नेपाललाई कहिल्यै बिर्सन सक्दिँन: अमेरिकी राजदूत
०४ असोज २०७९
•
५ मिनेट पाठ
नेपाललाई कहिल्यै बिर्सन सक्दिँन: अमेरिकी राजदूत
फाइल तस्बिर।
कमलविनायकस्थित सरस्वती विद्यागृहदेखि नजिकै उत्तरतर्फको गल्लीसम्म बाँसको खम्बामा लहरै ठूलाठूला पहेँलो कपडाको झण्डा झैँ देखिने तोरणले सिँगारिएको छ। गल्ली छिर्नेबित्तिकै काठ र दाँची अप्पालगायतका पुराना इँटाले बनेको चारतले ठूलो विशाल भवन देखिन्छन्।




भवनको मूल ढोकाबाट छिर्नेबित्तिकै लहरै बसेका कालीगढ हातमा छिना र हथौडा लिएर ढुङ्गामा विभिन्न देवीदेवताको मूर्ति कोर्दै गरिरहेका देखिन्छन्। आँगनका बीचमा पलेटी मारेको बुद्धको मूर्तिसँगै विशालरुपमा उभिएको एक ऋषिको ठूलो मूर्ति, वरपर भित्तामा विभिन्न देवीदेवता, ऋषिमुनि र नेपाली कला तथा संस्कृति झल्कने मूर्ति टपक्क बसेका देखिन्छन्।

मूल ढोकाबाट भित्र पसेदेखि नै मूर्तिको सङ्ग्रहालयमा छिरे जस्तै अनुभूति गराउँछ यहाँको दृश्यले। भवनको प्रत्येक कुनामा विभिन्न देवीदेवताका ढुङ्गाका आकर्षक मूर्ति छन्। पाँचौँ तलासम्म काठको भ¥याङ उक्लँदै जाँदा कुना र भित्तामा राखिएका ढुङ्गाका आकर्षक मूर्ति र कोठामा लहरै खोपीमा राखिएको अरु मूर्तिले नेपालको सिङ्गो सम्पदालाई यहीँ भवनले झल्काइरहेको आभास हुन्छ।

मूर्ति सङ्ग्रहालय झैँ लाग्ने नेपाल भोकेसनल एकेडेमीको यो भवन प्रवेश गरेसँगै दङ्ग परे नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी। नेपालबाट हराएर अमेरिका पुगेका मूर्ति नेपालमै  फिर्ता गर्न र नेपाली सम्पदाको संरक्षणमा महत्वपूर्णसहयोग पुर्‍याएको खुसियालीमा आरपी फाउण्डेसनले आफ्नो सम्मानमा आयोजना गरेको अभिनन्दन कार्यक्रममा सहभागी भएका राजदूत बेरी ढुङ्गाका आकर्षक मूर्तिकलाको अनुपम नमूना देखेर छक्क पर्दै केहीबेर त्यहाँका दृश्यमै हराए।

नेपालको सम्पदा संरक्षण एवं चोरिएका मूर्ति नेपाल फिर्ता ल्याउने अभियानका अभियन्ता तथा  सम्पदाविद् रवीन्द्र पुरी, अभिनन्दन एवं बिदाइ कार्यक्रममा आउने विदेशी पाहुना, संस्कृतिकर्मी, पुरातत्वविद् एवं सहभागी महत्वपूर्ण व्यक्तिसमेत त्यहाँको दृश्यले  निकै मोहित भए।  

राजदूत बेरीको कार्यकाल पूरा भएर एक सातापछि घर फिर्न फिर्ने क्रममा आयोजित बिदाइ र अभिनन्दन कार्यक्रममा जब आरपी फाउण्डेसन फर कञ्जरभेसनका अध्यक्षसमेत रहनुभएका सम्पदाविद् पुरीले रातो कपडाले छोपेर राखेको लक्ष्मीनारायणको ढुङ्गाको आकर्षक मूर्ति उपहारस्वरुप दिए, तब बेरीको खुसीको सीमा नै रहेन। उनले मूर्तिसँगै उभिएर निकै तस्बिर खिचाए।

पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट चोरी भएको लक्ष्मीनारायणको मूर्ति अमेरिकाको डल्लास म्युजियममा फेला परेपछि राजदूत बेरीसहितको विशेष पहलमा एक वर्षअघि घरफिर्ता ल्याएर गत वर्ष सोही मन्दिरमा बेरीसहितको उपस्थितिमा प्रतिस्थापन गरिएपछि निकै चर्चामा आएको थियो। आरपी फाउन्डेसनले निर्माण गरेको त्यही मूर्तिको प्रतिरुप राजदूत बेरीलाई सम्पदाविद् पुरीले उपहार दिएपछि उनी निकै दङ्ग परे।  

‘हामीे पनौतीमा म्युजियम अफ स्टोलन आर्टस् स्थापना गर्दैछौँ, त्यसको तयारी करिब पूरा भइसकेको छ। लक्ष्मीनारायण मूर्तिको प्रतिरुप बनाएर पनौतीको निर्माणाधीन ‘म्युजियम अफ स्टोलन आर्टस्’मा राख्ने तयारी गरिरहेका छौँ’, उनले भने, ‘पाटनबाट हराएको त्यहीँ मूर्ति राजदूत बेरीसहितको सहयोगमा घरफिर्ता गर्न सफल भएपछि आज त्यही मूर्तिको प्रतिरुप उहाँलाई उपहार दिन पाउँदा हामी पनि निकै खुसी भएका छौँ।’

सन् ९० को दशकसम्ममा नेपालबाट हराएका सम्पदाको कुनै अत्तोपत्तो नभएका अवस्थामा पुरातत्वविद् लैनसिंह वाङ्देलको  कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ ९१९८९० प्रकाशन भएपछि भने नेपालबाट हराएर विदेशमा पुगेका मूर्तिका बारेमा जानकारीसहित चासो बढेको थियो। आरपी फाउन्डेशन फर कन्र्जभेसनले काभ्रेको पनौतीमा सन् २०२३ भित्र सञ्चालनमा ल्याउन लागिएको ‘म्युजियम अफ स्टोलन आर्टस्’मा नेपालबाट चोरिएका र बाङ्देलको पुस्तकमा समेटिएका ५० वटा विशिष्ट मूर्तिको प्रतिरुप निर्माण गरेर म्युजियम सञ्चालनमा ल्याउने अन्तिम कार्य भइरहेको सम्पादाविद् पुरीले बताए।  

म्युजियममा राख्नका लागि अहिलेसम्म ४० वटा मूर्तिको प्रतिरुप तयार भइसकेको जानकारी दिँदै उहाँले अबको एक वर्षमा सञ्चालनमा आउने म्युजियमले नेपालको प्रमुख सम्पदा र मूर्तिकला संरक्षणका साथै यसको महत्वलाई विश्वमाझ फैलाउन अझ टेवा पुग्ने जानकारी गराए। आफ्नो देशको सम्पत्ति घरफिर्ता ल्याउन सम्बद्ध मुलुक, कूटनीतिक नियोग, पुरातत्वसहितको निकायले राजदूत बेरीजस्तै अनुकरणीय काम गरिदिए नेपालबाट चोरिएका र हराएर विदेश पुगेका नेपाली सम्पदाको घरफिर्तीमा थप टेवा पुग्ने सम्पदाविद् पुरीको भनाइ थियो।

अमेरिकी राजदूत बेरीले आफू जहाँ पुगे पनि सधै नेपाललाई आफ्नो मनभित्र राख्ने बताए। उनले भने, ‘नेपाली सम्पदाको संरक्षण र सम्वद्र्धनमा अमेरिकी दूतावासमा रहेको एम्बेसेडर फन्ड फर कल्चरल प्रिजर्भेसनले धेरै काम गरेको छ, म संसारको जुनसुकै कुनामा पुगे पनि नेपाल मेरो मनमा रहनेछ।’ नेपालको कला, संस्कृति र सम्पदा सदैव संरक्षण, सम्वद्र्धन भएको आफूले हेर्न चाहेको भन्दै उनले नेपालको मूर्तिकला र यहाँको सम्पदा बिर्सनै नसकिने  बताए।  

पत्रकार कनकमणि दीक्षितले राजदूत बेरीको सहयोग र सक्रियताले हाम्रो सम्पत्ति घर फर्काउन सकिएको भन्दै नेपाल सम्पदाकाबारेमा विश्वमा सूचना एवं समाचार सम्प्रेषण हुन थालेपछि निकै उत्साहजनक अवस्था आएको चर्चा गरे। विभिन्न समयमा विभिन्न मन्दिरबाट हराएर अमेरिका पु¥याइएका मूर्तिको घरफिर्तीमा राजदूत बेरीले गर्नुभएकोे सहयोग र सक्रियता निकै सराहनीय भएको उनले उल्लेख गरे।  

नेपालमा दैनिकरुपमा भगवान्का मूर्तिमा अबिर र टीका लगाइदिए पनि यहाँको महत्वबारे विश्वलाई बुझाउन नसकिएको भन्दै पत्रकार दीक्षितले नेपालको सम्पदा पुनःस्थापना अभियानमा राजदूत बेरीको सक्रियता र सहयोग निकै सरानीय रहेको चर्चा गरे।  

नेपालबाट हराएर अमेरिककाको विभिन्न सहर एवं सङ्ग्रहालयमा पु¥याइएका १७ वटा मूर्ति सन् २०२१ मार्चदेखि २०२२ अगस्टसम्म राजदूत बेरीकै सहयोगमा फिर्ता भएका थिए।  

यसरी फिर्ता भएका मूर्तिमा पाटनस्थित नारायण मन्दिरको लक्ष्मीनारायण, सिटेड गणेश, गोल्ड सिटेड बुद्ध, अप्सरा आकृतिको डुँडाल, इटुबहाल महाबिहारको अप्सरा गन्धर्व, यमपी विहारको मुख्य ढोकाको तोरण, काठमाडौँ ओमबहालको अक्शोभ्य बुद्ध, पाटन गहिटीको उमामहेश्वर, पशुुपति मन्दिरको चतुर्मुखी शिवलिङ्ग, पाटनको औलोक्श्वर ललितपुरकै बुद्ध, नक्सालको नागराज, भक्तपुर गोल्मढीको पार्वती तारा, टेकु नारायण मन्दिरको मूर्ति, कङ्केश्वरी मन्दिरको शिव र काठमाडौँको दुर्गा महिसासुरमर्दनी सम्पदा रहेका छन्।
अर्को समाचार
अमेरिकी राजदूतले प्रधानमन्त्री ओलीलाई भेटे
१० माघ २०७७
•
१ मिनेट पाठ
अमेरिकी राजदूतले प्रधानमन्त्री ओलीलाई भेटे
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाइडेनले कार्यभार सम्हालेलगत्तै नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । उनले जलवायु परिवर्तन, कोभिड–१९ लगायत स्वास्थ्य संकट एउटा मुलुकको मात्र समस्या नभई साझा चुनौती भएकाले यस्ता चुनौतीमा वाइडेन प्रशासनले नेपाललगायत अन्य मुलुकसँग कसरी साझेदारी गर्न चाहन्छ भन्नेबारे छलफलका लागि प्रधानमन्त्री ओलीसँग भेट गरेको बताएका छन् । 




राजदूत बेरीले सामाजिक सञ्जाल ट्विटमार्फत प्रधानमन्त्री ओलीसँगको भेटबारे जानकारी गराएका हुन् । अमेरिकामा राष्ट्रपति परिवर्तनसँगै नेपाललगायत मुलुकलाई अमेरिकाले हेर्ने दृष्टिकोणमा परिवर्तन होला या नहोला भन्नेबारे विभिन्न टीकाटिप्पणी भइरहेका बेला अमेरिकी राजदूतले प्रधानमन्त्रीलाई भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस