यतिबेला गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारी तीव्र रुपमा भैरहेको छ।
संघको महाधिवेशन तथा विश्व सम्मेलनको तयारीको लागि संघका अध्यक्ष कुमार पन्त अहिले काठमाडौँमा सकृय रहेका छन्। आज जारी एक विज्ञप्ति अनुसार संघको नयाँ नेतृत्व चयनको लागि निर्वाचनका अधिकांश प्रक्रियाहरु सम्पन्न भएर आगामी २४ र २५ तारिख मतदानको तयारी गर्ने निर्वाचन समितिले गरेको छ।
यसैबीचमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले संघविरुद्धमा सामानन्तर सम्मेलनको आयोजना गरिएको भन्दै भ्रमक पत्राचार गर्ने र विभिन्न संचार माध्यमलाई गलत सूचना प्रभाह गरेको देखिएकाले त्यस्ता गतिविधि प्रति सचेत रहन संघका सम्पूर्ण सदस्यहरुलाई अपिल समेत गरिएको छ।
यस्तै लामालाई संघको लेटरप्याड, लोगो लगायत संस्थाका सदस्यहरुको व्यक्तिगत विवरणको दुरुपयोग नगर्न सचेत गराइएको छ भने संस्थालाई अहित हुने कुनै पनि गतिविधिमा संलग्न भएमा संघको विधान बमोजिम कार्यवाहीको प्रकृय समेत अघि बढाइने जानकारी दिइएको छ। यस्तै संघले सम्पूर्ण प्रतिनिधिहरुलाई उक्त निर्वाचनमा सहभागिता जनाउनको लागि अनुरोध पनि गरेको छ।
९औँ गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी निरीक्षण तथा आवश्यक समन्वयका लागि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष हेमराज शर्मा कतार आइपुगेका छन्।
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
कतार आगमनपछि शर्माले सम्मेलनकै सन्दर्भमा नेपाली राजदूतावाससँग विशेष समय लिएर भेटघाट तथा छलफल गरेका छन्। सम्मेलनको तयारी, दूतावाससँगको समन्वय, नेपाली समुदायको सहभागिता तथा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका साझा सवाललगायतका विषयमा छलफल भएको बताइएको छ।
त्यसैगरी, एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको अगुवाइमा कतारमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता तथा एनआरएनएका अभियन्ताहरूसँग शर्माको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम केही बेरमा आयोजना हुँदैछ।
आज (नोभेम्बर २९) साँझ दोहाको मुन्तजा इस्टेटस्थित गोर्खाली रेस्टुरेन्टमा हुने उक्त कार्यक्रममा सम्मेलनको तयारी, नेपाली समुदायको सहभागिता र एनआरएनएको आगामी भूमिकाबारे छलफल हुने एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले जानकारी दिएका छन्।
यसैबिच, एनआरएनए आईसीसीका उपमहासचिव मोहम्मद मुक्तदा मुसलमानले शर्माको कतार आगमनदेखि स्वागत तथा भेटघाटका कार्यक्रमहरूमा सहजीकरण गरिरहेका छन्। उनले सम्मेलनको तयारीका क्रममा हालसम्म भएका गतिविधि, प्रगति र व्यवस्थापकीय तयारीबारे आईसीसी अध्यक्ष शर्मालाई जानकारी गराइसकेको बताएका छन्। कतारस्थित नेपाली समुदायका सरोकारवाला तथा अभियन्ताहरूसँग आवश्यक भेटघाट र समन्वयका लागि पनि सहजीकरण भइरहेको उनले जनाएका छन्।
'सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान' भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या, सुरक्षित वैदेशिक रोजगारी, श्रमिक अधिकार, सामाजिक सुरक्षा, उद्धार तथा राहत, लगानी प्रवर्द्धन र प्रवासी नेपालीका साझा सरोकारका विषयमा छलफल हुनेछन्।
सम्मेलनको तयारीका लागि मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठको नेतृत्वमा विभिन्न समिति तथा उपसमितिहरू परिचालित छन्। मिडिया व्यवस्थापन, अतिथि सत्कार, आवास, यातायात, आर्थिक व्यवस्थापन, प्रायोजन तथा कार्यक्रम सञ्चालनलगायतका पक्षमा तयारी अघि बढाइएको छ।
यसअघि अक्टोबर ३० मा प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन आयोजना गरी सम्मेलनको उद्देश्य, तयारी र प्राथमिकताबारे जानकारी गराइएको थियो। त्यसयता आयोजक समिति, एनसीसी कतार तथा विभिन्न सामाजिक संघसंस्थाबिच आवश्यक समन्वय र सहकार्यका गतिविधि जारी छन्।
मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या र सम्भावनालाई साझा मञ्चमार्फत उठाउने उद्देश्यसहित आयोजना हुन लागेको सम्मेलनलाई सहभागितामूलक र परिणाममुखी बनाउन आयोजकहरू जुटिरहेका छन्।
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...