दक्षिण कोरिया — नेपाली हिन्दू नारीहरूको पर्व हरितालिका तीज दक्षिण कोरियामा रहेका नेपाली महिलाले भव्यताका साथ मनाएका छन्। कोरियामा रहेका नेपाली महिलाहरूको एक मात्र संस्था वोमेन फर वोमेनको आयोजनामा आइतवार राजधानी सोल नजिकै दोङदेमुन स्थित लुम्बिनी रेष्टुरेण्मा आयोजित 'रमाईलो तीज विशेष कार्यक्रम'मा उपस्थित महिलाहरूले तीजको गीतमा कम्मर मर्काई मर्काई नाचे।सो अवसरमा पुरुषहरूले पनि महिला दिदिबहिनीहरू सँगै गाउने र नाच्ने गरेर वातावरणलाई थप उल्लासमय बनाएका थिए।
कोरियाका लागि नेपाली राजदूत कमान सिंह लामा समेतको उपस्थिति रहेको सो कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले बिदेशमा पनि नेपाली कला र संस्कृतिलाई सम्झिनु अत्यन्त राम्रो पक्ष भएको भन्दै अझ यस्ता पर्व र संस्कृतिको जगेर्ना र प्रचार गर्नुपर्ने कुरामा जोड दिए।
कार्यक्रममा एनआरएन,एनसिसि,पत्रकार महासंघ,जनजाती महासंघ लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधि र अन्य नेपाली संघ संस्थाका प्रतिनिधि लगायत महिला दिदिबहिनीहरूको बाक्लो उपस्थिती रहेको थियो।
संस्थाकी अध्यक्ष जुनु गुरूङको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष मल्लिका थकालीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। कार्यक्रमको सञ्चालन सचिव विमला श्रेष्ठले गरेकी थिइन्।