गोर्खाहरुको पेन्सन भारतको रिजर्भ बैंकमा जम्मा गर्दा नेपाललाई करोडौं नोक्सानी
१७ वैशाख २०७९
•
२ मिनेट पाठ
गोर्खाहरुको पेन्सन भारतको रिजर्भ बैंकमा जम्मा गर्दा नेपाललाई करोडौं नोक्सानी
बेलायतस्थित भूतपूर्व गोर्खाहरुको पेन्सन अहिलेसम्म पनि भारतको रिजर्भ बैंकमा जम्मा हुदाँ नेपाललाई करोडौं रुपैयाँ घाटा भएको भन्दै गोर्खाहरुले आपत्ति जनाएका छन्।




गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूके नेपालका प्रमुख संयोजक कृष्णबहादुर राई र ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान यूके नेपालका प्रमुख संयोजक सन्तोष थलङले बेलायतस्थित नेपाली दुतावासमार्फत अर्थमन्त्रीलाई एक पत्र लेख्दै सरकारको दशकौंदेखि स्टर्लिङ पाउण्डबाट भारु (भारतीय मुद्रा) हुँदै नेपाल आउने भूपुगोर्खाहरुको पेन्सन स्टर्लिङ पाउण्ड सिधै नेपाल राष्ट्र बैंकमै आउने व्यवस्था मिलाउन नेपाल सरकार तथा बेलायत सरकारसँग जोडदार माग गरेका हुन्।

पत्रमा 'देशलाई संकट परेको अवस्थामा हामीले हाम्रो जिन्दगीको बाजी लगाएर आर्जेको ब्रिटिश सेनाको पेन्सन र क्षतिपूर्ति पाउण्ड स्टर्लिङमै नेपाल राष्ट्र बैंकमा जम्मा हुने व्यवस्था मिलाई देशका लागि वैदेशिक मुद्रा आयात गर्ने दीर्घकालीन श्रोत निर्माण गरीदेशको अर्थतन्त्रमा योगदान पुर्‍याउन चाहन्छौं' उल्लेख छ।

उनीहरुले नेपालमा हाल अर्थतन्त्रमा देखिएको संकटप्रति चासो राख्दै नेपाली नागरिकता निरन्तरताको सुनिश्चितता नभएर दीर्घकालीन बसोबास नै बेलायतमा हुने परिस्थिति भए गोर्खाहरुले बाध्य भएर नेपालमा भएका आफ्नो चल–अचल सम्पत्ति बिक्री गरी अर्बौ अरब नेपाली मुद्रा बेलायत तिरै लैजानुपर्ने स्थिति सृजना हुने तर्फ सचेत गराएका छन्।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति तथा ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समितिले संयुक्त रुपमा शुक्रबार लण्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यमार्फत अर्थमन्त्रीलाई पेश गरेको पत्रमा  वैदेशिक मुद्रा आयात गर्ने दीर्घकालीन श्रोत निर्माण गरी देशको अर्थतन्त्रमा योगदान पुर्‍याउन लालायित भएको जनाउँदै गोर्खाहरुले यसका लागि तत्काल पहल गर्न नेपाल सरकारलाई विशेष सुझावसहित अनुरोध गरेका छन्।

उनीहरुले पत्रमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको निर्णायक आन्दोलन पश्चात नेपाल सरकार, बेलायत सरकार र गोर्खा प्रतिनिधिबीच सम्पन्न हुने वार्तामा समेत यो विषयलाई एक प्रमुख एजेण्डाका रुपमा समावेश गरिएको स्मरण गरेका छन्।

उनीहरुले वैदेशिक मुद्राको आयातलाई दीर्घकालीन श्रोतका रूपमा  नेपाली नागरिकताको निरन्तरताले समेत सहयोग पुग्ने बताउँदै नेपाल सरकारले ब्रिटिश गोर्खाहरु र तिनका सन्ततिहरुको वंशजको नेपाली नागरिकतालाई बेलायती अंगीकृत नागरिकता प्राप्त गरेता पनि निरन्तर कायम रहने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

बेलायतस्थित भूपुगोर्खाको समस्या समाधानको लागि नेपाल सरकारले बेलायतसँग वार्ताको लागि पहल गरिहेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ। दुई देशबीच हुने औपचारिक वार्ताको मिति दुई साताभित्र टुंगो लाग्ने अपेक्षा रहेको गोर्खा आन्दोलनका अगुवा ज्ञानराज राईले जनाए।
अर्को समाचार
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
२२ घण्टा अघि
•
२ मिनेट पाठ
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई भव्य र उपलब्धिमूलक बनाउने तयारी तीव्र पारिएको छ। मध्यपूर्वमा रहेका नेपालीहरूको एकता, श्रमिकका समस्या, सामाजिक सुरक्षा तथा नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदानलाई केन्द्रमा राखेर आयोजना हुन लागेको सम्मेलनमा विभिन्न व्यावसायिक संस्था तथा व्यक्तिहरू साझेदारका रूपमा जोडिएका छन्।




सम्मेलनमा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। समूहका निर्देशक सागर गुरुङले प्रवासी नेपालीको साझा अभियानलाई सहयोग गर्ने उद्देश्यले सम्मेलनसँग सहकार्य गरिएको जनाउँदै आगामी दिनमा पनि एनआरएनएसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार व्यवसायी, उद्यमी, समाजसेवी तथा प्रवासी नेपालीबीचको सहकार्यले सम्मेलनलाई व्यवस्थित बनाउनुका साथै यसले उठाउने मुद्दालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

रियल इस्टेट, हाउजिङ, केबलकार, जलविद्युत्, निर्माण, लगानी तथा औद्योगिक क्षेत्रमा सक्रिय रोड सो ग्रुपअन्तर्गत विभिन्न कम्पनी तथा व्यावसायिक परियोजनाहरू सञ्चालनमा छन्। समूहले आफ्नो व्यावसायिक अनुभव र स्रोतलाई प्रवासी नेपालीको सामाजिक तथा आर्थिक अभियानसँग जोड्ने उद्देश्यले सम्मेलनमा साझेदारी गरेको जनाएको छ।

सम्मेलनमा नेपालका सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। श्रममन्त्री रामजी यादव, प्रमुख राजनीतिक दलका सांसद, एनआरएनएका संस्थापक तथा पूर्वअध्यक्ष, उद्योगी, व्यवसायी, पत्रकार र कलाकारहरूको समेत सहभागिता रहने बताइएको छ।

आयोजकका अनुसार सम्मेलनलाई औपचारिक जमघटमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका साझा समस्या, सम्भावना र नेपालको समृद्धिका विषयमा ठोस छलफल तथा सहकार्यको साझा मञ्च बनाउने लक्ष्य राखिएको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस