लन्डनमा हुने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको तयारी पूरा
०१ असोज २०७८
•
४ मिनेट पाठ
लन्डनमा हुने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको तयारी पूरा
गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको स्वास्थ्य समितिले लन्डनमा शुक्रबारदेखि गर्न लागेको तीन दिने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको तयारी पूरा भएको छ।




नेपाल पत्रकार महासंघ बेलायतको संयोजनमा बिहीबार सांझ सम्पन्न पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रमको तयारी पूरा भइसकेको र सम्मेलन भर्चुअल तथा प्रत्यक्ष दुवै माध्यमबाट हुने जानकारी दिए।

पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका संयोजक एवं सम्मेलनका अन्तर्राष्ट्रिय संयोजक डा. सन्जिव सापकोटाले सम्मेलनका लागि करिब एक वर्ष देखिको तयारी पूरा भएको बताए।

यही सेप्टेम्बर १७ शुक्रबारदेखि १९ सम्म हुने सम्मेलनमा नेपाल, बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानेडा, जापान, बंगलादेशसहित कयौं देशका हजारौं स्वास्थ्यकर्मी, अनुसन्धाता, वैज्ञानिक लगायत सहभागी हुने अपेक्षा छ।

नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल काउन्सिल अष्ट्रेलिया, नेपलिज डक्टर्स एसोसिएसन यूके, नेपलिज नर्सिङ एसोसिएसन यूके, रोयल कलेज अफ एडिनबरा, यूके नर्सिङ सोसाइटी जस्ता स्वास्थ्य संस्थाहरुको पनि सहभागिता रहने छ।

सम्मेलनमा ५० भन्दा बढी नेपाली चिकित्सकले आआफ्नो कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ।

तीन दिने सम्मेलनको पहिलो दिन चिकित्सकहरुले भर्चुअल माध्यमबाट आआफ्ना अनुसन्धान पत्र प्रस्तुत गर्ने, दोस्रो दिन लण्डनस्थित नेपाली दूतावास भवनबाट सम्मेलन उद्घाटन र समापन अल्डरसटमा गर्ने तयारी छ।

सेप्टेम्बर १९ मा लन्डन घोषणापत्र जारी  गर्दै सम्मेलन समापन गरिने एनआरएनएले जनाएको छ।

सापकोटाका अनुसार सम्मेलनमा विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था, कोभिड १९ महामारीको प्रभाव र चुनौती, नेपालमा खोपको सम्भावना, मुटुरोग, बालबालिका तथा महिलाहरुको स्वास्थ्य अवस्थालगायत विषयमा विज्ञ चिकित्सकहरुले कार्यपत्र पेश गर्ने छन्।

कोभिड १९ महामारीको प्रभाव र चुनौती, विदेशमा नेपालीको स्वास्थ्य अवस्था, नेपालमा कोभिड खोप, मुटुरोग, बालबालिका तथा महिलाहरुको स्वास्थ्य अवस्थालगायत विषयमा विज्ञ चिकित्सकहरुले कार्यपत्र पेश गर्ने संयोजक सापकोटाले जानकारी दिए।

सापकोटाले बेलायतवासी नेपालीलाई मध्यनजर गर्दै वाक एण्ड रन कार्यक्रम, अल्डरसटमा हेल्थ स्क्रिनिङ कार्यक्रम राखिएको पनि बताए।

सम्मेलनको यूके आयोजक कमिटीका संयोजक डा. सुनिल शाहले शनिबार लन्डनस्थित नेपाली दूतावासमा हुने उद्घाटनमा बेलायतस्थित स्वास्थ्यविज्ञहरु सहभागी हुने बताए। बेलायतको रेड लिष्टका कारण नेपालबाट भने स्वास्थ्यविज्ञहरु प्रत्यक्ष सहभागी हुन नसकेको पनि शाहले जनाए।

सम्मेलनपछि आफूहरुले सुझाव सल्लाह दिने तर कार्यान्वयन भने नेपाल सरकारमा निर्भर रहने शाहले बताए। उनले भर्चुअल रुपमा सम्मेलनमा जोडिन विश्वभरका नेपालीलाई अपिल पनि गरे।

बेलायतस्थित हडर्सफिल्थ युनिभर्सिटीका प्राध्यापक, सेन्टिफिक कमिटीका संयोजक एवं जनस्वास्थ्य विज्ञ डा। पदम सिम्खडाले सम्मेलन नेटवर्क निर्माण, विभिन्न छलफलमार्फत ज्ञान आदानप्रदान र अन्तिममा त्यसको निष्कर्षसहित जारी गरिने लन्डन घोषणापत्रले उपलब्धिमुलक बन्ने बताए।

सम्मेलनले पब्लिक हेल्थबारे नीति निर्माणमा सघाउने पनि डा. सिम्खडाको विश्वास छ।

सिम्खडाले सम्मेलनमा विभिन्न ६ सेन्टिफिक सेसनमा तीस वटा कार्यपत्र प्रस्तुत गरिने जनकारी दिए।

उक्त सम्मेलन स्वास्थ्य क्षेत्रमा अनुसन्धान, स्वास्थ्य प्रवर्धन, प्रयोगशाला, नेपालमा रोग नियन्त्रण केन्द्र, नेटवर्किङलगायत स्वास्थ्यसम्बन्धी उपचार रोकथाम र व्यवस्थापनका विषयमा केन्द्रित रहने आयोजकले बताएका छन्।

नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवको आतिथ्यमा हुने सम्मेलनलाई एनआरएनए अध्यक्ष कुमार पन्त, लन्डनस्थित नेपाली राजदूत लोकदर्शन रेग्मी, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, बेलायती उपल्लो सदनकी सदस्य लर्डस् ब्यारोनेस क्यानेडी, यूके नर्सिङ सोसाइटीकी ट्रेसी बडिङ, नेपाल सरकार स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, डा. सुनिल शाह, गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मा, एनआरएनए स्वास्थ्य अनुसन्धान समितिका संयोजक डा. बोधराज सुवेदीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

यसअघि अमेरिकामा पहिलो र दोस्रो स्वास्थ्य सम्मेलन भएको थियो।

नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रम महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेका थिए।

सम्मेलनमा पत्रकारहरु नविन पोखरेल, चिरन शर्मा, ध्रुवराज अर्याल, शिव भण्डारी, नरेन्द्र बस्नेत, फडिन्द्र भट्टराई, बाचस्पति रेग्मी, विश्वासदीप तिगेला, मन्जु भण्डारी, मिलन तमु, राजकुमार थापा लगायतको सहभागिता थियो। पत्रकारले राखेका जिज्ञासाहरुको आयोजक समूहका डा. शाह र डा. सिम्खडाले जवाफ दिएका थिए।
अर्को समाचार
लन्डनमा एनआरएनए तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरु
०३ असोज २०७८
•
३ मिनेट पाठ
लन्डनमा एनआरएनए तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरु
शनिबार यहाँस्थित नेपाली दूतावासमा तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको औपचारिक शुरुवात गरिएको छ।




बेलायतका लागि नेपाली राजदूत लोक दर्शन रेग्मी तथा स्वास्थ्य राज्य मंत्री उमेश श्रेष्ठले नेपालबाट संयुक्तरुपमा उद्घाटन गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्य मंत्री श्रेष्ठले कोरोना महामारीको सुरुदेखि नै नेपाल र नेपालीलाई सघाएकोमा गैर आवासीय नेपाली संघ तथा संसार भरिरहेका नेपाली चिकित्साकर्मीहरुलाई धन्यवाद दिए।  

उनले नेपाल सरकारले जोखिममा रहेका सबै जनतालाई खोप पुराउने कामलाई सर्वोच्च प्राथमिकता दिएको जनाए।  

सम्मेलनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले विदेशका रहेका नेपालीहरूमा प्रशस्त सम्भना रहेको बताउँदै गैरआवासीय नेपाली संघको अभियानमा जोडिएर सकृय हुन आग्रह गरे। शर्माले संघ कोरोना महामारीमा विदेशमा अलपत्रमा परेका नेपालीहरूको उद्धारमा खटिएको बताए।

एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले यो सम्मेलन नेपाल बाहिर आयोजना गरिएको स्वास्थ्य सम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताए। उनले सम्मेलनमा नेपाल र नेपाल बाहिर बस्ने आम नेपालीहरुको स्वास्थ्यका बारेमा छलफल हुने जानकारी दिए। महामारीको बेलामा नेपालीहरुको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीन दिने सम्मेलन केन्द्रित रहने उनले जानकारी दिए।

उनले सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र पेश हुने तथा ५० भन्दा बढी कार्यशाला सन्चालन गरी समूहगत छलफल हुने जानकारी दिए।

नेपालका लागि ब्रिटिश राजदूत निकोल पोलिट ले ब्रिटेन ले नेपालको स्वास्थ्य सेवा लाई बलियो बनाउन लामो समय देखि सघा उदै आएको बताइन्। उनले कोभिड १९ संग जुध्न ब्रिटेनले नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

उनले सबै जनतालाई खोप पुर्‍यनउन तथा कोभिड १९ संग जुध्न नेपाल सरकारले गरिरहेको काममा सघाउन अन्तर्राष्ट्रिय समुदाय तयार रहेको पनि बताइन्।

सम्मेलनको सहआयोजक एनआरएनए एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले सम्मेलनकै क्रममा आइतबार भूतपूर्व गोर्खा लगायत नेपाली समुदायको स्वास्थ्य परिक्षण तथा च्यारिटी डिनर आयोजना गरिएको जानकारी दिए।

सम्मेलनका लागि यूके संयोजक डा. सुनील साहले हामीले यो महामारीबाट के सिक्यौं, अब के गर्नुपर्छ भन्ने विषयमा छलफल भैरहेको बताए।  

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, नेपाल नर्सिङ्ग संघकी अध्यक्ष प्रा मन कुमारी राई,  वायल कलेज अफ सर्जन्स एडिनबराका प्राध्यापक माइकेल ग्रीफिन, वायल कलेज  अफ नर्सिङ्गकी उपाध्यक्ष ट्रेसी बडिंग,  शेफिल्ड विश्वविद्यालायका प्राध्यापक एन्ड्रयु लि लगायतका वक्ताले शुभकामना दिएका थिए।  

सम्मेलनको वैज्ञानिक समितिका अध्यक्ष प्रा पदम सिम्खडा तथा डा बोधराज सुबेदीले सम्मेलनको कार्यक्रम पुस्तिका सार्वजनिक गरेका थिए। त्यस्तै डा एलिनी सुवेदी पोखरेलले संघको स्वास्थ्य समितिले भारतमा संचालन गरेको कार्यक्रमबारे जानकारी दिइन्।  

कार्यक्रमको संचालन आयोजक समिति सदस्य प्रसुना कँडेलले गरेकी थिइन् भने लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले सबै सहभागीहरुलाई स्वागत गरेकी थिइन्।

शुक्रबार बिहान भर्चुएल माध्यमबाट सुरु भएको सम्मेलन आइतबार साँझ लण्डन घोषणापत्र जारी गर्दै समापन हुने छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस