नेपाल र बेलायतबीचको सम्बन्धलाई थप समृद्ध बनाउन लाग्छु : राजदूत रेग्मी
२६ फागुन २०७७
•
२ मिनेट पाठ
नेपाल र बेलायतबीचको सम्बन्धलाई थप समृद्ध बनाउन लाग्छु : राजदूत रेग्मी
बेलायतका लागि नवनियुक्त  नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायतस्थित नेपाली समुदायको संरक्षक, अभिभावक र प्रवर्द्धकको भूमिकामा दूतावासको २४ सै घण्टा हरपल साथ रहने बताएका छन्।

गैर आवासीय नेपाली संघ युकेद्वारा आफ्नो सम्मानमा मंगलबार बेलुका आयोजित समारोहलाई सम्बोधन गर्दै राजदूत रेग्मीले नेपाल र बेलायतबीचको बहुआयामिक सम्बन्धलाई थप समृद्ध बनाउन आफुले कुनै कसर बाँकी नराख्ने जनाए।

नेपाल सरकारका पूर्वमुख्यसचिव रहीसकेका राजदूत रेग्मीले आफुले पाएको जिम्मेवारी बहन गर्न  नेपाल र नेपालीको  हितमा विकास, सभ्यता र संस्कृतिको लागि भूगोलका  सीमाहरु भन्दा पनि माथि उठेर समर्पित रहने प्रतिवद्धता व्यक्त गरे। 'बेलायतमै स्थापना भएको एनआरएनको गरिमा र महत्व मैले राम्रोसंग बुझेको छु।  नेपाल र नेपालीको हितमा, तमाम गैर आवासीय नेपालीहरुको हितमा कुनै पनि कमि आउन दिने छैन', उनले भने।  नेपाल र  नेपालीको हित प्रवर्धन गर्ने कार्यमा सघाउन एनआरएनए लगायत सबैलाई उनले आग्रह पनि गरे।  

लन्डनस्थित नेपाली दूतावासकी उप नियोगप्रमुख रोशन खनालले बेलायतस्थित नेपाली समुदाय अत्यन्तै परिपक्व र नेपाली समाज विविधतायुक्त रहेको बताइन्।  उनले नेपालमा विपत्तिका बेला योगदान गरिरहेको भन्दै नेपाली समुदायको र नेपाली कला तथा  संस्कृति प्रवर्द्धनमा एनआरएनएले पुराएको योगदानको प्रशंसा गरिन्।  

एनआरएनएका सल्लाहकार कुल आचार्यले धैर्यवान, थोरै बोल्ने, काममा दखल भएका, राजदूत बेलायतले पाएको भन्दै खुसि व्यक्त गरे।  

एनआरएनएका महासचिव डा. हेमराज शर्माले संघले दूतावास नभएका ठाउँमा पनि संघ पुगेको बताए। "कोरोना महामारीको बेलामा ५० देशमा २,५०० स्वयम्सेवक परिचालन गरी  १,७०,००० नेपालीहरुलाइ सहयोग गर्न संघ सफल भयो।  आइएलओ र आइ ओ एमसंग सहकार्य गरेर १० करोडको बजेट ल्याएर मध्यपूर्वमा दुख पाएका नेपालीहरुलाई सहयोग गरेका छौं," उनले भने।  

समाजसेवी डा राघव धितालले १९६० को दशकमा नेपालीहरु बेलायत आउन थालेका बताए। उनले वंशजको आधारमा नागरिकता निरन्तरता गर्न पनि आग्रह गरे।  

बरो अफ बार्नेटका उपमेयर लक्ष गुरुङ, आइसीसी सदस्य रामशरण सिम्खडा, आइसीसी सदस्य चन्द्र गुरुङ लगायतका वक्ताले नव नियुक्त राजदूत रेग्मीलाई स्वागत गर्द उनको कार्यकालको सफलताको कामना गरेका थिए।
अर्को समाचार
नेपाल अन्तर्राष्ट्रिय शक्तिको प्रतिस्पर्धास्थल बन्ने खतरा : कमल थापा
१४ कार्तिक २०७७
•
१ मिनेट पाठ
नेपाल अन्तर्राष्ट्रिय शक्तिको प्रतिस्पर्धास्थल बन्ने खतरा : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन्। उनले देशको स्वतन्त्रता/अस्तित्वबारे समयमै सचेत बन्न आग्रहसमेत गरेका छन्।  

ट्वीट गर्दै थापाले भारत र चीनसँगको संवन्धमा सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको रणानीतिको आलोचना गरेका छन्। सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको अध्यक्ष थापाको भनाई छ।  

नेपालका लागि भारत र चीनसँगको सम्वन्धमा रणनीतिक सन्तुलन,समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो भन्दै उनले सत्तारूढ नेकपा र मुख्य विपक्षी कांग्रेसको गलत विदेश नीति तथा व्यवहारको आलोचना पनि गरेका छन्।  

 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस