स्कटल्याण्डस्थित नेपाली समुदायले यस वर्षको हरितालिका तीज भव्य रूपमा मनाएको छ। फाइव नेपाली कम्यूनिटी र यूरोपियन नेपाली समाज स्कटल्याण्डको संयुक्त आयोजनामा सोमवार फाइवस्थित रोयल ब्रिटिश लेजेन्ट कम्यूनिटी हलमा तीज विशेष कार्यक्रम सम्पन्न भयो।
कार्यक्रमको मुख्य आकर्षण रहिन्, नेपाली लोक तथा दोहोरी गायिका कोमल ओली। उनले ‘बाझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’ गीतबाट प्रस्तुतीको शुरुवात गर्दै हलमा उपस्थित सयौँ दर्शकलाई झुमाइन्।
विशेषगरी उनको लोकप्रिय तीज गीत ‘पोइल जान पाम शिव’ मा दर्शकहरूले उत्साहपूर्वक साथ दिए। त्यसपछि उनले ‘आउ दिदि बहिनी’, ‘सुनिदेउ शिव’, ‘लास्टै चोटी हो’, ‘म त नाच्दिन केरे’, ‘हल्ला भो शिवजी’ लगायतका चर्चित तीज गीतहरू प्रस्तुत गरिन्। उनका गीतमा देखिने महिला भावनाको कथा, परिवार–समाजको सन्देश र संस्कृतिको संरक्षण दर्शकले उच्च मूल्याङ्कन गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू पूर्व सांसद भएको उल्लेख गर्दै भविष्यमा राष्ट्रिय राजनीतिमा सक्रिय रहने संकेत दिइन्। उनले भने, ‘मेरो गीतसंगीतबाट हुने आम्दानीको केही हिस्सा दाङमा सञ्चालन भइरहेको एम्बुलेन्स सेवामा सहयोग गर्नेछु।’ विगत दुई सातादेखि बेलायतका विभिन्न सहरहरूमा निरन्तर प्रस्तुती दिँदै आएकी ओलीको स्कटल्याण्ड शो ‘बेजोड र स्मरणीय’ बनेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।
सो अवसरमा फाइव नेपाली कम्यूनिटीका अध्यक्ष जेपी सापकोटाको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो। गैरआवासीय नेपाली संघ यूकेका महासचिव दिवाकर पाण्डेले सञ्चालन गरेको कार्यक्रममा चर्चित कथावाचक कुबेर सुवेदीले तीज पर्वको धार्मिक–सांस्कृतिक महत्वबारे कथा प्रस्तुत गरे।
स्थानिय महिला कलाकारहरूको समूहले पनि तीज गीत प्रस्तुत गर्दा वातावरण झनै रमाइलो बनेको थियो। नेपाली समुदायको बाक्लो सहभागिता रहेको यस कार्यक्रममा तीज केवल पर्वको उत्सव नभई संस्कृति, भावनात्मक सम्बन्ध र समुदाय एकताको प्रतिबिम्ब बनेको देखियो।