‘रिब्राण्डिङ रोडम्याप’ सहित एनआरएनए अध्यक्षमा शर्माको उम्मेदवारी घोषणा
२६ माघ २०८२
•
५ मिनेट पाठ
‘रिब्राण्डिङ रोडम्याप’ सहित एनआरएनए अध्यक्षमा शर्माको उम्मेदवारी घोषणा
गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा डा. हेमराज शर्माले उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। डा. शर्माले एनआरएनएको रिब्राण्डिङ लागि १३ बुँदे रोडम्यापसहित नेपाली डायस्पोराको साझा शक्तिशाली संस्था बनाउने परिकल्पना गर्दै आइतबार भर्चुअल कार्यक्रम मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।




गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वको लागि आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा १२औं महाधिवेशनमार्फत निर्वाचन हुने कार्यतालिका तय गरिएको छ।

बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिक शास्त्रका प्राध्यापक डा. शर्माले विगतमाभन्दा फरक पृष्ठभूमिको नेतृत्वलाई हेरौँ भन्दै आसन्न १२औं महाधिवेशनमार्फत अध्यक्ष पदमा निर्वाचित भई फरक र नवीन दृष्टिकोणसहित एनआरएनएको रिब्रान्डिङ गर्ने प्रतिबद्धता व्यक्त गरे। गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि संस्थामा सक्रिय डा. शर्माले संघको अभियानकै परिणामस्वरूप नेपाल सरकारले गैरआवासीय नेपाली सम्बन्धी ऐन, नागरिकता, लगानी, आप्रवासी श्रमिकसँग सम्बन्धित सामाजिक सुरक्षालगायत महत्त्वपूर्ण मुद्दाहरू सम्बोधन गरेको बताए।

संघका करिब ५० भन्दा बढी राष्ट्रिय समितिहरूलाई साक्षी राखेर आफ्नो उम्मेदवारी घोषणा गर्दै डा. शर्माले संस्थापनाकालको दाँजोमा प्रविधिको तीव्र छलाङ, देशको बदलिएको राजनीतिक परिदृश्य, विश्व अर्थतन्त्रको रूपान्तरण, दोस्रो पुस्ताका एनआरएनहरूको बढ्दो संख्या र उनीहरूको नेपालप्रतिको सम्भावित दूरी, साथै नयाँ गन्तव्य देशमा जाने नेपालीहरूको निरन्तर वृद्धिले आफूहरूलाई नितान्त फरक परिस्थितिमा ल्याएको बताए।

उनले गैरआवासीय नेपाली संघको वर्तमान चुनौतीहरूलाई आत्मसात् गर्दै आगामी कार्यकालका लागि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेको बताए। आफ्नो १३ बुँदे घोषणापत्रमार्फत एकीकृत, समावेशी, प्रविधियुक्त, परिणाममुखी, दिगो, गतिशील, उत्तरदायी, पारदर्शी र निष्ठावान् एनआरएनए, बहुआयामिक ज्ञान, सीप, एनआरएनका लागि एनआरएन, नेपाल सरकारको भरपर्दो साझेदार र नव प्रवर्तनका लागि एनआरएनए बनाउने उनले प्रतिबद्धता जनाए।

उम्मेदवारी घोषणा सभाको सञ्चालन चेक रिपब्लिकबाट डा. चिरञ्जिवी खड्का, कोरियाबाट डा बिमल सुवेदी लगायतले गरेका थिए।

एनसीसी युके अध्यक्ष राजेन्द्र पुडासैनीले स्वागत मन्तव्य राख्दै एनआरएनएको साख राख्नेगरी अघि बढ्न शुभकामना दिए। यसका लागि विधानमा रहेका छिद्रहरू संशोधन गरेर अघि बढ्न उनले सुझाए। संस्थालाई राजनीतिभन्दा सामाजिक र परोपकारी भूमिकामा अगाडि बढाउनुपर्ने र गैरआवासीय नेपालीको समस्या सम्बोधन गर्नेगरी अगाडि जानुपर्ने उनको भनाइ थियो। बिग्रेको छवि सुधारेर संस्थाको भूमिका प्रभावकारी बनाउने, अध्यक्षको रूपमा पारदर्शी, अनुशासित र सबैको एउटै अपनत्व हुने संस्था हुन सकोस् भनेर शुभकामना दिँदै एनआरएनएलाई एक ढिक्का बनाएर लैजाने टिम बनाउन उनले सुझाव दिए। हङकङबाट आइसिसी महिला सचिव टिका गुरुङ (राधिका)ले सबैलाई समेटेर अगाडि बढ्न शुभकामना दिइन्।

