १०० को खोजीमा रहेको टोलीले जाकर्ताको दक्षिणमा ज्वालामुखी पहाड माउन्ट सालाक नजिकै ५ हजार ८ सय फिट माथि विमानको अवशेष टुक्राका रुपमा देखा परेको नेसनल सर्च एन्ड रिसर्च एजेन्सीका प्रमुख दारयात्मोले बताए।
टुक्रा टुक्रामा रहेको अवशेष विच सुखोइको लोगो देखिएको उनले बताए।
विमानमा रहेका यात्रुहरूको स्थितिमा बारेमा भने तत्काल कुनै जानकारी प्राप्त भएन। राहत दल अझ पनि विमानको अवशेष भेटिएको स्थानमा पुगन सकेको छैन। तर सर्च एन्ड रिसर्च एजेन्सीले त्यस तर्फ हेलिकोप्टर पठाएको दारयात्मोले बताए।