युरोपमा नेपाली मन
१४ कार्तिक २०७१
•
११ मिनेट पाठ
युरोपमा नेपाली मन
यता छ अमेरिका
समुद्री किनारदेखि माथि उठेको एकनासको सहर आकासबाट देखिन्छ । अग्ला चर्च, एकनासे पुराना घर सजिएका क्याटालिना सहर । फुटबल क्लबको दुनियाँमा धेरै सुनिने नाम बार्सिलोना । जहाँ क्याटालिनको बाक्लो बस्ती छ । यति बेला क्याटालिना स्वतन्त्र हुनुपर्छ भन्ने आन्दोलनले स्पेनलाई झस्काएको छ । झ्यालहरूमा क्याटालिनाको झन्डा फहराइएको छ । स्पेनबाट बार्सिलोना स्वतन्त्रताको माग गरिरहेछन्।spain




समुद्री किनारदेखि बार्सिलोनाको सेन्टर सुरु हुन्छ । पुरानो कला, मूर्ति, चित्र देखिने बार्सिलोना सेन्टरछेउमा अग्लो सालिक छ । सालिकमा दायाँ हातले कुनै दिशातर्फ देखाइएको छ । कोलम्बसले ‘यता छ, अमेरिका’ भनेर देखाएका हुन् भन्ने अर्थ लगाइँदो रहेछ । अमेरिका पत्ता लगाउने कोलम्बसको यात्रा त्यहीँबाट सुरु भएको रहेछ ।
नेपाली बसोबास गर्ने सागरदा फेमिला चर्च वरपरको अर्को सहर । चर्चित चर्च दुई सय वर्षदेखि निर्माणाधीन छ । दैनिक लाखको हाराहारीमा पर्यटकले पुग्दा रहेछन् । चर्चसँगै छेउबाट सुरू हुन्छ स्पेनको पर्यटकीय क्षेत्र बार्सिलोना घुमफिर । चर्चछेउबाट बस चढेपछि बार्सिलोना क्लब, ओलम्पिक डाँडा, समुद्री किनार घुमघाम ।
युरोपका अन्य मुलुक बस्ने नेपालीको भन्दा भिन्न जीवनशैली छ, स्पेनमा बसोबास गर्नेको । गैरआवसीय नेपाली संघ स्पेनका अध्यक्ष एकराज गिरीका अनुसार १० हजार हाराहारीमा पुगे त्यहाँ नेपाली । दूतावास छैन । समस्या परे फ्रान्स दूतावास जानुपर्छ । समयमा कहिल्यै काम नहुने । स्पेनमा सक्रिय सबै संघसंस्थाका प्रतिनिधिले एक स्वरमा भने, ‘खर्च कति लाग्छ संकलन गरेर नेपाल सरकारलाई सहयोग गर्छाैं । यहाँ एउटा दूतावास चाहियो ।’
स्पेनखबर डटकमका दीपक क्षेत्रीसहितको टोलीले उत्साहित हुँदै भन्यो, ‘हामीले नेता, पूर्व प्रधानमन्त्री, सभासद सबैलाई भन्यौं । तपाईंहरूले हाम्रो आवाज नेपाल सरकारलाई पुर्‍याइदिनुपर्‍यो ।’
हस्तलिखित राहदानी चल्ने समय सन् २०१५ सम्म हो । फाराम भर्‍यो तीन महिना लाग्ने । फाराममा कतिपयको अक्षर बिग्रिने, फ्रान्स दूतावासले फोन नउठाउने, परिवार लिन भारत पुगेर ४० हजार भारु बुझाउनुको पीडा उनीहरूले पोखे ।
‘दूतावासको आश्वासन दिएको पाँच वर्ष भइसक्यो । समस्या थपिँदै छ,’ जनसम्पर्क समितिका अध्यक्ष शालिकराम डुम्रे भन्छन् । अर्का जनप्रगतिशील मञ्चका अध्यक्ष महेश्वर कँडेलले भने, ‘कुटनीतिक, राजनीतिक पहुँचका आधारमा पहल गर्‍यौं । सुनुवाइ भएन । दूतावास भए यहाँ ८० प्रतिशत समस्या हल हुन्छ ।’
नेपालमा पहिलोपटक दोहोरी साँझ स्थापना गर्ने ‘पुकार दोहोरी साँझ’का मुक्त गुरुङ त्यहीँ भेटिए । ‘नेपालमा पनि व्यवसाय थालेकै हो । विभिन्न कारणले हामी यहाँ आएका छौं । नेपाल सरकारले दूतावास राखेर न्याय दिन्छ भन्ने आशा छ,’ गुरुङले भने ।
‘नेपालमा केही घटना हुँदा हाम्रो मन रुन्छ,’ उनीहरू एक स्वरमा भन्छन्, ‘स्पेनमा आर्थिक मन्दीले हामी अप्ठ्यारोमा छौं । तर पनि छाक कटाएर बाढीपीडितलाई सहयोग गरेका छौं । राहत नपाएको समाचार सुन्छौं । योभन्दा बिजोग के हुन्छ ?’
‘स्पेनलाई फुटबलले धानेको छ,’ सञ्चारकर्मी वसन्त रानाभाट अनुभव सुनाउँछन् । सेप्टेम्बर १७ मा बार्सिलोनाको खेल थियो । साढे १२ बजेसम्म फुटबल हेर्दै रेस्टुरेन्टमा खानपिन गर्नेको हुल देखियो । नजिकै घरेलु मैदानमा फुटबल खेलिरहेका बार्सिलोनाका स्ट्राइकर मेस्सीको चर्चा हुँदो रहेछ । रेस्टुरेन्टमा उनीहरू भन्दै थिए, ‘म्यासी, म्यासी...।’

