बेलायत-नेपाल वार्ता : 'आर्थिक प्याकेज' मा जुटेन सहमति, 'वेलफेयर' मा सकारात्मक
२६ जेष्ठ २०८३
•
३ मिनेट पाठ
बेलायत-नेपाल वार्ता : 'आर्थिक प्याकेज' मा जुटेन सहमति, 'वेलफेयर' मा सकारात्मक
समान पेन्सन र अधिकारको माग गर्दै आन्दोलनरत पूर्व ब्रिटिश गोर्खा सैनिकहरूको मुद्दाबारे सोमबार भएको मन्त्रीस्तरीय त्रिपक्षीय वार्ता सकारात्मक दिशातर्फ अघि बढेको जनाइएको छ।




लण्डनस्थित नेपाली दूतावासमा सम्पन्न वार्तामा बेलायतका तीन मन्त्री सहभागी थिए भने नेपालका तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनाल भर्चुअल रूपमा जोडिएका थिए। मन्त्री खनालले बेलायती सेनाबाट अवकाश प्राप्त भूपू गोर्खाहरूका लागि समान पेन्सन र अधिकार सुनिश्चित गर्न तत्काल समाधान खोज्न बेलायत सरकारलाई स्पष्ट आग्रह गरेका छन्।

बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीका अनुसार वार्तामा नेपाल सरकार र भूपू गोर्खा प्रतिनिधिहरूले आफ्ना अडानहरू स्पष्ट रूपमा प्रस्तुत गरेका थिए। 'वार्ता सकारात्मक ढंगले अघि बढिरहेको छ, मुद्दाहरू क्रमशः ‘न्यारो डाउन’ हुँदै गएका छन्। विशेषगरी वेलफेयर प्याकेजको विषयमा सबै पक्ष लचिलो देखिएका छन्,' दुवाडीले बताए।

वार्तामा बेलायतका डिफेन्स सेक्रेटरी जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्ति मन्त्री लुइस स्यान्डहर–जोन्सले भूपू गोर्खाहरूको वेलफेयरमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्ण बान्तवा राईले भने आन्दोलनको मूल मुद्दा वेलफेयर नभई समान पेन्सन भएको स्पष्ट पारे। 'हाम्रो लडाइँ समान पेन्सनका लागि हो। वेलफेयरको विषयमा छलफल गर्ने हाम्रो अडान छैन,' उनले भने।

उनका अनुसार यसअघि बेलायत सरकारलाई बुझाइएको ११ बुँदे सुझावअनुसार मागहरू सम्बोधन हुनुपर्नेमा जोड दिइएको छ। 'वेलफेयर देखाएर मुद्दा अलमल्याउने प्रयास भइरहेको छ। यदि समान पेन्सनको माग पूरा भएन भने आन्दोलनले कडा रूप लिन सक्छ, जसले बेलायत–नेपालबीचको गोर्खा भर्ती प्रक्रियासमेत प्रभावित हुन सक्छ,' राईले चेतावनी दिए।

वार्तामा भूपू गोर्खा पक्षबाट सेवानिवृत्त मेजर टिकेन्द्र देवान, गोर्खा अभियन्ता ज्ञानराज राई र सेवानिवृत्त मेजर जुद्धबहादुर गुरुङले पनि आफ्ना धारणा राखेका थिए।

यसैबीच, नेपाल परराष्ट्र मन्त्रालयले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा वार्ता विशेषगरी बेलायती गोर्खा सैनिकका दीर्घकालीन समस्या, खासगरी समानुपातिक पेन्सनको मागमा केन्द्रित रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार परराष्ट्र मन्त्री खनालले गोर्खा सैनिकहरूको ऐतिहासिक योगदानको चर्चा गर्दै समस्याको यथाशीघ्र, न्यायोचित र पारस्परिक रूपमा स्वीकार्य समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

बेलायती पक्षबाट भूतपूर्व सैनिक तथा जनशक्ति मन्त्री लुइस स्यान्डहर–जोन्सले पनि समस्या समाधानका लागि नेपाली पक्षसँग नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरू तथा बेलायती पक्षबाट अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपालका अध्यक्ष एलेक्स बेकर एमपी र रक्षा मन्त्रालयका अधिकारीहरू सहभागी थिए। साथै, बेलायतस्थित गोर्खा संगठनका प्रतिनिधिहरू पनि भर्चुअल माध्यमबाट सहभागी भएका थिए।

यसअघि मन्त्री खनालले बेलायतमा रहेका भूपू गोर्खा प्रतिनिधिहरूसँग छुट्टै भर्चुअल संवाद समेत गरेका थिए।

अर्को वार्ता जुलाई महिनामा त्रिपक्षीय सहमतिमा आयोजना हुने बताइएको छ।
अर्को समाचार
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
२२ घण्टा अघि
•
२ मिनेट पाठ
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई भव्य र उपलब्धिमूलक बनाउने तयारी तीव्र पारिएको छ। मध्यपूर्वमा रहेका नेपालीहरूको एकता, श्रमिकका समस्या, सामाजिक सुरक्षा तथा नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदानलाई केन्द्रमा राखेर आयोजना हुन लागेको सम्मेलनमा विभिन्न व्यावसायिक संस्था तथा व्यक्तिहरू साझेदारका रूपमा जोडिएका छन्।




सम्मेलनमा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। समूहका निर्देशक सागर गुरुङले प्रवासी नेपालीको साझा अभियानलाई सहयोग गर्ने उद्देश्यले सम्मेलनसँग सहकार्य गरिएको जनाउँदै आगामी दिनमा पनि एनआरएनएसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार व्यवसायी, उद्यमी, समाजसेवी तथा प्रवासी नेपालीबीचको सहकार्यले सम्मेलनलाई व्यवस्थित बनाउनुका साथै यसले उठाउने मुद्दालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

रियल इस्टेट, हाउजिङ, केबलकार, जलविद्युत्, निर्माण, लगानी तथा औद्योगिक क्षेत्रमा सक्रिय रोड सो ग्रुपअन्तर्गत विभिन्न कम्पनी तथा व्यावसायिक परियोजनाहरू सञ्चालनमा छन्। समूहले आफ्नो व्यावसायिक अनुभव र स्रोतलाई प्रवासी नेपालीको सामाजिक तथा आर्थिक अभियानसँग जोड्ने उद्देश्यले सम्मेलनमा साझेदारी गरेको जनाएको छ।

सम्मेलनमा नेपालका सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। श्रममन्त्री रामजी यादव, प्रमुख राजनीतिक दलका सांसद, एनआरएनएका संस्थापक तथा पूर्वअध्यक्ष, उद्योगी, व्यवसायी, पत्रकार र कलाकारहरूको समेत सहभागिता रहने बताइएको छ।

आयोजकका अनुसार सम्मेलनलाई औपचारिक जमघटमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका साझा समस्या, सम्भावना र नेपालको समृद्धिका विषयमा ठोस छलफल तथा सहकार्यको साझा मञ्च बनाउने लक्ष्य राखिएको छ।
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
यो पनि पढौँ
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस