मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई निर्मम ढंगले कुट्ने व्यक्ति पनि नेपाली नै रहेको पत्ता लागेको छ ।
केही दिनअघि एक जना सुरक्षा गार्ड अत्यन्तै क्रूर तरिकाले लाठीले कुटिएकाे भिडियाे भाइरल भएकाे थियाे। त्यसबारे मलेसियास्थित नेपाली दूतावासले अनुसन्धान गर्दा दुवै व्यक्ति नेपाली भएकाे पुष्टि भएकाे हो ।
दूतावासले सोमबार विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार कुट्ने व्यक्ति कपिलवस्तुका स्थायी बासिन्दा रामगोपाल मुराउ र कुटाइ खाने व्यक्ति नवलपरासीका इस्लाम हुसेन हुन् ।
विज्ञप्तिअनुसार भिडियोबारे दूतावासलाई जुलाई ३० मध्यराति जानकारी प्राप्त भएको थियो । त्यसपछि तुरुन्त सुरक्षा गार्डसम्बन्धी सेवा उपलब्ध गराउने कम्पनीहरूको छाता संगठन पिआइकेएमलाई खबर गरी सत्यतथ्य बुझ्न दूतावासले अनुरोध गरेको थियो । त्यसपछि पिआइकेएमले जुलाई ३१ बिहान प्रहरीमा उजुरी गरी यससम्बन्धी सूचना उपलब्ध गराउन सबैमा सूचना जारी गरेको थियो ।
‘त्यसपछि पीडित र पीडक दुवै दूतावासको सम्पर्कमा आउनुभयो । दुवैजना व्यक्तिहरू नेपाली नागरिक भएको पुष्टि भएको छ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ ।
मलेसियाको अध्यागमन कानुनअनुसार दुवै जना अवैधानिक अवस्थामा रहेको समेत दूतावासले जानकारी दिएको छ ।
दूतावासका अनुसार घटना गत जुलाई ७ तारिख बिहान १० बजेतिर क्वालालम्पुरस्थित एमथ्री मलमा भएको हो ।
दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘राम गोपाल मुराउ आज (सोमबार) नै स्वेच्छाले प्रहरीसमक्ष उपस्थित भएका छन्। यस सम्बन्धमा थप अनुसन्धान प्रहरीले गर्नेछ ।’
त्याे भिडियाे हेर्न तलकाे टि्वटर लिंक क्लिक गर्नुहोला :
तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज दुईवटा सम्झौता भएका छन्। सम्मलेनको उदटन सत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो।
सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्ने विषयमा सम्झौता भएको छ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष टान सी डाटो थायन लाईले हस्ताक्षर गरेका हुन्।
त्यसैगरी डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि नेपाल र भारतका दुई व्यावसायिक समूहबीच सम्झौता भएको छ। डाटा सेन्टर स्थापनाका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो।
बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरे। –रासस
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...