काठमाडौं- निर्वाहमुखी खेती प्रणालीले किसानलाई जीविकोपार्जन गर्न कठिन भएको ठहर गर्दै कृषि मन्त्रालयले किसानलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने रणनीति तय गरेको छ। ६६ प्रतिशत जनता कृषिमा आश्रित रहेकोमा कृषि पेसाबाट असन्तुष्ट भई वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढेपछि मन्त्रालयले व्यावसायिक कृषिमार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना बनाएको हो।आगामी आर्थिक वर्ष ०७३/७४ को बजेट निर्माणमा जुटेको मन्त्रालयले युवाहरु विदेशमा गएर पनि कृषि क्षेत्रमै काम गरेको भेटेपछि स्वदेशमै कृषि पेसा गर्ने वातावरण सिर्जना गर्न पहल गर्ने जनाएको छ।
मन्त्रालयले आगामी आवको लागि १७ अर्ब ९४ करोड ५५ लाख रुपैयाँको बजेट सिलिङ पाएको छ। विगतका कार्यक्रमको मोडालिटीलाई परिवर्तन गरी किसानलाई कृषिमा आत्मनिर्भर बनाउन विशेष प्याकेज तयार गरेको जनाएको छ। मन्त्रालयले सरोकारवालासँग छलफल गरेर कार्यक्रम बनाएको छ। 'वार्षिक सवा पाँच लाख युवा रोजगारीको लागि बिदेसिन्छन्,' मन्त्रालयका प्रवक्ता योगन्द्रकुमार कार्कीले भने, 'स्वदेशमै कृषिमा काम गर्ने वातावरण तयार गर्न अहिलेको बजेटले भूमिका खेल्नेछ।'
बजेट रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने, गरिबी न्यूनीकरण गर्ने र कृषिलाई आत्मनिर्भर बनाउन केन्द्रित हुने मन्त्रालयले जनाएको छ। त्यसको लागि किसानलाई शतप्रतिशत प्राविधिक सेवा उपलब्ध गराउने, उत्पादन सामग्री, बिउ, बिरुवा, माछाको भुरामा ५० प्रतिशत, प्रयोगशालामा ५०, मेसिन औजारमा ५०, सिँचाइमा ८५ र उत्पादनपछिको भण्डारणस्थल तथा सामग्रीमा ५० प्रतिशत अनुदान दिने नीति लिएको सहप्रवक्ता शंकर सापकोटाले बताए। 'वितगमा अनुदान दुरुपयोग भयो भन्ने गुनासो आएको छ,' उनले भने, 'पारदर्शी बनाउने प्रणाली विकास गर्दैछौं।'
नेपाल कृषिजन्य उत्पादनमा ८६ प्रतिशत आत्मनिर्भर भएकोले शतप्रतिशतमा पुर्यारउन पहल भइरहेको सापकोटाले बताए। '१५ प्रतिशत कृषिजन्य वस्तुको अहिले पनि आयात भइरहेको छ,' उनले भने, 'खाद्य वस्तुको आयात घटाउन जोड दिएका छौं।' त्यसको लागि खाद्यान्न (धान, गहुँ, मकै, आलु) सहित तरकारी, फलफूल, तेलबाली, कोसेबाली, माछाको उत्पादन बढाउने कार्यक्रम छन्। नेपालमा खाद्यान्न १५ प्रतिशत, तरकारी १५.४, पशु १.४ प्रतिशत आयात हुने गरेको छ। गत वर्ष धान ४७ लाख ८८ हजार मेटि्रक टन, गहुँ १७ लाख २७ हजार, दालबाली तीन लाख, तरकारी २७ लाख, तेलबाली एक लाख २६ हजार मेटि्रक टन उत्पादन भएको थियो।
आगामी वर्ष कृषिजन्य उत्पादनलाई बढावा दिने रणनीतिमा मन्त्रालय जुटेको छ। खाद्य सुरक्षा बढाएर र खाद्यान्नको आयातदर घटाउन पहल गर्ने मन्त्रालयको योजना छ। खाद्य सुरक्षा बढाउने, आयातदर प्रतिस्थापन र कृषिजन्य उत्पादनको निर्यात गर्न प्रोत्साहन गर्ने नीति छ। धानको आयातदर घटाउने तयारी छ। यसअनुसार वार्षिक करिब १६ अर्बभन्दा बढी हालको धान आयात दर घटाएर ६ अर्बमा झार्ने योजना छ।
मन्त्रालयले दीर्घकालीन कृषि रणनीति (एडिएस), २७ बुँदे प्रतिबद्धता र संविधानको भावनाअनुसार कार्यक्रम तय गरेको छ। भात खाने संस्कृति घटाएर आलु लगायत खाद्यान्नको प्रयोग प्रोत्साहन गर्न पहल गर्ने जनाएको छ। बजेटमा ८९ प्रतिशत सरकारसहित दातृ निकाय र निजी क्षेत्रलाई ११ प्रतिशत सहभागिता गराउने कार्यक्रम छ।
मन्त्रालयले भूकम्पप्रभावित किसानको खाद्य तथा पोषण सुरक्षामा सुधार गर्न उन्नत बिउबिजन, बेर्ना वितरण, सामुदायिक बिउ भण्डार, युवालक्षित अनुदान कार्यक्रम, सीमान्तकृत किसानलाई प्राथमिकता दिने, दक्ष जनशक्ति तयार गर्ने जनाएको छ। कृषिमा आधुनिक प्रविधि भिœयाउने, कृषि उपजको बजारीकण गर्ने, तराईमा स्यालो डिप ट्युबवेल वितरण गर्ने, कृषिको व्यवसायीकरण तथा औद्योगिकीकरण गर्ने, प्रशोधन केन्द्र स्थापना, बजार व्यवस्थापन, विषादीको असन्तुलित र अनियन्त्रित प्रयोग नियन्त्रण गर्ने रहेको छ।
अनुदानका परियोजनाले अपेक्षित सफलता हासिल गर्न नसकेकोमा प्रवक्ताले चिन्ता व्यक्त गरे। 'आगामी वर्ष परियोजनामा देखिएका कमजोरी सच्याउन सरोकारवालाको संयुक्त अनुगमन बढाइने छ,' प्रवक्ता कार्कीले भने, 'अनुदान प्राप्त गर्ने व्यक्तिको विवरण सार्वजनिक गरिनेछ।'
मन्त्रालयले किसानसम्म कृषि प्राविधिकको पहुँच नपुगेको भन्दै थप पाँच हजार प्राविधिक जनशक्ति परिचालन गर्ने जनाएको छ। 'पाँच सय प्राविधिक थप्न मन्त्रिपरिषदले स्वीकृति दिइसकेको छ,' उनले भने, 'स्थायी बाहेक थप तीन हजार करारमा नियुक्त गरेर भए पनि सेवा दिने पक्षमा छौं।' अहिले कृषि प्राविधिकले १५ प्रतिशत किसानलाई मात्र सेवा दिएकोले ६० प्रतिशत पहुँचमा पुर्याकउन पहल गरेको हो।