
ढाका, जेठ ३ (एजेन्सी)-बंगलादेशले मंगलबार त्यहाँका लोकपृय लेखक हुमायु अहमदको राजनीतिक उपन्यासमाथि प्रतिबन्ध लगाएको छ। उक्त उपन्यासमा सन् १९७५मा राष्ट्रका प्रथम राष्ट्रपति तथा उनका परिवारको हत्या जस्ता एतिहासिक तथ्यलाई बंग्याएर प्रस्तुत गरिएको आरोपमा त्यहाँको उच्च न्यायालयले पुस्तकमाथि प्रतिबन्ध लगाएको हो।
अहमदको पुस्तक बंगलादेशमा बेष्ट सेलर मानिन्छ। र त्यसको अंग्रेजी, जापानी र रुसी लगायत अन्य भाषामा अनुबाद हुने गर्छ।
गत साता समाचार पत्रमामा प्रकाशित भएको उनको पछिल्लो 'देयाल' उपन्यासको दुई भागले सन् १९७५ को अगस्तमा मुजिबुर रहमानको हत्या उनका परिवार सहित कसरी भयो भन्नेमा विवाद उत्पन्न गराएको थियो।
उक्त हत्या भएका बेला विदेशमा रहेकी मुजिबुरकी छोरी सेख हसिना हाल बंगलादेशकी प्रधानमन्त्री छन्।
मुजिबुरलाई बंगलादेशको संस्थापक पिताका रुपमा लिइन्छ।