अन्तिम भूमि पोर्चुगल


portugal

पोर्चुगल युरोपको अन्तिम भू–भाग हो । जहाँ पुगेपछि समुद्र सतह र अर्को महादेश सुरु हुन्छ । ग्रामीण क्षेत्र देखिने पोर्चुगलमा छ, युरोपको सबैभन्दा लामो समुद्री पुल । पुलबाट यात्रापछि स्पेन, बेल्जियम हुँदै युरोपका अन्य मुलुक छिचोल्न सकिन्छ । युरोपियन युनियनभित्रका देशमध्ये पोर्चुगल पनि आर्थिक मन्दीले उठ्न सकेको छैन । तर, अहिले नेपाली समुदायको मुख्य गन्तव्य स्थल बनेको छ । 
रोजगार र आर्थिक पाटोबाट नेपालीले त्यसलाई गन्तव्य बनाएका होइनन् । मुस्किलले ज्यान धान्न युरोपमा काम गरेका छन् । पोर्चुगलमा पिआर बनाउन केही सहज छ । 
लिसबोन पोर्चुगलको पुरानो सहर । शान्त, ट्याक्सीको यात्रा रमाइलै देखिन्छ । नेपाली आस्था, जातजाति, क्षेत्रीय सामाजिक संस्था भएको पोर्चुगलमा आफ्नै व्यवसायमा रमाएका छन् । नयाँ जाने नेपालीको समाज सेवा रमाइलै भएको सुनाए मगर समाज, पोर्चुगलका अध्यक्ष लालबहादुर पुनले । ‘थोरै कमाइमा बाँचेका छौं । सबै व्यापारमा व्यस्त छन्,’ समाजसेवी राममणि रिजालले भने ।