पूर्वसांसद डा सूर्य पाठकले विधि विधान बनाउन मेहनत गर्ने तथा विधानको अक्षरशः पालना गर्न कटिबद्ध रहने शर्मालाई एनआरएनएले अध्यक्षको रूपमा पाउँदा संस्थाको गरिमा बढ्ने बताए। उनले संस्थामा आशा, भरोसा र विश्वास जगाउन सकेका शर्मालाई सर्वसम्मत अध्यक्ष पाउँदा अझ बलियो र एकताबद्ध एनआरएनए बनाउन सकिने भन्दै शुभकामना दिए। एनआरएनएलाई रिब्राण्डिङ गर्ने नवीन सोच राखेर आएको शर्माको घोषणापत्रले एनआरएनएलाई गौरवशाली संस्थाको रूपमा विकास गर्ने उनले विश्वास व्यक्त गरे। साझा हितको लागि उपयुक्त व्यक्ति, ३० वर्षदेखि संस्थामा काम गरेको व्यक्ति भएकाले पनि उनी १२औं महाधिवेशनबाट निर्वाचित हुने विश्वास व्यक्त गरे।

पूर्वमन्त्री दिनानाथ शर्माले एनआरएनएलाई अगाडि बढाउन डा. शर्माको एजेण्डा उपयोगी भएको बताए। डा. शर्मालाई आफूले पढाएको इमान्दार, लगनशील विद्यार्थी भन्दै अध्यक्ष पदमा निर्वाचित हुन शुभकामना दिए। एनआरएनएलाई सम्हालेर लैजाने, सबै विचारलाई समेटेर छाता संस्थाको रूपमा अगाडि बढाउन, संयोजन र समायोजन गरेर लैजान शर्मा सक्षम रहेको उनको भनाइ थियो।

एनआरएनएका संस्थापक महासचिव भीम उदासले डा शर्माको घोषणापत्र एनआरएनए आन्दोलनका लागि ‘कम्प्रिहेन्सिभ रोडम्याप’ भएको बताए। यति राम्रोसँग अहिलेसम्म कुनै उम्मेदवारले घोषणापत्र नल्याएको उनको भनाइ थियो। घोषणापत्रमा उल्लेखित सबै एजेण्डा शर्माको कार्यकालमा पूरा हुन सकोस् भन्ने शुभकामना दिँदै उनले अन्तर्राष्ट्रिय स्तरमा एनआरएनएको छवि बनाउन शर्मालाई निर्विरोध अध्यक्ष बनाउन आह्वान पनि गरे।

गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीले पनि शर्मा नेपालको विकासका लागि सधैँ चिन्तनशील रहने एक अब्बल र योग्य व्यक्तित्व रहेको भन्दै शुभकामना दिए।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले संघको आगामी निर्वाचन परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार नै सम्पन्न हुने स्पष्ट पारे।

गैरआवासीय नेपाली संघका अध्यक्ष पदका प्रत्यासी डा. हेमराज शर्माको उम्मेदवारी घोषणा सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अधिकतम प्रतिनिधिहरूलाई काठमाडौँमा उपस्थित गराई निर्वाचन सम्पन्न गर्ने प्रयास गरिने बताएका हुन्। उनले परराष्ट्र मन्त्रालयले एनआरएनएको १२औँ महाधिवेशन तथा निर्वाचन प्रक्रियाबारे स्पष्ट निर्देशन दिएको उल्लेख गर्दै सोही निर्देशनअनुसार कार्यविधि तयार गरी निर्वाचन गरिने बताए।

‘परराष्ट्र मन्त्रालयले अधिकतम उपस्थितिका साथ निर्वाचन गर्न निर्देशन दिएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘हामी सोही अनुसार कार्यविधि बनाएर निर्वाचन सम्पन्न गर्छौँ।’

डा. हेमराज शर्माको उम्मेदवारीप्रति शुभकामना व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले डा. शर्माको उम्मेदवारी सकारात्मक र ऊर्जाशील रहेको बताए। उनले डा. शर्मासँगको लामो सहकार्य स्मरण गर्दै लोकतान्त्रिक अभियानमा उनको योगदान उल्लेख गरे।

उम्मेदवारी घोषणा सभामा जोडिएका विश्वभरका एनआरएनए प्रतिनिधि तथा सदस्यहरूले पनि शर्मालाई शुभकामना दिएका थिए।

८ घण्टा बढी लामो चलेको सो कार्यक्रममा संघका ५० भन्दा बढी देशका ६ सय भन्दा बढी प्रतिनिधिको उपस्थिति थियो।

एनआरएनएका ६३ वटा एनसीसीले १२ औं महाधिवेशनका लागि डेलिगेट्स छनोट प्रक्रिया सुरु गरी सकेका छन्।

पत्रकारहरूका जिज्ञासाको जवाफ दिँदै डा. शर्माले संस्थालाई समय सान्दर्भिक बनाउन र संघमा रूपान्तरण आवश्यक छ भनेर महासचिव हुँदादेखि नै सक्रिय रहेको र त्यसलाई मूर्त रूप दिन अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए।

संस्थालाई बलियो बनाउने र ब्राण्डिङ गर्ने, संस्थाको संरचना, निर्वाचन प्रणाली र राजनीतिक हस्तक्षेप नै अहिले समस्या रहेको भन्दै आइसिसीमा प्रत्यक्ष तथा विद्युतीय माध्यमबाट मतदान गर्न पाउने, गैरआवासीय नेपाली ऐन संशोधन, सदस्यता वितरण र नवीकरण एआईबाट गर्नेलगायतका एजेण्डा उनले अघि सारेका छन्।
अर्को समाचार
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
२२ घण्टा अघि
•
२ मिनेट पाठ
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई भव्य र उपलब्धिमूलक बनाउने तयारी तीव्र पारिएको छ। मध्यपूर्वमा रहेका नेपालीहरूको एकता, श्रमिकका समस्या, सामाजिक सुरक्षा तथा नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदानलाई केन्द्रमा राखेर आयोजना हुन लागेको सम्मेलनमा विभिन्न व्यावसायिक संस्था तथा व्यक्तिहरू साझेदारका रूपमा जोडिएका छन्।




सम्मेलनमा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। समूहका निर्देशक सागर गुरुङले प्रवासी नेपालीको साझा अभियानलाई सहयोग गर्ने उद्देश्यले सम्मेलनसँग सहकार्य गरिएको जनाउँदै आगामी दिनमा पनि एनआरएनएसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार व्यवसायी, उद्यमी, समाजसेवी तथा प्रवासी नेपालीबीचको सहकार्यले सम्मेलनलाई व्यवस्थित बनाउनुका साथै यसले उठाउने मुद्दालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

रियल इस्टेट, हाउजिङ, केबलकार, जलविद्युत्, निर्माण, लगानी तथा औद्योगिक क्षेत्रमा सक्रिय रोड सो ग्रुपअन्तर्गत विभिन्न कम्पनी तथा व्यावसायिक परियोजनाहरू सञ्चालनमा छन्। समूहले आफ्नो व्यावसायिक अनुभव र स्रोतलाई प्रवासी नेपालीको सामाजिक तथा आर्थिक अभियानसँग जोड्ने उद्देश्यले सम्मेलनमा साझेदारी गरेको जनाएको छ।

सम्मेलनमा नेपालका सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। श्रममन्त्री रामजी यादव, प्रमुख राजनीतिक दलका सांसद, एनआरएनएका संस्थापक तथा पूर्वअध्यक्ष, उद्योगी, व्यवसायी, पत्रकार र कलाकारहरूको समेत सहभागिता रहने बताइएको छ।

आयोजकका अनुसार सम्मेलनलाई औपचारिक जमघटमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका साझा समस्या, सम्भावना र नेपालको समृद्धिका विषयमा ठोस छलफल तथा सहकार्यको साझा मञ्च बनाउने लक्ष्य राखिएको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस