काठमाडौं-गैर आवासिय नेपाली संघ(एनआरएन)को अफ्रिका संयोजक हिक्मत थापाले केन्द्रीय कार्य समितिको कोषाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनको विश्व सम्मेलन अक्टोबरमा काठमाडौंमा हुँदै छ।एनआरएनए नाइजेरियाका सस्थापक अध्यक्ष थापा यसअघि दुई कार्यकाल अफ्रिकाको क्षेत्रीय संयोजक थिए। अफ्रीका महादेशमा एनआरएनएको बिस्तारमा थापाले महत्वपूर्ण भूमिका खेलका छन्। थापा एन आरएनएका विभिन्न समिति,उपसमिति र कल्याणकारी परियोजना हरुमा समेत सदस्य रही सक्रिय योगदान दिई रहेका छन् | विशेष गरी अफ्रिकी मुलुकहरुमा दु:ख पाएका नेपालीहरुको उद्दार कार्य र अफ्रीकाबाट नेपालमा कल्याणकारी र मानवीय सहयोग संयोजन गरि पठाउनमा थापाको योगदान रहेको छ। सन् २००७ देखि एनआरएनए अभियानमा थापा सक्रिय छन् | थापाले एनआरएनएलाई बैदेशिक रोजगारमा रहेका नेपालीहरुका समस्यामाथि बढी केद्रित र उनीहरुको सहभागिता बढाउने तर्फ सहज गर्न पहल गर्ने, नेपालमा वैदेशिक लगानी भित्र्याउन एनआरएनए लाइ सस्थागत सहजीकरण केन्द्रको रुपमा विकसित गर्ने तर्फ आफ्नो प्रयास रहने बताए।
अर्को समाचार
एनआरएन कोषाध्यक्षमा थापाको उम्मेद्वारी घोषणा
अर्को समाचार
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
९औँ गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी निरीक्षण तथा आवश्यक समन्वयका लागि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष हेमराज शर्मा कतार आइपुगेका छन्।
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
कतार आगमनपछि शर्माले सम्मेलनकै सन्दर्भमा नेपाली राजदूतावाससँग विशेष समय लिएर भेटघाट तथा छलफल गरेका छन्। सम्मेलनको तयारी, दूतावाससँगको समन्वय, नेपाली समुदायको सहभागिता तथा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका साझा सवाललगायतका विषयमा छलफल भएको बताइएको छ।
त्यसैगरी, एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको अगुवाइमा कतारमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता तथा एनआरएनएका अभियन्ताहरूसँग शर्माको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम केही बेरमा आयोजना हुँदैछ।
आज (नोभेम्बर २९) साँझ दोहाको मुन्तजा इस्टेटस्थित गोर्खाली रेस्टुरेन्टमा हुने उक्त कार्यक्रममा सम्मेलनको तयारी, नेपाली समुदायको सहभागिता र एनआरएनएको आगामी भूमिकाबारे छलफल हुने एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले जानकारी दिएका छन्।
यसैबिच, एनआरएनए आईसीसीका उपमहासचिव मोहम्मद मुक्तदा मुसलमानले शर्माको कतार आगमनदेखि स्वागत तथा भेटघाटका कार्यक्रमहरूमा सहजीकरण गरिरहेका छन्। उनले सम्मेलनको तयारीका क्रममा हालसम्म भएका गतिविधि, प्रगति र व्यवस्थापकीय तयारीबारे आईसीसी अध्यक्ष शर्मालाई जानकारी गराइसकेको बताएका छन्। कतारस्थित नेपाली समुदायका सरोकारवाला तथा अभियन्ताहरूसँग आवश्यक भेटघाट र समन्वयका लागि पनि सहजीकरण भइरहेको उनले जनाएका छन्।
'सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान' भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या, सुरक्षित वैदेशिक रोजगारी, श्रमिक अधिकार, सामाजिक सुरक्षा, उद्धार तथा राहत, लगानी प्रवर्द्धन र प्रवासी नेपालीका साझा सरोकारका विषयमा छलफल हुनेछन्।
सम्मेलनको तयारीका लागि मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठको नेतृत्वमा विभिन्न समिति तथा उपसमितिहरू परिचालित छन्। मिडिया व्यवस्थापन, अतिथि सत्कार, आवास, यातायात, आर्थिक व्यवस्थापन, प्रायोजन तथा कार्यक्रम सञ्चालनलगायतका पक्षमा तयारी अघि बढाइएको छ।
यसअघि अक्टोबर ३० मा प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन आयोजना गरी सम्मेलनको उद्देश्य, तयारी र प्राथमिकताबारे जानकारी गराइएको थियो। त्यसयता आयोजक समिति, एनसीसी कतार तथा विभिन्न सामाजिक संघसंस्थाबिच आवश्यक समन्वय र सहकार्यका गतिविधि जारी छन्।
मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या र सम्भावनालाई साझा मञ्चमार्फत उठाउने उद्देश्यसहित आयोजना हुन लागेको सम्मेलनलाई सहभागितामूलक र परिणाममुखी बनाउन आयोजकहरू जुटिरहेका छन्।

यो पनि पढौँ
ट्रेन्डिङ