मिसन इपर


nepali chhalfal

युरोपमा नेपाली कहिले गए ? तथ्य पहिलो विश्वयुद्धमा त्यहाँ पुगेको इतिहास देखिन्छ । सन् १९१४–१५ मा बेल्जियमको इपरमा गोरखा सैनिकले लडाइँ गरेका थिए । त्यहाँ रहेको स्मारकमा गोरखाली सेनाको नाम, दर्जा, पल्टन प्रस्टै लेखिएको छ ।
बेल्जियम र नेपालबीचको सम्बन्धले ५० वर्ष पार गरेको छ । सेप्टेम्बर ४ मा दुई देशबीचको कुटनीतिक सम्बन्धको ५० वर्ष एक समारोहबीच ब्रसेल्समा मनाइयो । १९ अगस्त १९६३ मा कुटनीतिक सम्बन्ध गाँसिएको थियो । नेपाली दूतावास बेल्जियम र परराष्ट्र मन्त्रालय बेल्जियम, युरोपियन इन्स्टिच्युट फर एसियन स्टडिजको सहकार्यमा ५० औं वर्षगाँठ मनाइएको थियो ।
बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेलले नागरिकसँग भने, ‘बेल्जियममा प्रथम विश्वयुद्धको शतवार्षिकी मनाइरहेको सन्दर्भमा इपर युद्धमा सहदात प्राप्त गर्ने गोरखाली सैनिकको स्मारक स्थापना गर्न गइरहेका छौं । यसले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनेछ ।’
स्टडिजका बोर्ड मेम्बर एडी लौरिसनले बेल्जियममा नेपालीहरू यहाँको समाजसँग घुलमिल भएर घनिष्ठता बढाएको चर्चा गरेका थिए । उनी भन्छन्, ‘नेपाली समाज बेल्जियम समाजसँग राम्ररी घुलमिल गरेर बसेका छन् । जसले दुई देशबीचको सामाजिक तथा सांस्कृतिक घनिष्ठता बढाएको छ ।’ उनले नेपालको ग्रामीण क्षेत्रमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा बेल्जियन नागरिकले विभिन्न अन्र्तराष्ट्रिय गैरसरकारी संघ–संस्थामार्पmत सहयोग गरिरहेको बताए ।
इपरमा पुर्खाको नाम खोज्न पहिलोपटक १० वर्षअघि नोभेम्बर ११ मा त्यहाँ पुगेका गमबहादुर गुरुङ सम्झन्छन्, ‘नोभेम्बर ११ मा शान्ति स्थापना भएको हो । खोज्दै गयौं । विभिन्न देशबाट आएकाले पुर्खालाई सम्झेर गएपछि बल्ल चेम्बरमा उभिएर हाते माइकबाट जानी–नजानी अंग्रेजीमा भाषण गरेँ ।’
नोभेम्बर ११ मा नेपाली पुर्खा सम्झन तमु समाज बेल्जियमले पहल गर्छ । अहिले गोरखा स्मारक तमु समाज वा कसैको नेतृत्वमा बनाउने बहस चलेको छ । तमु समाजले इपरमा गोरखा स्मारक बनाउने प्रस्ताव गरेको एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङ सुनाउँछन् । 
बेल्जियममा करिब सात हजार नेपाली बस्छन् । इपरमा गोरखाली सेनाले सहादत दिएको पत्ता लगाउने गमबहादुर गुरुङलाई संयोजक बनाउन सुझाउँछन्, समाजसेवी वीरभान घर्ती मगर ।
नेतृत्वको प्रस्ताव आएको स्वीकारे राजदूत पोखरेलले । ‘यसै वर्ष इपरमा गोरखाली सेनाको स्मारक बन्छ । नेतृत्वको प्रस्ताव आएको छ । दूतावासले सोचेर निर्णय गर्छ,’ पोखरेलले भने ।
अर्को समाचार
युरोपमा योगदान पुर्‍याउने नेपाली सम्मानित
२९ असार २०७३
•
६ मिनेट पाठ
युरोपमा योगदान पुर्‍याउने नेपाली सम्मानित
बसन्त रानाभाट




बार्सिलोना—युरोपमा सामाजिक,पत्रकारिता र संगीतको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरु सम्मानित भएका छन्। सोमबार स्पेनको बार्सिलोनामा एक भब्य समारोह बीच बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली,गैर आबासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रका संयोजक कुल आचार्य र बाँसुरी बाधक बिनोद कटुवाल सम्मानित भएका हुन्। युरोपबाट संचालित अनलाईन मिडिया नेपालीनेपाली डटकमले आफ्नो दोस्रो बार्षिकोत्सवको उपलक्ष्यमा तिनै जनालाई सम्मान गरेको हो। 

सन् १९७९ देखि झन्डै २७ बर्ष बीबीसी नेपाली सेबामा काम गरेर अबकास लिएका,बरिष्ट संचारकर्मी नेपालीलाई कार्यक्रमका प्रमुख अतिथि गैर आबासी नेपाली संघ (एनआरएनए) केन्द्रिय उपाध्यक्ष कुमार पन्तले दोसल्ला ओढाएर सम्मान गरे।  सन् २००६ नोभेम्बरमा विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त उनले उत्पादन गरेको पहिलो अडियो बुक हो।

बीबीसीमा सुनिरहेको आबाजलाई त्यहाँबाट अवकास लिए पनि स्रोताहरुले अडियो बुक मार्फत पुन: सुन्न पाउँदा झनै रुचाएका छन्।  उनले डायमनशमशेर राणाको सेतो बाघ, रमेश विकलको अविरल बग्दछ इन्द्रावती, योगी आनन्द अरुणको सन्त गाथा र लक्ष्मीप्रसाद देवकोटाका उत्कृष्ट कविताहरुको अडियो बुक, झमक घिमिरेको आत्मजीवनीपरक निवन्ध 'जीवन कांडा कि फूल'लाई  अडियो बुकको रुपमा ल्याएका छन्।

आचार्य युरोप वर्ष व्यक्ति

यस्तै गैर आबासीय नेपाली संघ युरोप क्षेत्रका संयोजक कुल आचार्य 'युरोप बर्ष व्यक्तित्व' घोषित भएका छन्। सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो। सन् २००३ देखि नै संघका गतिबिधिलाई,नजिकवाट बुझेका आचार्य गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युकेको सदस्य,कार्यसमिति उपाध्यक्ष हुँदै एनआरएनए युकेको अध्यक्ष समेत बने। उनले आईसीसी सदस्य हुँदै हाल युरोप क्षेत्रको संयोजकको रुपमा जिम्मेबारी सम्हालेका छन्। एनआरएन युकेको अध्यक्ष हुँदा आचार्यले साना- ठुला  गरी ६२ बढी  च्यारिटी कार्यक्रमहरु गरेका थिए।

कलाकारिताको क्षेत्रबाट चर्चित बाँसुरीबाधक बिनोद कटुवाल सम्मानित भएका छन्। ५ बर्ष देखि स्पेनमा बस्दै आएका कटुवालले बासुरीको धुनलाई अफ्रिका र साउथ अमेरिकाको संगीतमा मिसाएका छन्। बार्सिलोनामा खोलिएका रासाकान र आमानान्तु ब्याण्डसँग मिलेर, बिदेशी संगीतमा बासुरीको धुन मिलाउँदै उनि अनबरत संगीत यात्रामा लागि परेका छन्।

प्रमुख अतिथिको रुपमा बोल्दै एनआरएनए केन्द्रिय उपाध्यक्ष पन्तले मिडियासँगको सहकार्य र हातेमालो नै गैर आबासीय नेपाली संघ आजको स्थानमा आएको स्मरण गरे। बार्सिलोनामा भएको बिशेष समारोहमा एनआरएन अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद महिला फोरम संयोजक सपिला राजभण्डारी,सह -संयोजक रजनी प्रधान,आईसीसी सदस्यहरु डा. बिनय श्रेष्ठ,एकराज गिरी,एनआरएनए स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ,नेपाल पत्रकार महासंघ युरोप शाखाका सचिव हिरालाल श्रेष्ठ,एनआरएन स्बिजरल्याण्ड युवा फोरम संयोजक अर्जुन बस्ताकोटी,जंगम खड्का लगायत स्पेन स्थित संघ सँस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

नेपाल घुम्नका लागि सुरक्षित छ भन्ने सन्देशका साथ भएको कार्यक्रममा एक बिशेष भिडियो सामाग्री प्रस्तुत गरिएको थियो। तिन दशक देखि नेपाली अबैतानिक बाणिज्य दूतको रुपमा कार्यरत लुईस बेल्बिसले बिशेष अतिथिको रुपमा बोल्दै अन्य बेला भन्दा यो बेला नेपाल पुग्नु पर्नेमा जोड दिए।

स्बिजरल्याण्डका गायक सुभाष सुन्दास,संगीतकार रामु परियार लगायतका कलाकारहरुले लाईभ सांगीतिक प्रस्तुती राखेका थिए। स्थानीय कलाकारहरुले पनि बार्सिलोनालाई संगीतमय बनाएका थिए। मिडियाका प्रधान-सम्पादक बसन्त रानाभाटले एनआरएन अभियन्ता लगायत युरोपका चर्चित व्यक्तित्वहरुको बाक्लो उपस्थितिले कार्यक्रम ऎतिहासिक भएको बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस