वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए
१६ साउन २०८२
•
३ मिनेट पाठ
वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए
वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका नेपाली कामदारहरू आर्थिक वर्ष २०८१/८२ मा मात्रै एक हजार पाँच सय १७ जना पुगेका छन्। तीमध्ये वैदेशिक रोजगार बोर्डले एक वर्षमा एक हजार ८६ जनाको शव सम्बन्धित परिवारको घरमै पुर्‍याएको छ ।




आव २०८१/८२ मा हासिल गरिएको उपलब्धि तथा नयाँ कार्यक्रमबारे बिहीबार पत्रकार सम्मेलन गरी बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले आव २०८१/८२ मा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका चार सय ८१ जनाको शव बोर्डले विभिन्न देशबाट नेपाल झिकाएको बताए। ‘विभिन्न कारणले विदेशमा मृत्यु भएका तर शव नेपाल ल्याउन नसकिएका चार सय ८१ जनाको शव त्रिभुवन विमानस्थल ल्याएर सम्बन्धित परिवारलाई हस्तान्तरण गरेका छौ भने एक हजार ८६ जनाको शवको ऐम्बुलेन्स भाडा हामीले नै दिएर सम्बन्धित परिवारको घरमै पुर्‍याइदिएका छौ’, उनले भने।

उनका अनुसार बोर्डले सबै मृतकका परिवालाई आर्थिक सहायता प्रदान गर्ने गरेको छ। यसको लागि एक आर्थिक वर्षमा बोर्डले एक अर्ब २३ लाख रूपैयाँ खर्च गरेको छ।

वैदेशिक रोजगारको सिलसिलामा नेपाली कामदारको मृत्यु भए मृतकका परिवारका सदस्य तथा नजिकका हकदारलाई बोर्डले क्षतिपूर्ति दिने गरेको छ।

वैदेशिक रोजगार बोर्डले आव २०८१/८२ मा तीन हजार चार सय ३० विद्यार्थीलाई वैदेशिक रोजगार सन्तति छात्रवृत्ति प्रदान गरेको छ।

पत्रकार सम्मेलनमा गराइएका जानकारी अनुसार बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारबाट फर्केर आफैं रोजगारीमा होमिएका नेपाली नागरिकलाई सम्मान कार्यक्रम राख्ने भएको छ। यसैगरी बोडैले चालु आवमा वैदेशिक रोजगारीको विषयमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार २०८१ फागुनसम्म वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिनेको संख्या ६४ लाख ६१ हजार १९ पुगेको छ। यसमध्ये महिला ६.७ प्रतिशत र पुरुष ९३.३ प्रतिशत रहेका छन्। चालु आर्थिक वर्षको फागुनसम्म ४१ हजार ३२० महिला र दुई लाख ७५ हजार सात सय ४३ पुरुष गरी तीन लाख १७ हजार ६३ व्यक्तिले नयाँ श्रम स्वीकृति लिएका छन्।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म नवीकरणसहित नयाँ श्रम स्वीकृति लिनेको संख्या पाँच लाख ३४ हजार चार सय ७१ पुगेको छ। यसमध्ये महिला ११.३ प्रतिशत र पुरुष ८८.७ प्रतिशत रहेका छन्।

मन्त्रालयका अनुसार आव २०८१/८२ को फागुनसम्म इपिएस प्रणाली मार्फत् सात हजार ५०९ नेपाली कामदार दक्षिण कोरिया गएका छन्। यस्तो संख्या आर्थिक वर्ष २०८०/८१ मा १० हजार आठ सय ५५ रहेको थियो। सरकारी तहबाट वैदेशिक रोजगारीमा गएका नेपाली आप्रवासी कामदार र तिनका परिवारलाई लक्षित गरी विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

चालु आवको फागुनसम्म वैदेशिक रोजगारीको क्रममा शारीरिक रूपमा अंगभंग तथा बिरामी भएका कामदारको संख्या तीन सय १७ पुरुष र १९ महिला गरी तीन सय ३६ पुगेको छ। त्यस्ता कामदारले आर्थिक सहायता बापत १४ करोड ७४ लाख ८८ हजार रूपैयाँ प्राप्त गरेको मन्त्रालयको भनाइ छ।

संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन भइरहेको छ। यो कार्यक्रम हाल चौथो चरणमा गरी ६८ जिल्लाका दुई सय ६७ स्थानीय तहमा सञ्चालनमा रहेको छ। यस कार्यक्रमबाट २०८१ फागुनसम्म चार लाख ५४ हजार दुई सय ३१ व्यक्तिले वैदेशिक रोजगारी सम्बन्धी सेवा प्राप्त गरेको मन्त्रालयले  जनाएको छ।
अर्को समाचार
वैदेशिक रोजगारीमा गएका १२ हजारले ज्यान गुमाए
१४ असार २०८०
•
४ मिनेट पाठ
वैदेशिक रोजगारीमा गएका १२ हजारले ज्यान गुमाए
एक दशकभित्र वैदेशिक रोजगारीमा गएका करिब १२ हजारले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार प्रवद्र्धन बोडका अनुसार आर्थिक वर्ष २०७०-७१ देखि अहिलेसम्म १२ हजार १ सय २४ जना कामदारको मृत्यु भएको छ। ती मृतक कामदारका परिवारलाई बोर्डको कल्याणकारी कोषबाट ४ अर्ब ५० करोड ९५ लाख १९ हजार रूपैयाँ प्रदान गरिएको छ ।




वैदेशिक रोजगारीमा गएका नेपाली बिरामी र अंगभंग हुने दर बढ्दै गएको पाइएको छ। सो अवधिमा २ हजार ५ सय ४४ जना बिरामी र अंगभंग भई नेपाल फर्किएका छन्।

रोजगारी खोजी गर्दै बर्सेनि हजारौं नेपाली विभिन्न देश पुग्छन्। यसरी विदेसिएका नेपालीमध्ये कडा खालको रोग लागेर बिरामी हुने, कामका क्रममा अंगभंग हुने र मृत्यु हुनेको संख्या बढ्दै गएको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ। मुख्य गरी मुटुसम्बन्धी रोग, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, मिर्गौला रोग, हृदयाघात, क्यान्सर र अन्य विभिन्न कारणले वैदेशिक रोजगारीमा गएका नेपाली बिरामी, घाइते हुने गरेका छन्। कतिपयले ज्यानै गुमाएका छन्। विशेषगरी खाडी मुलुकमा गएका नेपालीले बढी सास्ती पाएका छन्।

कामका लागि विदेश पुगेकामध्ये बिरामी तथा अंगभंग हुनेमा हालसम्म सबैभन्दा धेरै मलेसियामा ७ सय ६० जना छन्। त्यस्तै अंगभंग र बिरामी भई घर फर्किनेमा साउदी अरेबियाबाट ५ सय ८५, कतारबाट ४ सय ८३, संयुक्त अरब इमिरेट्सबाट २ सय ५६ जना, कुवेतबाट १ सय ११ जना नेपाली रहेको बोर्डको तथ्यांकले देखाएको छ। मलेसिया, साउदी अरेबिया र कतारमा बिरामी तथा अंगभंग र मृत्यु हुने नेपालीको संख्या अन्य देशको तुलनामा धेरै रहेको बोर्डले जनाएको छ। मलेसियामा आपसी झगडाका कारणले पनि नेपालीको मृत्यु हुने गरेको बोर्डले जानकारी गराएको छ।

यो तथ्यांक वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको मात्रै हो। गैरकानुनी हैसियतमा वैदेशिक रोजगारीमा गएका, श्रम स्वीकृतिको अवधि सकिएर अलपत्र परेका र ज्यान गुमाएका नेपालीको लेखाजोखा छैन। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गएको छ।  

विगत लामो समयदेखि विदेशमा मृत्य र अंगभंग हुने नेपालीको संख्यामा बढ्दै गएको छ। वैदेशिक रोजगारीमा जानेले स्वास्थ्य जाँच गराए पनि त्यहाँ पुगेपछि परिवर्तित वातावरणका कारण बिरामी हुने गरेका छन्। वैदेशिक रोजगारीका क्रममा हृदयाघात भई ज्यान गुमाउनेको संख्या बढी छ। त्यस्तै, सडक दुर्घटनामा, आत्महत्या गरेको डरलाग्दो तथ्यांक छ।नेपाली अनुसन्धानकर्ताको समूहले गरेको अनुसन्धानमा पनि धेरै नेपाली श्रमिकले हृदयाघातलगायत मुटुसम्बन्धी समस्याले बिरामीसँगै ज्यान गुमाउनु परेको वैदेशिक रोजगार बोर्डका शाखा अधिकृत नरबहादुर चन्दले बताए।

‘खाडीमुलुकमा युवावस्थामै हृदयाघातले मृत्यु हुनेहरूको संख्या धेरै हुनुमा त्यहाँको उच्च तापक्रम र काम गराइ नमिल्नु हो। यस अतिरिक्त परिवर्तित वातावरणमा उनीहरूको जीवनशैली नमिल्नु र हेलचेक्य्र्राइँ गर्नु पनि अर्को कारण हो,’ शाखा अधिकृत चन्दले भने।

विदेशमा सडक दुर्घटनामा र प्राकृतिक कारणले गर्दा पनि धेरै नेपालीको ज्यान जाने गरेको छ। आत्महत्या गर्नेको संख्या पनि उत्तिकै छ। यस्ता कारणले गर्दा वैदेशिक रोजगारमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको बोर्डका अधिकृतहरूको भनाइ छ।

सरकारले मृतक वा अंगभंग हुनेहरूको सहायताका लागि कामदार कल्याणकारी कोष स्थापना गरेको छ। संकलित सोही रकमबाट वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले मृतक, गम्भीर बिरामी र अंगभंग भएकाहरूका लागि सहायता उपलब्ध गराउने छ। वैदेशिक रोजगारीमा गएका युवाहरू मृत्यु वा अगंभंग भएको अवस्थामा उद्धार गर्ने प्रयोजनका लागि संकलित रकम खर्च गरिने बोर्डले जनाएको छ।

विदेशमा भएका कामदारको परिवार १ सय ३ जनालाई स्वास्थ्य उपचारको लागि ४७ लाख ७५ हजार आर्थिक सहायता प्रदान गरिएको बोर्डको तथ्यांकमा उल्लेख गरिएको छ। विदेशमा भएका कामदारका परिवारका सदस्यलाई गम्भीर प्रकृतिको रोग लाग्दा औषधि–उपचारका लागि ५० हजार रूपैयाँ दिने गरिएको छ।

सरकारले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदारको हकहित संरक्षण गर्न भन्दै श्रममन्त्रीको अध्यक्षतामा ०६४ सालमा बोर्ड स्थापना गरेको थियो।

वैदेशिक रोजगारमा जाने कामदारको मृत्यु, छात्रवृत्ति, अंगभंग बिरामीको अवस्था हरेर बोर्डले कल्याणकारी कोषबाट आर्थिक सहायता प्रदान गर्ने गरेको छ। कामदारको मृत्यु भए बोर्डले ७ लाख रूपैयाँ दिने व्यवस्था गरिएको छ।

बोर्डको कल्याणकारी कोषले हालसम्म ५ अर्ब ९ करोड ८७ लाख ८१ हजार ३ सय १७ रूपैयाँ सहायता शीर्षकमा खर्च गरेको बोर्डका शाखा अधिकृत चन्दले जनाए। वैदेशिक रोजगारीको सिलसिलामा कामदारको मृत्यु, अंगभंग भएका परिवारले आवश्यक शैक्षिक छात्रवृत्ति ८ हजार ९ सय ९४ जनालाई २ करोड २० लाख ४ हजार रूपैयाँ, अंगभंग तथा बिरामी भएका २ हजार ५ सय ४४ कामदारलाई ५६ करोड २४ लाख ८३ हजार ३ सय १७ रूपैयाँ र बाँकी अलपत्र कामदारको उद्धार, शव झिकाउन तथा घर पु¥याउन र परिवारको स्वास्थ्य उपचारमा खर्च गरिएको छ।

सरकारले संस्थागत रूपमा वैदेशिक रोजगारीमा जान १ सय ११ मुलुक खुला गरेको छ। व्यक्तिगत रूपमा भने १७८ मुलुकमा नेपाली युवा काम गर्न जाने गरेका छन् तर अधिकांश युवा खाडी तथा मलेसियामा केन्द्रित भएको देखिन्छ। तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जाने युवामध्ये खाडी र मलेसियामा जानेको संख्या उच्च छ। वैदेशिक रोजगारीका लागि धेरैजसो अदक्ष कामदार विदेश जाने गरेको बोर्डका शाखा अधिकृत चन्दले बताए।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस