अर्थतन्त्र संकट उन्मुख महँगी अझै बढ्ने
१७ मंसिर २०७९
•
३ मिनेट पाठ
अर्थतन्त्र संकट उन्मुख महँगी अझै बढ्ने
अर्थतन्त्रको आन्तरिक पक्षमा सन्तुलन बिग्रिएको भन्दै निजी क्षेत्रका अगुवाहरूले चिन्ता व्यक्त गरिरहेका बेला एक सरकारी अध्ययनले पनि अर्थतन्त्र थप जटिलतातिर उन्मुख भएको देखाएको छ। नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार अर्थतन्त्र जटिलतातिर उन्मुख भएकाले मूल्यवृद्धि अझै बढ्ने देखिएको छ। बजारमा महँगी बढ्दा त्यसको असर समग्र अर्थतन्त्रमा पर्छ।  




चालु आर्थिक वर्ष २०७९/८० मा मूल्यवृद्धि करिब ७ प्रतिशतभन्दा तल राख्ने सरकारको लक्ष्य छ। बोर्डर लाइन क्रस गरिसकेको अवस्थामा मुद्रास्फीति अझै बढेर जाने देखिएको छ। राष्ट्र बैंकले आगामी तीन महिनापछि मुद्रास्फीति दर १० प्रतिशत पुग्ने अनुमान गरिएको छ। एक वर्षपछि अपेक्षित मुद्रास्फीति दर १२ प्रतिशत हुने राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले मुद्रास्फीति बढ्ने अनुमान गरिएको जानकारी दिए। ‘जनताले मूल्यवृद्धिलाई कसरी अनुभव गरेका छन् भनेर सर्भे गरिएको हो,’ श्रेष्ठले भने, ‘त्यसकै आधारमा प्रतिवेदन तयार गरिएको छ।’ चालु आवको पहिलो तीन महिना असोजसम्म मुद्रास्फीति बोर्डर लाइन क्रस गरेर ८.५० प्रतिशत पुगेको छ। यो सरकारले लिएको लक्ष्यभन्दा माथि हो भने पोहोरको तुलनामा करिब दोब्बर हो। अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.२४ थियो।

रुस–युक्रेन युद्धले विश्वबजारमा पनि महँगी बढेको छ। त्यसको असर नेपालमा पनि देखिएको छ। अहिले युरोपमा मुद्रास्फीति १०/११ प्रतिशतमा पुगेको श्रेष्ठले बताए। ‘विश्वबजारमा मूल्यवृद्धि भएको छ,’ उनले भने, ‘बजार सन्तुलन कायम गर्न चनाखो हुनुपर्ने अवस्था छ।’ नेपालमा करिब पाँच वर्षअघि मुद्रास्फीति १०/१२ प्रतिशतसम्म पुगेको थियो। २०४६ सालमा मुद्रास्फीति २१ प्रतिशतसम्म पुगेको श्रेष्ठले बताए। ‘धेरै चिन्ता गर्नुपर्ने अवस्था पनि छैन,’ श्रेष्ठले भने, ‘सबैलाई ब्यालेन्स मिलाएर लैजानुपर्छ।’

अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएकाले आन्तरिक पक्षमा पनि सुधार हुने अपेक्षा गरिएको उनले बताए। ‘बाह्य पक्षमा सुधार आउँदा आन्तरिक सन्तुलनमा केही समस्या छ,’ श्रेष्ठले भने, ‘मूल्यवृद्धि पुसपछि कम हुने अपेक्षा गरेका छौं।’ पछिल्लो एक महिनामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ। गत महिना ६८ रूपैयाँ किलोमा बिक्री भएको मसिना चामलको मूल्य अहिले बढेर किलोको करिब ८० रूपैयाँ पुगेको छ। बजारमा चामल, खानेतेल, दाल, आँटालगायत वस्तुको मूल्य बढेको छ। १७ सय रूपैयाँ पर्ने २५ किलो चामलको मूल्य २ हजारभन्दा माथि पुगेको छ। भटमास तेलको मूल्य लिटरमै २० देखि ३० रूपैयाँसम्म बढेको छ। भटमास तेलको मूल्य बढेर २५० देखि ६० रूपैयाँसम्म पुगेको व्यापारी बताउँछन्। निर्वाचनका कारण पनि मूल्य बढेको हो। बजारमा पैसाको प्रवाह बढेपछि वस्तुको माग वृद्धि हुँदा मूल्य पनि वृद्धि भएको छ।

मूल्यवृद्धिसँगै अर्थतन्त्रको आन्तरिक पक्षमा विभिन्न समस्या रहेको निजी क्षेत्रको गुनासो छ। अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा धेरै समस्या नभएको बताउँदै आए पनि निजी क्षेत्रको छाता संस्थाले अर्थतन्त्र गम्भीर संकटमा पुगेको बताउँदै आएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघले अध्ययन गरेर बजार चक्र नै प्रभावित भएको बताएका छन्। ती संस्थाले उत्पादन र बिक्रीको बजार चक्र नै प्रभावित भएको दाबी गरेका छन्। एकातर्फ विदेशी मुद्राको सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले केही वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा आयात घटेको छ भने अर्कोतर्फ बजारमा तरलता अभाव, महँगो ब्याज, वस्तुको मागमा कमी हुँदा उद्योगले उत्पादन कटौती गरेका छन्। उत्पादन र बिक्रीको चक्र भत्किँदा राजस्व, रोजगारी, मूल्यवृद्धिलगायत क्षेत्रमा असर पर्छ।

मागमा गिरावट भएपछि उत्पादकले उत्पादन घटाएका छन्। सामानको मूल्य बढ्दा खरिद गर्ने क्षमतामा ह्रास आएको छ। उत्पादन गरेको वस्तु बिक्री नभएपछि उद्योगले उत्पादन कटौती गरेका हुन्। यसले माग र आपूर्तिको चक्र नै प्रभावित भएको हो। आयातमा कडाइ, बैंकको ब्याजवृद्धि, उपभोगमा आएको परिवर्तनले बजार चक्र नै प्रभावित भएको उद्योगी–व्यवसायी बताउँछन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस