इजरायल–प्यालेस्टाइन द्वन्द्व: त्रासमा नेपाली समुदाय, बंकरमा बास
०३ जेष्ठ २०७८
•
४ मिनेट पाठ
इजरायल–प्यालेस्टाइन द्वन्द्व: त्रासमा नेपाली समुदाय, बंकरमा बास
इजरायल र प्यालेस्टाइनी विद्रोही समूह हमासबीच गत सातादेखि चलिरहेको द्वन्द्वका कारण दुवैतर्फ ठूलो जनधनको क्षति हुनपुगेको छ। प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमासले इजरायललाई लक्षित गर्दै ठूलो संख्यामा रकेट प्रहार गरेपछि त्यसको जवाफमा इजरायलले निरन्तर हवाई तथा स्थल आक्रमण गरिरहेको छ। गत सोमबारयता दुईतर्फी आक्रमणमा परी एक सय ८४ जनाको ज्यान गइसकेको छ।




गाजा क्षेत्रमा इजरायल सेनाले गरेको हवाई आक्रमणमा परी आइतबार साँझसम्म एक सय ७४ जनाको मृत्यु भएको छ। त्यसमध्ये ४७ जना बालबालिका र २९ जना महिला छन्। आक्रमणमा परी एक हजार दुई सय जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। त्यस्तै विद्रोही हमास समूहको रकेट आक्रमणमा परी इजरायलमा १० जनाको मृत्यु भएको छ। तीमध्ये दुई बालबालिका छन्। इजरायली सेनाले प्यालेस्टाइनको गाजा क्षेत्रमा हवाई हमलामा परी केही विद्रोही कमान्डर मारिएको दाबी गरेको छ। हवाई आक्रमणमा मिडिया कार्यालय रहेका भवन तथा अन्य ठूलाठूला संरचनासमेत ध्वस्त भएका छन्।

द्वन्द्व चर्किदै जाँदा रोजगारी तथा अध्ययनको सिलसिलामा इजरायलमा रहेका नेपालीमा पनि त्रास बढेको छ। द्वन्द्वका कारण हालसम्म नेपाली समुदायमा मानवीय क्षति नभए पनि उनीहरूको बसोबास रहेको दक्षिण पश्चिम क्षेत्र तथा तेलवी क्षेत्रमा हमास समूहले निरन्तर आक्रमण गरिरहेको छ। ‘सन २०१४ मा दुई मुलुकबीच युद्ध हुँदा र त्यसभन्दा पहिले पनि यस क्षेत्रमा द्वन्द्वको प्रभाव परेको थिएन। तर अहिले प्यालेस्टाइन क्षेत्रबाट निरन्तर रकेट आक्रमण भइरहेको छ,’ इजरायलमा केयर गिभरका रूपमा कार्यरत काठमाडौंकी नितु खतिवडाले भनिन्। उनी एक दशकदेखि तेलवी क्षेत्रमा केयर गिभरका रूपमा काम गर्दै आएकी छन्। तेलवीलाई तुलनात्मक रूपमा सुरक्षित क्षेत्र मानिन्थ्यो। तर अहिले त्यहाँ पनि रकेट आक्रमण भइरहेको खतिवडाले बताइन्।

‘अहिले यहाँ रहेका नेपालीमा त्रास छ। रकेट हमला हुँदैछ भनेर साइरन बज्न थालेपछि हतारहतार बंकरभित्र वा घरको ‘अन्डरग्राउन्ड’ मा गएर बस्छौं,’ उनले भनिन्। केही दिनअघि एक भारतीय केयर  गिभर युवतीको रकेट आक्रमणमा परेर निधन भएपछि नेपाली समुदाय थप आत्तिएको खतिवडा बताउँछिन्। ‘हामी सकेसम्म सुरक्षित हुने प्रयासमा छौं तर कति बेला के हुन्छ, थाहा छैन,’ उनले भनिन्। उनले नेपाली दूतावास र अन्य नेपाली संघसंस्थाका प्रतिनिधिसँग सम्पर्कमा रहेको र आफूहरूको अवस्थाबारे जानकारी गराइरहेको बताइन्।

इजरायलस्थित नेपाली दूतावासले त्यहाँको परिस्थितिलाई ध्यान दिँदै नेपाली समुदायलाई खुला ठाउँमा ननिस्कन र सुरक्षित रहन आग्रह गरेको छ। ‘हामीले विभिन्न माध्यमबाट तथा प्रत्यक्ष सम्पर्क गरेर नेपाली नागरिकलाई सुरक्षित रहन आग्रह गरिरहेका छौं,’ इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यले भनिन। बढी आक्रमण भइरहेको दक्षिण पश्चिम क्षेत्रमा नेपाली विद्यार्थीहरू रहेको र आफू उनीहरूसँग निरन्तर सम्पर्कमा रहेको शाक्यले जानकारी दिइन्। 

‘यहाँ द्वन्द्व सुरु हुनेबित्तिकै नेपाली विद्यार्थीले अध्ययन गर्ने पाँचवटै कलेजमा सम्पर्क गरेर उनीहरूको अवस्था बुझेकी थिएँ। हाल उनीहरूलाई सुरक्षित रूपमा बंकरमा राखिएको छ,’ उनले भनिन्। रोजगारीका लागि इजरायलमा रहेका नेपालीलाई पनि सुरक्षित रहन आग्र्र्रह गरेको शाक्यले जानकारी दिइन। ‘हालसम्म सबै नेपाली सुरक्षित हुनुहुन्छ। हामी निरन्तर उहाँहरूको सम्पर्कमा छौं,’ उनले भनिन्।  

राजदूत शाक्यले आफू इजरायल पुगेपछि पहिलो पटक यस्तो परिस्थिति सामना गर्नुपरेको बताइन। ‘यसअघि पनि द्वन्द्व हुने गरेको सुनेकी थिएँ। यसपटक आफैंले त्यो परिस्थिति भोगिरहेकी छु,’ उनले भनिन्। इजरायलमा रकेट आक्रमण हुनुभन्दा पहिले साइरनमार्फत पूर्व सूचना दिइने भएकाले साइरनको आवाज आउनेबित्तिकै सबैजना सुरक्षित ढंगले बंकरभित्र बस्ने गरेको उनले बताइन। इजरायलको हालको अवस्थाबारे जानकारी गराउँदै राजदूत शाक्यले भनिन्, ‘निरन्तर साइरनको आवाज बजिरहेको छ। आकाशभरि रकेट आक्रमणको दृश्य देख्न सकिन्छ। रकेट आक्रमणको आवाजले घरहरू भूकम्पले धक्का दिएजस्तै हल्लिरहेका छन्। कुनै चलचित्रमा देखाइने युद्धको दृश्यभन्दा कम छैन यहाँको अवस्था।’

इजरायल सरकारले सुरक्षाको प्रत्याभूति दिइरहेकाले सबैले राहत महसुस गरिरहेको उनले बताइन। ‘यहाँको सरकारले तपाईंहरूको सुरक्षाको जिम्मा हामी लिन्छौं भनेको छ। त्यसैले यहाँ रहेका नेपाली समुदायले केही राहत महसुस गरिरहेका छौं,’ उनले भनिन्।

पछिल्लो एक सातामा हमासलगायतका प्यालेस्टाइनी विद्रोही समूहले इजरायललाई लक्षित गर्दै दुुुर्र्ई हजारभन्दा बढी रकेट हमला गरेका छन्। त्यसमध्य ९० प्रतिशतभन्दा धेरै रकेटलाई इजरायलको मिसाइल प्रतिरक्षा प्रणालीले बीचमै नष्ट गरिदिएको छ। जसले गर्दा प्यालेस्टाइनको तुलनामा इजरायलतर्फ कम क्षति भएको छ। सन् २००६ मा लेबनानी विद्रोही समुह हजबुल्लासँग भएको द्वन्द्वमा उक्त समूहले इजरायलमा हजारौं रकेट आक्रमण गरेको थियो। त्यसले इजरायलमा ठूलो जनधनको क्षति पुगेको थियो। त्यसपछि इजरायलले आफूमाथि हुने रकट आक्रमण असफल बनाउन सन् २०११ मा अमेरिकाको सहयोगमा मिसाइल प्रतिरक्षा प्रणाली सञ्चालनमा ल्याएको थियो।
अर्को समाचार
राष्ट्रपति बाइडेनद्वारा युद्ध रोक्न इजरायलसँग फेरि अनुरोध
०६ जेष्ठ २०७८
•
४ मिनेट पाठ
राष्ट्रपति बाइडेनद्वारा युद्ध रोक्न इजरायलसँग फेरि अनुरोध
इजरायलले बिहीबार बिहानैदेखि गाजापट्टीका विभिन्न स्थानमा भिषण हवाई हमला सुरु गरेको छ। आक्रमणबाट कम्तीमा एक जना प्यालेस्टिनी नागरिकको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएका छन्।




गाजाका विद्रोही हमास समूहविरुद्धको प्रत्याक्रमण रोक्न अमेरिकी दबाबलाई बेवास्ता गर्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सैनिक कारबाहीलाई निरन्तरता दिएका छन्। पछिल्लो युद्ध सुरु भएयता गाजामा सरकार चलाइरहेको हमासका लडाकूले इजरायलमाथि हजारौं क्षेप्यास्त्र प्रहार गरिसकेको छ।  

बिहीबार सबेरै गाजा शहरलाई बिस्फोटनका आवाजले हल्लाइदिएको थियो भने आकाशमा आगोका लप्का माथिसम्म देखिएका थिए। इजरायली आक्रमणहरु मध्य शहर डायर अल–बलाह र दक्षिणतर्फको खान युनिस शहरमा पनि भएका थिए।  

बिहान हेर्दा खान युनिस शहरका पाँच स्थानीयवासीका घर बम आक्रमणबाट ध्वस्त भएका पाइएका थिए। गाजा शहरको व्यापारिक केन्द्रका रुपमा रहेको अल–सफ्तावी स्ट्रिटमा पनि भिषण आक्रमण भएको थियो।

इजरायली सेनाले हमासका कमान्डरका कम्तीमा चार वटा घर ध्वस्त पारिएको जनाएको छ। खान युनिसमा खवाल्डी परिवारको दुई तले भवन क्षतिग्रस्त भएको छ। डरका कारण आफ्नो घर छाडेर ११ सदस्यीय खवाल्डी परिवार नजिकैको अर्को घरमा बस्न थालेको थियो। तर आक्रमणबाट उनीहरु पनि घाइते भएका र अस्पताल भर्ना गरिएको छिमेकी शाकेर अल–खोजोनदारले बताए।  

हालको सैनिक कारबाहीबाट सयौं व्यक्तिको ज्यान गइसकेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कारबाही रोक्न इजरायली प्रधानमन्त्री नेतन्याहूलाई दुई पटक आग्रह गरेपनि त्यसलाई बेवास्ता गरेका छन्। गत साता लडाईं सुरु भएयता दुई मुलुकबीचको तिक्तता पहिलोपटक सतहमा देखा परेको छ।

सैनिक मुख्यालयको भ्रमणपछि प्रधानमन्त्री नेतन्याहूले बुधबार अमेरिकी राष्ट्रपतिको समर्थनको प्रशंसा गरका थिए। नेतन्याहूले आफ्ना नागरिकको सुरक्षाको प्रत्याभूति हुने अवस्था सिर्जना नहुँदासम्म सैनिक कारबाहीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।  

अमेरिकी राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नेतन्याहूलाई फोन गरी युद्धबिराम गर्ने गरी आफ्ना आक्रामक कारबाही स्थगन गर्न आग्रह गरेका थिए। तर पहिलो पटक फोन गर्दा बाइडेनले इजरायलमाथि दबाब दिएका थिएन। तर मानवीय र भौतिक क्षति बढ्दै गएपछि बाइडेन प्रशासनमाथि दबाब बढ्न थालेको छ।  

इजिप्टका मध्यस्थकर्ताले पनि युद्ध रोक्नेतर्फ कार्य गरिरहेका छन्। उनीहरुले इजरायलको जवाफको प्रतिक्षा गरिरहेको बताएका छन्।  

हमासका एक जना वरिष्ट अधिकारी मौसा अबु मार्जोकले लेबनानी टेलिभिजनसँग कुरा गर्दै एक दुईदिन भित्रै युद्धबिराम हुने अपेक्षा गरिएको बताएका छन्।

जर्मनीका विदेश मन्त्री हेको मास पनि इजरायली र प्यालेस्टिनीसँग वार्ता गर्न बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन्। इजरायलको विदेश मन्त्रालयले इजरायलको कारबाहीप्रति समर्थन जनाउन स्लोभाकिया र चेक गणतन्त्रका विदेश मन्त्रीहरुले इजरायल भ्रमण गर्न लागेको जनाएको छ।  

इजरायल र हमासबीचको पछिल्लो युद्ध गत मे १० तारिखदेखि सुरु भएको हो। पूर्वी जेरुसेलमस्थित अल अक्सा मस्जिद परिसरमा प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच निकै दिनदेखि जारी भिडन्त पश्चात हमास लडाकूले जेरुसेलमलाई लक्षित गरी लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले हमासविरुद्ध कारबाही थालेको थियो।  

अल अक्सा मस्जिद परिसरमा प्रहरीको दमनका साथै यहूदीहरुले दर्जनौं प्यालेस्टिनी परिवारलाई विस्थापित गर्न खोजेपछि परिस्थिति अझ जटिल बनेको थियो।  

त्यसयता, इजरायलले सयौं हवाई हमला गरिसकेको छ। इजरायलको भनाईमा यी आक्रमणहरु हमासका सबै किसिमका पूर्वाधार ध्वस्त बनाउन केन्द्रित रहेको छ। हमासले पनि चार हजारभन्दा बढी क्षेप्यास्त्रहरु इजरायलतर्फ प्रहार गरेको जनाएको छ।  

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणबाट कम्तीमा २२७ जनाको मृत्यु भएको छ जसमा ६४ जना बालबालिका र ३८ जना महिला छन्। आक्रमणबाट एक हजार ६२० जनाभन्दा बढी घाइते भएका छन्। हमास र इस्लामिक जिहादले आफ्ना कम्तीमा २० जना लडाकू मारिएको जनाएका छन् तर इजरायलले १३० जना हमास लडाकू मारिएको दाबी गरेको छ।  

इजरायली आक्रमणको त्रासका कारण झण्डै ५८ हजार प्यालेस्टिनी बिस्थापित भएका छन्। इजरायलतर्फ पाँच वर्षका एक बालकसहित १२ जनाको मृत्यु भएको छ।  

इजरायली आक्रमणबाट कम्तीमा १८ वटा अस्पताल र क्लिनिकमा क्षति पुगेको छ भने एउटा स्वास्थ्य संस्था क्षतिग्रस्त भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।  

सन् २०१४ यताको सबैभन्दा डरलाग्दो हमला मानिएको यस पटकको युद्धलाई लिएर विश्वका विभिन्न स्थानमा इजरायलविरुद्ध प्रदर्शनहरु भएका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस